७२ घन्टाभित्र कोरोना संक्रमितको औषधि नेपाल ल्याउने सहमति

कोरोना संक्रमितको उपचारमा सबैभन्दा प्रभावकारी मानिएको औषधि ‘रेमडिसिभिर’ कानुनीबाटोबाट नेपाल भित्र्याउन सहमति जुटेको छ। आजको ७२ घण्टाभित्र कार्यविधि बनाएर रेमडिसिभिर ल्याउन सरोकारवाला बिभिन्न सात निकायबीच सहमति जुटेको जनाईएको छ।
आजको ७२ घण्टा भित्र कार्यविधि बनाएर रेमडिसिभिर नेपाल ल्याउन दिने बिषयमा सहमति जुटेको नेपाल चिकित्सक संघका प्रवक्ता डाक्टर बिश्वराज दवाडीले बिजपाटीलाई बताए।
उनकाअनुसार आज शनिबार दिउँसो बसेको नेपाल मेडिकल काउन्सिल, नेपाल औषधि बिभाग, नेपाल स्वास्थ्य अनुसन्धान परिषद, स्वास्थ्य मन्त्रालय, नेपाल चिकित्सक संघ लगायतका ७ वटा सँस्थाहरुको संयुक्त बैठकले आजको ७२ घण्टाभित्र कार्यविधि बनाएर रेमडिसिभिर नेपाल भित्र्याउने बिषयमा सहमति जुटेको हो।
यो पनि: डिजी नै कालोबजारीमा लागेको आरोप, ब्यापारीको प्रभावमा चोरबाटोबाट ‘रेमडिसिभिर’
छलफलमा नेपाल चिकित्सक संघको तर्फबाट संघका अध्यक्ष डाक्टर लोचन कार्की, संघका प्रवक्ता दवाडी, नेपाल मेडिकल काउन्सिलका तर्फबाट डा. भगवान कोइराला, नेपाल औषधि बिभागका तर्फबाट बिभागका महानिर्देशक नारायण ढकाल, नेपाल स्वास्थ्य अनुसन्धान परिषदका तर्फबाट परिषदका अध्यक्ष प्रोफेशर डा. अन्जन कुमार झा, रजिष्ट्रार प्रदिप ज्ञवाली, स्वास्थ्यमन्त्रलायबाट डा. गुणराज लोहनी लगायतको उपस्तिथी थियो।
‘अमेरिका, भारत, बंगालदेश लगायतका देशहरुले कोरोना संक्रमितको उपचारमा रेमडिसिभिर प्रयोग गर्दै आएका छन्’ चिकित्सक संघका प्रवक्ता डा दवाडीले भने, ‘संसारभर रेमडिसिभिर परिक्षणकै अवस्थामा छ, भारत र बंगलादेशबाट ल्याउनलाई नेपाल स्वास्थ्य अनुसन्धान परिषदले नेपाल औषधि व्यवस्था बिभागलाई पत्र दिएको छ, आजको ७२ घण्टा भित्र कार्यविधि बनाएर बिभागले अनुमति दिएका कम्पनीले रेमडिसिभिर ल्याउनेछन।’
परीक्षण गरेपछि मात्र ल्याउँछु भनेर बस्दा नेपालमा धेरै जनताले महँगीका कारण उपचार नपाउने अवस्था आउने भएकाले निश्चित कार्यविधि बनाएर रेमडिसिभिर ल्याउनुको विकल्प छैन उनले भने।
औषधि व्यवस्था बिभागले सिफारिस गरेका ३ वटा कम्पनीले रेमडिसिभिर ल्याउन पाउने भएका छन्। रेमडिसिभिर ल्याउन ९ वटा कम्पनीले निबेदन दिएपनि बिभागले नेपालमा नीतिगत रुपमा खेल्न सक्ने प्रभावशालि ब्यापारीहरुका ३ कम्पनीलाई नै अनुमति दिएको पाइएको छ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


