Spread the love

काठमाडौ :  Stairclimbing Wheelchair समूहले प्रतियोगितामा प्रथम स्थानमा पर्न सफल भई नगद पुरस्कार रू. १ लाख जित्न सफल भएको छ । प्रतियोगिता प्याकएशियाले Macquarie University सँग मिलेर आयोजना गरेको थियो भने ग्लोकल प्रा. लीद्वारा डिजाइन गरिएको हो ।

सोहि समुहका सदस्यहरू: सरोज महर्जन, रुपेन्द्र अर्याल र रमेश कुमार श्रेष्ठ द्वारा निर्मित भिडियोमा अपांगता भएका व्यक्तिहरुले भोग्ने गरेको दैनिकी समस्याहरुलाई ध्यानमा राखी भर्यांग चडने साधनको निर्माण गरेको भिडियोको कारण प्रतियोगिता जित्न सफल भएको हो ।

प्रतियोगितामा १५ कलेज बाट जम्मा ३० समुहले सहभागिता जनाएका थिए । प्रतियोगिताको मुख्य शीर्षक (नेपाल निर्माणमा भविष्यका इन्जिनियर) रहेको थियो । गत साता उत्कृष्ट ५ समुहको छनौट गरिएको थियो जस मध्ये:

  • इन्जिनियरिङ संस्थान, पूर्वाञ्चल क्याम्पसका समूह Mech-minds
  • पुल्चोक इन्जिनियरिङ क्याम्पसका समूह ZyabaSqaud
  • इन्जिनियरिङ संस्थान, थापाथली क्याम्पसका समूह Stairclimbing Wheelchair
  • इस्लिंगतन कलेजका समूह Digixel Inc
  • एडभान्सड कलेज अफ इन्जिनियरिङ एंड म्यानेजमेन्टका समूह Advanced  रहेको थियो ।

प्रतियोगिताको विजेता छनौट जुरी सदस्यद्वारा गरिएको हो; विजेताको छनौट केहि मूल्यांकन मापदण्डका आधारमा गरिएको थियो जस्तै:

७०% – विचार, अवधारणा र भिडियोको सामग्री

प्रतियोगिता काठमाडौँ जिल्लाका अन्तिम वर्षको इन्जिनियरिङ विद्यार्थी र स्नातक डिग्री प्राप्त इन्जिनियरहरूका लागि आयोजना गरिएको थियो।

Hotel Mulberry मा आयोजित कार्यक्रममा,Mr. Riasat Hussain,Country Manager South Asia of  Macquarie International, shared – “प्राप्त भिडियोहरु अत्यन्त नविन थिए हामी यस्ता सीपलाई प्रोत्साहन गर्दछौ ।