Spread the love

प्रकाश ब्याकुल
इटहरी
सवारी साधन दुर्घटनामा जनधनको क्षति बढन थालेको छ । पुराना सवारी साधन साथै चालकको मनपरी र छाडा चौपाया अनि अब्यबस्थित ट्राफिक सेवा लगायतका कारण दैनिक जसो घटनाले सवारी यात्रामा त्रास उत्पन्न हुंदै छ ।
कोशी प्रदेशमा निर्माणाधीन पूर्बपश्चिम एशियन हाइवेमा काम हुंदै गर्दा बाटो अप्ठयारो हिलाम्य र धुलाम्य छ । राजमार्ग प्रहरी सुरक्षा ब्यबस्थापन तथा ट्राफिक प्रहरी कार्यालय कोशीको कार्यालय इटहरीले गणराज्य पत्रिकालाई सवारी दुर्घटना सम्बन्धमा पठाएको रिपोर्ट अनुसार
मिति २०८३।०२।२० गते ६ः४० बजेको समयमा जिल्ला उदयपुर कटारी न.पा. वडा नं. ६ धप्पर स्थित मदनभण्डारी लोकमार्गमा गाईघाटबाट कटारीतर्फ आउँदै गरेको बा ९० प १६७० नम्बर १५० सिसि भेष्मा कम्पनिको स्कुटर अनियन्त्रीत भई सडकको दायाँ साईडमा रहेको पिलरमा ठक्कर लागी दुर्घटना हुँदा स्कुटर चालक अंन्दाजी २५/२६ को उदयपुर त्रिनपा १० बोक्से वस्ने वर्ष
२५को डेगर राई गम्भिर घाइते भई उपचारको लागि कटारी अस्पताल कटारी उदयपुर पठाईएको छ । घाईतेको टाउकोमा चोट लागी बोल्न नसक्ने गम्भिर रहेकोले थप उपचारका लागि न्युरो बिराटनगर अस्पताल रेफर गरिएको छ । ०२।२०गते१७.२०बजे झापा मेनपा –९ गोमनसरी सिमेन्ट फ्याक्टी नजिक भित्री पक्की सडक खण्डमा सतिघट्टाबाट ईट्टाभट्टातर्फ आउँदै गरेको होलिबेल बोडिङ स्कुलको मे १ क ३९१ न.को बस र विपरित दिशाबाट जाँदै गरेको मे.९.प.९००४ न.को २०० ऋऋ ल्क् मोसा एकआपसमा ठक्कर खाई दुर्घटना हुंदा मोसामा सवार झापा मेनपा–७ बस्ने बर्ष– २५ को अजय राजबंशी र सोहि मोसामा पछाडी सवार भारत किसनगंज गलगलिया बस्ने बर्ष–३३ को अजय माझी गम्भिर घाईते भई तत्काल उपचारको लागी प्रादेशिक अस्पताल भद्रपुर लागीएकोमा १७Ù५० बजे डाक्टरले मृत घोषण गरेको छ । बस चालक जिल्ला झापा मेनपा– ११ बस्ने बर्ष – ४२ को निरेन धिमाल इप्रका धुलाबारीको नियन्त्रणमा छन । दुबै सवारी साधन इप्रका काकरभिट्टाको नियन्त्रणमा छ । दुर्घटनाको कारण तिव्र गति भन्ने बुझिएको छ ।
०२।२०गते१४.१५बजे झापा बिर्तामोड नपा वडा न.२ चौबाटो चौक स्थित भित्री पक्की सडक खण्डमा, बिर्ताबजारबाट घैलाडुब्बा तर्फ जाँदै गरेको प्र.१–०१–००२ ह.२८७३ न.को सिटिसफारी र चारपानेबाट राजगढतर्फ जाँदै गरेको मे ५ प १७५१न.को मोसा एकआपसमा ठक्कर खाई दुर्घटना हुंदा सिटि चालक झापा मेचिनगर नपा वडा न.१५ बस्ने बर्ष अ.४९ को निरन राजबंशी,सिटिमा सवार ऐ.ऐ.बस्ने निजकै श्रीमती बर्ष अ.४५ कि पानमती राजबंशी,.सिटिमा सवार ऐ.ऐ.बस्ने बर्ष अ.४५ को फागुनि राजबंशी,मोसा चालक झापा बुधशान्ती गापा वडा न.२ बस्नेबर्ष अ.५० को भिम अधिकारी मोसामा पछाडी सवार ऐ.ऐ.बस्ने मोसा चालको सानीआमा बर्ष अ.६०कि टंक कुमारी गौतम घाईते भएका छन ।
सबै घाइतेहरुको बिएण्ड सि बिर्तामोडमा उपचार भईरहेको छ ।
.०२।२०गते२१ः४०बजे धनकुटा धनकुटा नगरपालिका वडा नम्बर ०४ देव्रेबास स्थित कोशी लोकमार्गमा धनकुटा बाट हिले धनकुटा तर्फ जादै गरेको तत्काल नम्बर नखुलेको सेतो भ्ख् गाडीले विपरीत दिशाबाट धरान तर्फ जाँदै गरेको प्रदेश नम्बर १–०२–०५५ प ८१६६ नम्बरको मोसालाई ठक्कर दिई दुर्घटना हुँदा मोसा चालक सुनसरी धरान उपमनपा १५ बस्ने वर्ष अन्दाजी ४४ को वेदनाथ विक घाईते भई उपाचारको लागी जिल्ला अस्पताल धनकुटा ल्याई उपचार गर्दा
