Spread the love

तबरेज आलम अन्सारी जेठ=

सुनसरी । सुनसरीको हरिनगर गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष इनुस मियाको मिलेमतोमा भौतिक निर्माणाधिन कामहरुमा कागज मिलान गरी र फर्जी उपभोक्ता समिति गठन गरी व्यापक अनियमितता तथा भ्रष्टाचार भएको छ । आकष्मिक सानोतिनो बाटो मर्मत सम्भार कार्यमा काम नै नगरी कागज तथा बिल भर्पाई मिलान र फर्जी हस्ताक्षर गरी व्यापक अनियमितता तथा भ्रष्टाचार भएको हो । बाटो मर्मत सम्भारको नाममा फर्जी उपभोक्ता समिति गठन गरी र किर्ते हस्ताक्षर गरी हरिनगर गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष इनुस मियाँसमेत गाउँपाकिलाका इन्जिनियरले काम नै नभएको योजनाहरुलाई मुंयाकन गरी पैसाको चलखेलमा करिब ५ लाख बढीको कैयौँ शिर्षकमा भ्रष्टाचार गरेको खुल्न आएको छ । आकष्मिक बाटो मर्मत सम्भारको नाममा आर्थिक वर्ष २०७६–७७ मा फर्जी उपभोक्ता समिति खडा गरी किर्ते हस्ताक्षर गरेर वडा अध्यक्षको संग्लग्नतामा २ वटा शिर्षकमा करिब ५ लाख बढीको अनियमितता गरीएको स्थानिय वडा सदस्य जलामुद्धिन मियाले जनाए । मियाँले हामीले त्यसलाई मिलाउने बाटो तिर लागिरहेको समेत जनाए । हरिनगर गाउँपालिका वडा नंं. २ का वडा सचिव हेमन्ता दाहालले वडामा केहि अनियमितता भएको तर सानो सानो अनियतितामात्र भएको र त्यसलाई हामी बसेर सुधार गर्ने बताए । यसरी बाटो मर्मत सम्भार तथा विभिन्न शिर्षकमा वडा अध्यक्ष इनुस मियाको मिलेमतोमा बिलभर्पाइ मिलान गरी, किर्ते हस्ताक्षर गरी तथा फर्जी उपभोक्ता समिति बनाई व्यापक अनियमितता भइरहेको जनगुनासो रहेको छ । यस्तै वडा नं. २ को मोजम्मिल घर देखि हरिनगर बोर्डरसम्म कच्ची नाला निर्माण गर्ने योजना कागजमै मिलान गरी फच्योट गरिएको छ । र यसै निर्माणाधिन कामकालागि भुटाहाका चमराही बाटो निर्माण गर्नेमा समेत व्यापक अनियमितता गरिएको स्थानियको गुनासो रहेको छ ।