Spread the love
facebook sharing button

धरान 

 पिस मिडिया ग्रुप धरानको आयोजनामा शनिबार एकदिने दलित मुद्दामा खोज पत्रकारीता बिषयक तालिम सम्पन्न भएको छ । कार्यक्रममा सुनसरी निर्वाचन क्षेत्र नं एककी प्रदेश सांसद उमिता बराईलीले दलितको मुद्दाको बिषयमा अब खोज पत्रकारीता गर्नुपर्ने बताएकी छिन ।

दलित समुदाय माझ विभेदको समस्या भनेको समर्ग रूपमा देशको समस्या रहेको र यसमा बाध्यकारी अवस्था निर्माण नगरेसम्म परिवेश नबदलिने उनले बताइन । ‘नेपालको संविधानमा विभेद हटाउनका लागी कानुन भएपनि बल लगाएर यसको पालना गर्नका लागी कुनै प्रकारको पहल गरिएको पाइदैन ।’ उनले भनिन, ‘यो एउटा समुदायको मात्र नभएर समग्र राज्यको समस्या हो । ६० लाखको समुहमा रहेको दलितको समस्याले राष्ट्रको विकासका लागी समेत समस्या निम्त्याउँछ ।’ पहिले विभेद गर्नका लागी बाध्यकारी रूपमा नियम लागु गरिएको तर विभेद अन्त्य गर्नका लागी कानुन नै बनेपनि लागु गर्नका लागी बाध्यकारी अवस्था निर्माण नगरेको र यो नभएसम्म परिवर्तन नहुने उनले बताइन ।

कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघ प्रदेश १ का सचिव रणध्वज लोहारले सञ्चारको विकाससँगै पत्रकारहरु बाँच्ने आधार बनेको भएपनि दलित युवाहरू पछिल्लो समयमा पत्रकारीताबाट पलायन हुँदै गएको बताए । पत्रकारीतामा हुने चुनाैतीका कारण यो अवस्था सृजना भएपनि अबको दिनमा दलित पत्रकारहरू संगठित भइ पेशागत विकासका लागी विभिन्न कार्यक्रमहरूको आयोजना गरी युवाहरूलाई यस क्षेत्रमा ल्याउन संघले प्रोत्साहन गर्ने बताए ।

दलित समुदायमा हुने विभेद यथावत रहेको अवस्थामा यसै विषयमा केन्द्रित भई तालिम आयोजना गरिएको राष्ट्रिय दलित पत्रकार संघ सुनसरीका अध्यक्ष दिनेश गजमेरले बताए । रूकुमको चाैरजहारीमा भएको हत्याकाण्डा तथा कोरोनाको महामारीका बेला क्वारेन्टाइनमा दलित भान्से भएकै कारण कुटाइ खानुपरेको घटना हामीलाई थाहा छ । यस्तो परिवेशमा विभेदको विषयमा जति बोले पनि कम हुने उनले बताए । यो संगै अब दलितको अन्य मुद्दाहरू के छन यस विषयमा जानकार हुन र विषय उठान कसरी गर्ने भन्ने सचेतनको लागी तालिमको आयोजना गरिएको गजमेरले बताए ।

खोज पत्रकारीताको माध्यमबाट दलित विभेदका बारेमा कस्ता विषय उठाउन सकिन्छ भन्ने बिषयमा पत्रकारहरुलाई नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य गणेश लम्सालले प्रशिक्षण दिएका थिए । तालिममा सुनसरीका बिभिन्न स्थानहरुबाट २० जना दलित तथा गैर दलित पत्रकारहरूको सहभागीता रहेका थिए । कार्यक्रमलाई प्रदेश नंम्बर १ की सांसद उमिता बराईलीको निर्वाचन बिकास कोषको आर्थिक सहयोगमा अयोजना भएको हो ।