हत्या हिंसा र मानसिक स्वास्थ्य संकट
सम्पादकीय
अहिले हाम्रो समाजमा भई रहेका हत्या, हिंसा तथा आत्महत्याका घटनाहरूलाई आपराधिक दृष्टिकोणबाट मात्र हेरेर ब्याख्या बिष्लेषण गर्नु पर्याप्त होइन ।
यस्ता घटनाको पछाडि मानसिक स्वास्थ्यसम्बन्धी गम्भीर समस्या पनि हुन सक्छन् भन्ने तथ्यलाई स्वीकार गर्न आवश्यक छ। हालै चर्चित बनेको नेपाली ब्रो भन्ने ब्यक्तिले आफनै श्रीमती ईश्वरी भुजेल हत्या घटनाले पनि मानसिक स्वास्थ्यको विषयलाई केन्द्रमा ल्याएको कुरा तर्फ सोचनीय छ।
आजको प्रतिस्पर्धी समाजमा मानिसहरू अनेकौं तनावबाट गुज्रिरहेका छन्। आर्थिक अभाव, पारिवारिक असन्तुष्टि, वैवाहिक तनाव, बेरोजगारी, सामाजिक दबाब तथा भविष्यप्रतिको अनिश्चितताले मानसिक स्वास्थ्यमा नकारात्मक असर पारिरहेको छ। तर दुर्भाग्यवश, नेपालमा अझै पनि मानसिक स्वास्थ्यलाई पर्याप्त महत्व दिइदैन । मनोपरामर्श लिनुलाई कतिपयले लाजको विषय ठान्ने प्रवृत्ति कायम छ ।
यदि कुनै व्यक्ति निरन्तर तनाव, क्रोध, निराशा वा मानसिक असन्तुलनबाट गुज्रिरहेको छ भने समयमै परामर्श र उपचार उपलब्ध गराउन सकियो भने धेरै दुःखद घटना रोक्न सकिन्छ। विद्यालय, विश्वविद्यालय, कार्यस्थल तथा स्थानीय तहमा मानसिक स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गरिनुपर्छ । सञ्चारमाध्यमले पनि मानसिक स्वास्थ्यका विषयमा जनचेतना फैलाउन भूमिका खेल्नुपर्छ।
हामीले अपराधीलाई कानुनी दायरामा ल्याउनु आवश्यक छ, तर त्यससंगै यस्ता अपराध जन्मिने सामाजिक र मनोवैज्ञानिक कारणको खोजी पनि गर्नुपर्छ । स्वस्थ मानसिक अवस्था विना स्वस्थ समाज निर्माण असम्भव हुन्छ ।
यस्ता घटना कानुनी अपराधमात्र होइनन्, हाम्रो सामाजिक, नैतिक तथा पारिवारिक मूल्यमा आएको विचलनका संकेत पनि हुन् ।
मानिस आज विभिन्न प्रकारका मानसिक, आर्थिक तथा सामाजिक दबाबबीच जीवन बिताइरहेका छन् । बेरोजगारी, महंगी, वैदेशिक रोजगारीका कारण परिवारमा आएको दूरी, सामाजिक सञ्जालको प्रभाव तथा वढ्दो असहिष्णुताले पारिवारिक सम्बन्धलाई कमजोर बनाइरहेको छ । सानो विवादलाई संवाद र समझदारीद्वारा समाधान गर्न सकिने अवस्थामा पनि कतिपय व्यक्ति हिंसात्मक बाटो रोजिरहेका छन् । यो प्रवृत्ति अत्यन्तै खतरनाक छ।
परिवार समाजको आधारभूत एकाइ हो। परिबारभित्र सम्मान, विश्वास, सहिष्णुता र मायाको वातावरण कायम हुन सकेमा धेरै समस्या समाधान हुन सक्छन् । साथै, मानसिक स्वास्थ्यसम्बन्धी परामर्श सेवा गाउँ–गाउँसम्म विस्तार गर्नुपर्ने आवश्यकता देखिएको छ । सम्बन्धमा समस्या आउँदा हिंसा होइन, परामर्श र संवादको विकल्प रोज्ने संस्कृतिको विकास गर्नुपर्छ । सरकार, नागरिक समाज, सञ्चारमाध्यम तथा शैक्षिक संस्थाहरूले पनि यस्ता घटनाको मूल कारण पहिचान गरी सचेतता अभिवृद्धि गर्नुपर्ने देखिन्छ। अपराध भएपछि मात्र प्रतिक्रिया जनाउने होइन, अपराध हुन नदिने वातावरण निर्माण गर्नु आजको आवश्यकता हो।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


