जनता आन्दोलित हुनु जरुरी
सम्पादकीय
पीबी दियाली
बर्षात बढेपछि बाढी पहिरोले जनजीवन कष्टकर बन्दै छ । कालीकोटमा एकै घरका सात जनाको
मृत्यु भएको छ भने घरबार सर्बनास भयो। पहिरोले गर्दा अर्को परिवारको दुईजना सहित घर पुरेको समाचारहरु आई रहेको छ । धनगढी,टीकापुर,कन्चनपुर लगायत पश्चिम नेपालका केही तराइका जिल्लाहरु डुवानमा छन । ५६ सय परिवार बिस्थापित भएका छन। थात थलोमा भेलबाढी पसेपछि ज्यान बचाउन कोही कोही रुखमा चडेर हारगुहार गरेको सामाजिक संजालमा देखिन्छ । सरकारले उनीहरुको पीडा बुझेर चाँडो भन्दा चाँडो उद्धार गर्नु पर्छ । बिस्थापितलाई स्थापित गर्नु पर्छ। गास,बास,कपास,औषधी उपचार गर्नु पर्छ । त्यसकालागि सरकारले एउटा संयन्त्र बनाएर कोष खडा गर्दा राम्रो हुन्छ । तर सरकार राजनीतिक दाउपेचमा अलमलिएर कुर्सि कसरी बचाउने?कसकसलाई गुटमा तान्ने के के आश्वसन दिएर फकाउने?संसद,पार्टीमा बलियो गुटको नेता,ठूलो रकम चलखेल गर्न सक्ने ब्यपारि लगायतसंग साँठगाँठ गरि दिनहु मिटिङको नाममा समय बिताई रहेको छ । सरकार संचालन गर्नेले जनताको पीर मर्का,प्रकृती प्रकोपले उब्जाएका समस्याको स्थायी समाधानतिर लाग्नु पर्ने हो तर मत्लब छैन । प्रधानमन्त्री केपी ओली मुलुकमा जनताको समस्यालाई संबोधन गर्न उत्साहित छैनन। पार्टीभित्र जबरजस्ती मनोगत ढंगले हैकम जमाएर राजा राणा जस्तै शासक बन्ने ध्याउन्नमा छन । सिंगो नेपाल कम्युनिष्ट पार्टी भित्र आफनै रजाईंको सरकार भएपनि प्रधानमन्त्री ओलीलाई कसैले मन पराएका छैनन। पार्टीको नेता पनि र प्रधानमन्त्री पनि रहेका ओलीले काम गर्न नसकेको भन्दै राजिनामा माग्ने आफनै पार्टीका अर्का अध्यक्ष प्रचण्ड,बरिष्ठ नेताहरु माधब नेपाल र झलनाथ खनालहरुले ओलीलाई पार्टी बिधि र प्रकृया अनुसार सरकार पनि नचलाएको र पार्टी पनि चलाउन नसकि मनमौजी गरेकोमा पार्टी भित्रबाट असंख्य मिटिङ गरेर निकास दिन आग्रह गर्दा पनि ओली टेरेका छैनन। पूर्ब माओवादी पार्टीसंग एकता भएर बनेको नेकपाले सरकार चलाउने गरि बहुमत पाएर सरकार चलेको हो । अहिले प्रधानमन्त्री ओली आफनो मनखुसि गर्न नपाएको झवाँकमा पर्टि फुटाएर पूर्ब एमाले बिउंताउने पक्षमा छन । पार्टी फुटाएर कांग्रेससंग मिली सरकारको कुर्सिमा टाँसिई रहने ध्याउन्नले प्रधानमन्त्री ओलीलाई बाढी पहिरोले गस्त जनजीवन बारे मत्लब छैन । जनताको समस्यालाई नहेर्ने,समाधान नगर्ने खाली आफनैमात्र स्वार्थमा लडिबडी गर्ने ओली सरकार तुरुन्त जनहितमा ध्यान देउ । अहिलेको अबस्थामा प्रकृती प्रकोपले जनता त्राहीमाम छन । कोरोना संक्रमण पनि सल्कि रहेको छ । कोरोना नियन्त्रणको नाममा सरकारले घुस कमिशन लगायत यावत कुरामा राज्यको पैसामाथि मनपरि गरेको आरोप लागि रहंदा पनि ओली सरकार लाचार बनेको छ । त्यसैले जनताहरु जति दुख्ख झेलेर भएपनि यो मुलुकमा साच्चिकै जनहितकारी शासन ब्यबस्थाको बिकल्पमा आन्दोलित हुनु जरुरी छ ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


