सुनसरी नागरिक स्वास्थ्य सेवा इटहरीमा उदायो

इटहरी सामुदायिक अस्पताल संचालन गरेर झण्डै २२ बर्ष सम्म सेवा प्रवाह गरि ब्यबसायिक बन्न सफलता हासिल गरि सकेका गोपाल गुरुंङले इटहरीमा सुनसरी नागरिक स्वास्थ्य सेवा प्राली नामक स्वास्थ्य संस्था संचालन गर्न थालेका छन । सरकारी सेवा अबधी सकेर फुल्ली फ्री जिन्दगीमा प्रबेश गरेका डा गोपाल गुरुङले चिनिइने नामकै कारण उहाँको स्वास्थ्य सेवा स्थलमा प्यासेण्टहरु खाली हुंदैनन । जनस्वास्वास्थ्य सेवामा सामाजिक र सामुदायिक पहल गर्न अब्बल मानिने गोपालका अनुसार ३० गते रक्तदान कार्यक्रम सम्पन्न भएको छ । २९ जना रक्तदाताले आफनै सेवा स्थलको प्रांगण रहेको इटहरी थाना छेउमै सहभागिता जनाएपछि सेवाग्राहीहरु खुसि भएका छन । संस्थाकी अध्यक्ष प्रेमकला गुरुङको सभापतित्व र इटहरी रेडक्रसका अध्यक्ष बिमल शर्माको आतिथ्यता रहेको थियो । सेवा संचालनको २ महिना भित्रमा यस्ता सामाजिक अभियान चलाउदा धेरैतिरबाट हौसला मिलेको भन्दै गुरुङले दिएको जानकारी अनुसार गत कार्तिक १५ गते जनता बस्तिमा निशुल्क स्वास्थ्य शिबिर आयोजना गर्दा १५० जना रोगीले लाभ लिएका थिए । प्याथोलोजी सेवा र सुगर प्रेसर बिशेष चेक गरिएको थियो ।


स्थापना कालदेखि नै हरेक महिनाको १ गते र १५ गते आउने प्यासेण्टलाई ब्लड सुगरको निशुल्क परिक्षण गरिइने अभियान चलाइएको छ । आधुनिक ल्याव,भिडिओ एक्सरे सुबिधा सहित अनुभवी चिकित्सक सहित आउने दिनमा इटहरी भरिका शैक्षिक संस्था समेटेर बिध्यार्थीहरुको निशुल्क मृगौला रोग स्क्रीनिङ गरिइने योजना सुनाउनु भयो । गाउबस्तीका गृहेणी महिला,एकल महिला,जेष्ठ नागरि,गरिव बिपन्न सबैको निशुल्क ब्लड ग्रुपिङ साथै इटहरी बाहिर पनि स्वास्थ्य शिविर संचालन गरि सेवालाई लोक कल्याणमुखि बनाएर लैजाने जानकारी दिदै गुरुङले बताए अनुसार १५ जना स्टाफ रहेका छन । चोबिसै घण्टा फार्मेसी सेवा,इमरजेन्सी,एक्सरे प्रयोगशाला सहित ५ बेडको पोलीक्लिनिक सेवा प्रदान गरि रहेको छ ।हरेक महिना सुगर चेक गर्न आउने सरस्वती माबिका प्रअ लेखनाथ भटटराईले सुनसरी नागरिक स्वास्थ्य सेवामा आबद्धसबै स्वास्थ्यकर्मीको शिलस्वभाव दामी रहेको प्रतिक्रिया दिनु भयो ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


