स्वास्थ्य सेवाको लागि छलफल
इटहरी
स्वास्थ्य क्षेत्रको मुख्य समस्या नयाँ भवन नभई विद्यमान सेवाको कमजोर व्यवस्थापन र गुणस्तर भएको इटहरीका बुद्धीजीवीले औल्याएका छन ।
इटहरीमा बहुविशेषज्ञ अस्पताल निर्माणको कुरा चलिरहेको सन्दर्भमा
लायन्स क्लब अफ इटहरी र …योगदान राष्ट्रका लागिÚ संस्थाले कार्यक्रम गरि छलफल चलाएको अन्तरक्रियामा इटहरी अस्पतालको सेवा प्रवाह, उपकरण सञ्चालन, औषधि उपलब्धता, स्वास्थ्य बीमा कार्यान्वयन तथा जनशक्ति व्यवस्थापनमा गम्भीर कमजोरी रहेको सरोकारवालाले कुरा उठाएका छन । अस्पतालमा उपलब्ध उपकरणसमेत प्रयोगविहीन अवस्थामा रहेको, एक्स–रे मेसिन लामो समयसम्म बिग्रिएर थन्किएको, डायलाइसिस सेवा प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको तथा आधारभूत औषधिसमेत अभाव हुने गरेको गुनासो गरेको योगदान राष्ट्रकालागिका अध्यक्ष खगेन्द्र ओलीले बताए । सरोकारवालाले स्वास्थ्य सेवासँगै खाद्य सुरक्षा, मानसिक स्वास्थ्य, विषादी नियन्त्रण, अटिजम भएका बालबालिकाको उपचार, रक्तसञ्चार केन्द्र स्थापना, डिजिटल स्वास्थ्य अभिलेख र ज्येष्ठ नागरिकका लागि घरदैलो स्वास्थ्य सेवाजस्ता विषय पनि उठाइएका थिए।
स्वास्थ्य समस्या अस्पतालभित्र मात्र सीमित नरहेको भन्दै विषादीयुक्त खाद्यान्न, अस्वस्थ जीवनशैली, मानसिक तनाव र स्वास्थ्य चेतनाको अभावले दीर्घकालीन चुनौती सिर्जना गरिरहेकोले उपचारमुखीभन्दा निरोधात्मक स्वास्थ्य प्रणालीमा लगानी बढाउनुपर्नेमा जोड दिएका छन ।
छलफलको निष्कर्षमा इटहरीको स्वास्थ्य क्षेत्रका लागि दीर्घकालीन …हेल्थ रोडम्यापÚ तयार गरी स्थानीय सरकार, निजी क्षेत्र र सामाजिक संस्थाबीच समन्वयात्मक ढंगले कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।
स्वास्थ्य सेवा विस्तारको बहसभन्दा पनि सेवा गुणस्तर, पहुँच र व्यवस्थापन सुधार अहिलेको प्रमुख आवश्यकता भएको सहभागीहरूको साझा धारणा देखिएको छ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


