१३ वर्षीय बालिकालाई यौन शोषण गर्ने शिक्षक अधिकारीसहित ४ जना पुर्पक्षका लागि जेल चलान

धनकुटा । जिल्ला अदालत धनकुटाले १३ वर्षीय बालिकालाई ललाई फकाई पटकपटक यौन शोषण गर्दै आएका ४ जना पुर्पक्षका लागि थुनामा राखे आदेश दिएको छ । उनीहरुलाई जेठ २९ गते जिल्ला अदालत धनकुटाका न्यायाधीश फणिन्द्र पराजुलीको एकल इजलासले पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको हो ।
धनकुटा नगरपालिका ६ आत्माराकी १३ वर्षीया बालिकालाई लामो समयदेखि पटकपटक यौन शोषण गर्दै आएका शिक्षक मदन अधिकारी, धनकुटा नगरपालिका वडा नंं. ६ का गौरी अत्री, देवेन्द्र श्रेष्ठ र भक्तबहादुर मगरलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।
चारै जनाले सामूहिक रूपमा बलात्कार गरेको नभई छट्टाछुट्टै यौन शोषण गरेकाले मुद्दा पनि अलग–अलग नै दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता ध्रुवकुमार श्रेष्ठले बताए ।
चार जनाले धनकुटा वडा नं. ६ कै १३ वर्षीया बालिकालाई लामो समयदेखि यौन शोषण गर्दै आएका थिए । उनको स्वास्थ्य जाँच गर्दा ६ महिनाको गर्भ रहेको रिपोर्ट आएको छ । बालिकालाई अहिले पुनर्स्थापना केन्द्र धनकुटामा राखिएको छ भने प्रहरीले चारै जनालाई जबर्जस्ती करणी महलअन्तर्गत कारवाहीको माग गर्दै जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।
पुर्पपक्षका लागि थुनामा पठाइएकामध्ये मदन अधिकारी धनकुटा ६ स्थित माथिल्लो गोकुण्डेश्वर माविमा शिक्षक हुन् । उनी नेकपाको प्रचार विभाग धनकुटाका सहसंयोजक थिए । उनलाई नेकपा धनकुटाले साधारण सदस्यतासमेत नरहनेगरी कारवाही गरिसकेको छ ।
उनले बालिकाका बुवाले किटानी जाहेरी दिएपछि फरार भएका थिए । तीन जना पक्राउ परेपछि अधिकारीले विज्ञप्ती जारी गर्दै आफुलाई फसाउन खोजिएको बताएका थिए । उनले विज्ञप्ती जारी गरेपछि मात्रै प्रहरीले पक्राउ गरेको थियो ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


