४० प्रतिशतसम्म भाउ घट्ने, जग्गा कारोबार डामाडोल
काठमाडौं । चैतदेखि थला परेको घरजग्गा व्यावसायलाई कोरोनाको दोस्रो लहरले झनै डामाडोल बनाएको छ। गत चैतदेखि जारी लकडाउनका कारण थलिएको घरजग्गा व्यावसाय असारमा लकडाउन खुकुलो भएसँगै ५० प्रतिशतसम्म कारोबार हुन थालेको थियो। तर साउन तेस्रो साताबाट कोरोना संक्रमणको ग्राफ पुनः उकालो लागेसँगै उपत्यकासहित धेरै जिल्लामा अहिले कारोबार रोकिएको छ। कारोबार भएका ठाउँमा पनि अहिले २० देखि ३० प्रतिशत हाराहारीमात्रै कारोबार भइरहेको छ।
समुदायस्तरमा कोरोना फैलिएको आशंका भइरहेका बेला सेवाग्राहीको धेरै भिडभाड हुने मालपोत कार्यालय तत्काल सञ्चालनमा आउने छैनन्। सञ्चालनमा आए पनि पूर्ण क्षमतामा सञ्चालनमा नआउने पक्का छ। जसका कारण थलिएको घरजग्गा कारोबार तत्काल तंग्रिने सम्भावना निकै कम छ।
कोरोना महामारीसँगै विश्वका सबै देशको आर्थिक गतिविधि ठप्प छ। रेमिट्यान्समा आधारित नेपाली अर्थतन्त्र उकासिन वैदेशिक रोजगारीमा सहजता आउनै पर्छ। जुन अहिलेसम्म सहज हुने कुनै संकेत छैन। कामविहीन भएपछि वैदेशिक रोजगारीमा गएका नेपालीहरु दैनिक हजारौको संख्यामा स्वदेश फर्किरहेका छन्। उनीहरुले पठाएको रेमिट्यान्सको ठूलो हिस्सा घरजग्गामै लगानी हुने गरेको थियो।
नेपालमा मध्यम आय भएका डाक्टर, वकिल, इन्जिनियर, पाइलट आदि पेशामा भएका मध्यमवर्गले घरजग्गा जोड्ने हुन्। यी पेशा रहेकाहरू कसैको पनि आम्दानी विगत ६ महिनादेखि राम्रो छैन ।
त्यसैले घरजग्गा जोड्ने गरी आम्दानी हुन वा रेमिट्यान्स आउन वर्षौ लाग्न सक्ने भएकाले खरिदकर्ता नहुँदा अबको २-३ महिनाभित्र घरजग्गाको मूल्यमा ४० देखि ५० प्रतिशतसम्मकै गिरावट आउन सक्ने विज्ञहरु बताउँछन् ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


