धरानमा खोज पत्रकारीता बिषयक दलित तालिम

धरान
पिस मिडिया ग्रुप धरानको आयोजनामा शनिबार एकदिने दलित मुद्दामा खोज पत्रकारीता बिषयक तालिम सम्पन्न भएको छ । कार्यक्रममा सुनसरी निर्वाचन क्षेत्र नं एककी प्रदेश सांसद उमिता बराईलीले दलितको मुद्दाको बिषयमा अब खोज पत्रकारीता गर्नुपर्ने बताएकी छिन ।
दलित समुदाय माझ विभेदको समस्या भनेको समर्ग रूपमा देशको समस्या रहेको र यसमा बाध्यकारी अवस्था निर्माण नगरेसम्म परिवेश नबदलिने उनले बताइन । ‘नेपालको संविधानमा विभेद हटाउनका लागी कानुन भएपनि बल लगाएर यसको पालना गर्नका लागी कुनै प्रकारको पहल गरिएको पाइदैन ।’ उनले भनिन, ‘यो एउटा समुदायको मात्र नभएर समग्र राज्यको समस्या हो । ६० लाखको समुहमा रहेको दलितको समस्याले राष्ट्रको विकासका लागी समेत समस्या निम्त्याउँछ ।’ पहिले विभेद गर्नका लागी बाध्यकारी रूपमा नियम लागु गरिएको तर विभेद अन्त्य गर्नका लागी कानुन नै बनेपनि लागु गर्नका लागी बाध्यकारी अवस्था निर्माण नगरेको र यो नभएसम्म परिवर्तन नहुने उनले बताइन ।
कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघ प्रदेश १ का सचिव रणध्वज लोहारले सञ्चारको विकाससँगै पत्रकारहरु बाँच्ने आधार बनेको भएपनि दलित युवाहरू पछिल्लो समयमा पत्रकारीताबाट पलायन हुँदै गएको बताए । पत्रकारीतामा हुने चुनाैतीका कारण यो अवस्था सृजना भएपनि अबको दिनमा दलित पत्रकारहरू संगठित भइ पेशागत विकासका लागी विभिन्न कार्यक्रमहरूको आयोजना गरी युवाहरूलाई यस क्षेत्रमा ल्याउन संघले प्रोत्साहन गर्ने बताए ।
दलित समुदायमा हुने विभेद यथावत रहेको अवस्थामा यसै विषयमा केन्द्रित भई तालिम आयोजना गरिएको राष्ट्रिय दलित पत्रकार संघ सुनसरीका अध्यक्ष दिनेश गजमेरले बताए । रूकुमको चाैरजहारीमा भएको हत्याकाण्डा तथा कोरोनाको महामारीका बेला क्वारेन्टाइनमा दलित भान्से भएकै कारण कुटाइ खानुपरेको घटना हामीलाई थाहा छ । यस्तो परिवेशमा विभेदको विषयमा जति बोले पनि कम हुने उनले बताए । यो संगै अब दलितको अन्य मुद्दाहरू के छन यस विषयमा जानकार हुन र विषय उठान कसरी गर्ने भन्ने सचेतनको लागी तालिमको आयोजना गरिएको गजमेरले बताए ।
खोज पत्रकारीताको माध्यमबाट दलित विभेदका बारेमा कस्ता विषय उठाउन सकिन्छ भन्ने बिषयमा पत्रकारहरुलाई नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य गणेश लम्सालले प्रशिक्षण दिएका थिए । तालिममा सुनसरीका बिभिन्न स्थानहरुबाट २० जना दलित तथा गैर दलित पत्रकारहरूको सहभागीता रहेका थिए । कार्यक्रमलाई प्रदेश नंम्बर १ की सांसद उमिता बराईलीको निर्वाचन बिकास कोषको आर्थिक सहयोगमा अयोजना भएको हो ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


