बराहपोखरी सेवासमाज खोटाङले दया गरयो
काठमाण्डौ
बाराहा पोखरी सेवा समाज खोटाङ ( काठमान्डौ ) नामक संस्थाले आर्थिक अबस्था कम्जोर भएका ब्यक्तिहरुलाइ सहयोग गर्ने क्रममा रक्तक्यान्सर पिडित बारहा पोखरी गाउपालिकाका पुर्ण कुमार श्रेष्ठलाई ६२ हजार भन्दा माथिको सहयोग गरेको छ ।

संस्थाका प्रतिनिधी अशोक मालेले कतारबाट दिनु भएको जानकारी अनुसार २ बर्स देखी उहाँहरुले बराहा पोखरी सेवा समाज खोटाङ ( काठ्मान्डौ ) नामक सस्था सन्चालन गर्दै आउनु भएको हो । आफ्नै गाउपालिका भित्रका बिसेष गरि गरिब दुखी असाहाए आर्थिक अबस्था कम्जोर भएका ब्यक्तिहरुलाई सहयोग गर्ने उद्देश्यले केही काम सम्पन्न गरेको मालेको भनाई रहेको छ । केही समय अघि बाराहा पोखरी गाउँपालिका १ कि ११ बर्सिय मङ्गली मगर आँप टिपेर खाने क्रममा आँपको रुखबाट लडेर एउटा हात र एउटा खुटा भाचिएको थियो । गरिबीको कारण उपचार गर्ने उनको परिवारसंग आर्थिक हैंसियत नभएकोले १० हजार रुपैंयाँ सहयोग दिइएको छ । उनको बिराट्नगर स्थित गोल्डेन हस्पिटलमा उपचार भई रहेको छ । संस्थाकै सद्स्यहरुबाट संकलित रकमबाट सहयोग गरिएको मालेले बताउनु भयो । संस्था भर्खरै सुरुवातीको क्रममा रहेकोले अहिलेलाई बिसष आफ्नै गाउँपालिका भित्रका दिनदुखिलाई मात्र प्राथमिक्ता दिएको भन्दै मालेले इमेलमा जनाए अनुसार
भोलिको दिनमा हाम्रो संस्थाको काम कार्बाही मन पराएर देश बिदेसबाट हामीलाई बिस्वष गरे देस ब्यापीरुपमा सहयोग उपलब्ध गराइ सामाजिक हितमा लाग्ने सोच राखिएको छ। संस्थालाई आफना सद्स्य भन्दा बाहिर कांही कसैबाट सहयोग नआएको र लिएको पनि छैन । अब बृहत भेला हुने मौका पारेर औपचारिक रुपले स्थापित भई समाजसेवामा ध्यान दिने कुरा मालेले बताएका छन । माले बराहपोखरी पुख्र्यौली घर भई हाल काठमाण्डौ पेप्सीकोलामा बसोबास गर्नु हुन्छ भने बैदेशिक रोजगारको शिलशिलामा हाल उहाँ कतार रहनु भएको छ । प्रबासमा रहेर नेपाली गरिवदुखिको लागि केही गरु भन्ने आँट कसेर सहृदयी साथिभाईहरु मिली संस्था मर्फत सेवाभाबले अघि सर्न सबैसंग हातेमालो गर्न अशोक माले लागि परेका छन । नेपालमा कोरोना संक्रमणको कारण लक डाउन अनि अन्य कुनै कारण कसैलाई खान लाउन औषधी उपचारमा समस्या परे संस्थाका सदस्यहरुले ध्यान दिन सक्ने गरि काम भइ रहेको मालेको भनाई छ ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


