Spread the love

काठमाण्डौं : नेपालमा काेराेना भाइरस महामारी फैलिएसंगै पछिल्लो २४ घण्टामा २८८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

राष्ट्रिय जनश्वास्थ्य प्रयोगशाला टेकु, भेरी, सुर्खेत, हेटौडा, नेपालगञ्ज, पोखरा, धरान लगायतका प्रयोगशालामा भएका परीक्षणमा यो संक्रमण पुष्टी भएको हो ।

काठमाण्डौं , भक्तपुर, रौतहट, धनुषा, कैलाली, दैलेख, सप्तरी, रुपन्देही, कपिलबस्तु लगायतका जिल्लामा ती संक्रमितहरु भेटिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । आज २७० पुरुष र १८ जना महिला रहेका छन् ।

यो सगैँ नेपालमा कुल संक्रमितको संख्या २ हजार नाघेको छ ।

डा. देवकोटाका अनुसार कुल २ हजार ९९ जना संक्रमित पुगेको छ ।

एक सय ५० महिला रहेका छन् । ६१ जिल्लामा संक्रमण फैलिसकेको छ ।

२ सय ६६ जना डिस्चार्ज भएका छन् भने ८ जनाको मृत्यु भईसकेको छ । देशभर एक लाख ४५ हजार बढी क्वारेन्टाईनमा रहेको डा. देवकोटाले बताए