Spread the love


इटहरी
इटहरी साहित्यिक समूहले बुधबार साहित्यकार धरणीधर दाहालको ९४औं ज्न्मजयन्तिको अबसरपारि दुईजना स्रष्टाहरुलाई सम्मान गर्ने भएको छ । समुहका सचिब जगदिशप्रसाद सापकोटाका अनुसार इटहरी साहित्यिक समुहले धरणीधर दाहाल स्मृति पुरस्कार २०७७को नामबाट संस्कृतिकबिद डाक्टर शैलेन्द्रप्रकाश नेपाल र संगितकर्मी राजु केसीलाई प्रदान गरिइने छ । केसी इटहरीका चर्चित संगितकार एबं सामाजिक अभियान्ता पनि हुन । इटहरीमा लामो समयदेखि सेवारत साहित्यकार,राजनीतिक बिश्लेषक एबं प्राध्यापक डा बद्रीबिशाल पोखरेल अध्यक्ष रहनु भएको सो समूहले कार्यक्रमबारे आज बिहान इटहरी नगरपालिका अगाडी पत्रकार भेटघाट कार्यक्रम राखिएको सचिब सापकोटाले बताउनु भयो ।