Spread the love


इटहरी
मोरंगको केराबारी गाउंपालिका स्थित बुद्धचौकमा रोकिराखेको टयाक्टर अकाश्मत गुडन गई दुर्घटना हुंदा ३ बर्षिय बालक पासांग तामाङको ज्यान गएको छ । टयाक्टर धनि जितेन्द्र तामांगले आफनै घरनजिकबारीमा रोकेर राखेरको टयाकटर स्थानीय केटाकेटीहरु भेला भइृ खेल्ने क्रममा एकजनाले गियर छोृइदिंदा टयाक्टर गुडे पछि तामांगकै छोरा पासांङलाई किचेको थियो । को१त७५११नंको टयाक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार कमल गा.पा.६ झापामा दक्षिणबाट उत्तर आउंदै गरेको मे८प३६४७नको बाइकले सोही दिशाबाट जांदै गरेको साइकल यात्री दमक८ बस्ने ४५ बर्षका भुपाल तामाङलाई ठक्कर दिंदा तामाङको टाउकोमा चोटलागि गम्भिर घाइते भएका छन । मोटरसाइकल चालक दमक७को धनराज राजबंशी घाइतेको उपचारमा लाइभलाइन अस्पताल दमकमा संलग्न रहेका छन । मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । मेची ४ बाहुनडागिको भित्री सडकमा उत्तरबाट दक्षिण जांदै गरेको को१ख७७०२नको टिपर अनियन्त्रित भई पल्टदा चालक कानेपोखरी ५ बस्ने ३५ बर्षिय सलन दनुवार गम्भिर घाइते भएका छन । सो टिपरमा यात्रारत सोही ठाउंका बद्री सिग्देल र अजुन उराव सामान्य घाइते छन । सबैको उपचार बिर्तामोडको बिएमसी अस्पतालमा भई रहेको छ । कन्काई नगरपालिका लक्ष्मीपुर चौकमा पश्चिमबाट पूर्ब आउंदै गरेको नम्बर नखुलेको मोटरसाइकलले पैदलयात्री चम्पादेबी हलुवाईलाई ठक्कर दिंदा उनको ज्यान गएको छ । गम्भिर घाइते भएपछि बिर्तामोड बिएमसी अस्पताल पुरयांदा मृत्यु भएको प्रहरीले बताएको छ । चालक र सवारी साधनबारे खोजी भई रहेको छ । प्रहरीका अनुसार मंगलबारमात्रै प्रदेश १मा ११ वटा सवारी दुर्घटना भएका छन । यसै गरि सवारी चालक अनुमती पत्र नभएका ब्यक्तिले चलाएको मोटरुाइकल रामधुनि स्थित भित्री सडकमा बिपरितदिशाबाट आएको स्कुटरसंग ठक्कर लागेको छ । को८प९१४७नको मोसाचालक चतुरलाल चौधरीले चलाएको मोटरसाइकल र बिपरितदिशाबाट आउंदै गरेको को३८प७७२९को स्कुटी एकआपसमा ठक्कर लाग्दा मोटरसाइकल चालकको पिछाडी बस्ने उनकै श्रीमती सजनी चौधरी गम्भिर घाइते भएकी छन । उनको उपचार बिराटनगर न्युरोमा भईरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले बताएको छ । स्कुटी चालक बिराटनगर ३का २२ बर्षिय आसिस बिकलाई सामान्य चोट लागेको छ । चालक अनुमति पत्र नभएका चौधरीले चलाएको बाइकबारे आबाश्यक अनुसन्धान भईरहेको छ ।