मुसहर बस्ती आक्रमण गर्ने १२ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दर्ता, राज्यमन्त्रीले बुझिन् वास्तविकता
विराटनगर,

मोरङको बुढीगंगा गाउँपालिका–२ खार्जी गाउँमा
स्थानीय वैजनाथ यादवको परिवारसँग बाटोमा खनिएको खाल्डोको विवादलाई लिएर १९ साउन राती विराटनगर–१४ जतुवाबाट हातहतियारसहित गएको गुण्डाहरुको समूहले मुसहरहरुमाथि अन्धाधुन्ध आक्रमणबारे प्रदेश १ सरकारकी समाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले घटनास्थल पुगेर जानकारी लिएकी छन् ।
शनिबार जनप्रतिनिधि, अधिकारकर्मी र प्रहरी र राजनैतिक दलका कार्यकर्तालाई सँगै लिएर घटनास्थल पुगेर अवस्था बुझेकी राज्यमन्त्री गजमेरले मध्यरातमा गरिबहरुमाथि आक्रमण गर्नेहरुले कानुनअनुसार कडा सजाय पाउनुपर्नेमा जोड दिइन् ।
टोलमा कायम रहेको त्रासको वातावरण अन्त्य गराउन लागिपर्न स्थानीय प्रहरी र जनप्रतिनिधिहरुलाई निर्देशन गरिन् । मन्त्री गजमेरले मुसहरी टोलमा गरिबी निवारणका लागि चाँडै आत्मनिर्भर कार्यक्रम सञ्चालन गराउने र महिला र बालबालिकाहरुका लागि मनोविमर्शकतामार्फत् आवश्यक सहजीकरण गराउने जानकारी पनि गराइन् ।
त्रासमय मुसहरी टोलको अवस्था समान्य बनाउन शनिबार मुसहरी बस्तीमा भएको पूर्व सांसद खेम नेपाली, नेपाली कांग्रेस गाउँ सभापति जितनारायण थापा, नेकपा मोरङ सदस्य कपिल सृुनार, अधिकारकर्मी उमेश विश्वकर्मालगायतले घटनामा संलग्न फरारहरुलाई पनि पक्राउ गरेर कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिए ।
बुढीगंगा गाउँपालिका अध्यक्ष वालचन्द्र माझीले घाइते परिवारलाईआवश्यक राहत प्रदान गर्ने प्रतिवद्धता गरे । मन्त्री गजमेर शनिबारै बुढीगंगा–२ टंकीस्थित विराट मेडिकल कलेज अस्पतालमा उपचाररत घाइतेहरुलाई प्रत्यक्ष भेटेर उपचारको अवस्थाबारे जानकारी लिएकी थिइन ।
स्थानीय वैजनाथ यादवको परिवारसँग बाटोमा खनिएको खाल्डोको विवादलाई लिएर १९ साउन राती विराटनगर–१४ जतुवाबाट हातहतियारसहित गएको गुण्डाहरुको समूहले मुसहरहरुमाथि अन्धाधुन्ध आक्रमण गरेको थियो ।

आक्रमणमा परेर ५० वर्षीया सरस्वती ऋषिदेव र उनका भाइहरु क्रमशः ४० वर्षीय पन्नाालाल ३८ वर्षीय चुन्नीलाल, ३५ वर्षीय रामजी र ३३ वर्षीय श्याम ऋषिदेव गम्भीर घाइते भएका थिए । आमा र काका बडाबाहरुलाई घाइते बनाएको र उनीहरुलाई प्रहरीले कुनै कारवाही नगरेको थाहा पाएपछि त्रासको चिन्ताले २४ वर्षीया उर्मिला ऋषिदेवले २२ साउन (बिहीवार) दिउँसो झुण्डिएर आत्महत्या गरेकी थिइन् ।
आक्रमणमा संलग्न छजनालाई प्रहरीले पक्राउ गरेको छ भने अन्यको खोजी तीव्र बनाएको जनाएको छ ।
मोरङ प्रहरीले आक्रमण गर्ने १२ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरेको छ । साथै आत्महत्या दुरुत्साहन कसुरमा पनि अनुसन्धान गर्नेे प्रतिबद्धता जनाएको छ ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