बाया साईडको ५ -पाँच) वटा करङ भाच्चिएको र करङ भाच्चिएको ठाँउ रगत समते जमेको,अवस्था गम्भीर रहेको कारण थप उपचारको लगी विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा तर्फ रेफर भएको छ ।
चालकको खोज तलास कार्य भई रहेको छ ।

०२/२०गते२२ः००बजे झापा बिर्तामोड नपा १ पञ्चकन्या टोल स्थित भित्री पक्की सडक खण्डमा पुर्बबाट पश्चिम तर्फ जादै मे३प ८२८३ नं को १२५ ऋऋ जयलमब मोसाले पैदल यात्री बिर्तामोड नपा २ घर भई हाल ऐ १ बस्ने बर्ष ३२ की तेलिजा धौलारीलाइ ठक्कर दिई दुर्घटना हुदा निजको फियोको भागमा -यौनिको भाग) चोट अवस्था बोल्न नसक्ने गम्भिर रहेकोले उपचारको लागी बिर्तासिटी अस्पताल बिर्तामोड लगि उपचार भईरहेको छ । उपचारमा निजको श्रीमान
दिनेश धौलारी सम्लग्न छन । मोसा र मोसा चालक जिल्ला झापा बिर्तामोड नपा १ बस्ने बर्ष १९ को सुसिल धिमाललाई नियन्त्रणमा लिई इप्रका अनामरनीमा ल्याई राखेको छ ।
०२।२०गते१३ः००बजे सुनसरी कोशी गा.पा. वडा नं. ८ पानीटंकी स्थित पुर्व पश्चीम राजमार्गमा भण्टावारीबाट हरिपुर तर्फ जादै गरेको प्र १–०२–०१२ प २०७० नम्बरको -१२५ सिसि हिरो कम्पनी) सुपर स्प्लेन्डर मोसालाई बाटो क्रश गर्ने क्रममा सोही दिशा तर्फबाट जाँदै गरेको को ३७ प २५०३ नम्बरको-१५० सिसि बजाज कम्पनी) पल्सर मोसाले ठक्कर दिई दुर्घट्ना हुंंदा पल्सर मोसा चालक सप्तरी रुपनी गाँउपालिका वडा नं. ०१ बस्ने वर्ष अं. ३० को मो. सलिम
मियाको मुख, नाक, निधार, टाउको दुबै हात र दुबै खुट्टामा चोट अबस्था गम्भिर छन । मोसा पछाडी सवार कोशी गाँउपालिका वडा नं. ४ बस्ने वर्ष अं. ३९ को मो. जाहिद हुसेनको टाउको, निधार, ढाड दुबै खुट्टा र दुबै हातमा चोट अबस्था बोल्न सक्ने सामान्य छ । सुपर स्प्लेण्डर मोसा चालक कोशी गाँउपालिका वडा नं.७ बस्ने वर्ष अं. ३० को सिबोद मुखियाको मुख, ढाड, दुबै खुट्टा र दुबै हातमा चोट अबस्था बोल्न सक्ने सामान्य घाईते छन ।
तिनै जनाको कोशी हेल्थ केयर भण्टावारी सुनसरीमा उपचार भईरहेको, दुबै सवारी साधन इप्रका भण्टावारीको नियन्त्रणमा छन ।
इप्रका भण्टावारीका प्रनानि सुरेश कुमार यादवका अनुसार
पल्सरमा सवार घाईते मो. जाहिद हुसेन र मो. सलिम मियालाई थप उपचारको लागी ल्भ्ग्च्इ अस्पताल बिराटनगर र सुपर स्प्लेण्डर मोसाको
चालकलाई थप उपचारको लागी बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा धरानमा पठाईएको छ ।
०२।२०गते २३.३०बजे सुनसरी दुहबी नगरपालिका वडा न.५ डाँगा चोक स्थित कोशी राजमार्गमा बिराटनगर बाट इटहरी तर्फ जादै गरेको ना ६ ख ७५४ नम्बरको ट्रक र बाटो क्रश गर्दै गरेको लु.प्र.०१–००४ प १९३५ नम्बरको-१२५ सिसि हिरो कम्पनी) मोसा एक आपसमा ठक्कर खाई दुर्घटना हुंदा मोसा, ट्रक र ट्रक चालक जिल्ला मकावानपुर हेटौंडा उप–मनपा
११ बस्ने बर्ष ४० को नविन उप्रेती इप्रका दुहबीको नियन्त्रणमा छन । मोसा चालक तत्काल खुलेको छैन । १९३५ नम्बरको मोसामा सवार तत्काल वतन नखुलेको बर्ष अ. २५ अभिसेक पासवान-टाउको, दाहिने खुट्टामा
चोट) गम्भीर घाईते छन । सोही मोसामा सवार जिल्ला सिराहा मिर्चैया नपा ८ बस्ने बर्ष २८ को सन्तोष कुमार साह-दुवै खुट्टामा, दुवै
हातमा चोट) सामान्य घाईते छन इप्रका दुहबीका प्रसनि गोपाल प्रसाद
बास्तोलाका अनुसार घाईतेहरुलाई तत्काल उपचारको
लागि बिराट नर्सिङ होम बिराटनगर तर्फ पठाएको छ ।
०२।२१गते००ः१५बजे मोरङ बिराटनगर मनपा.१४ क्ष्ऋए मोड स्थित कोशी लोकमार्गमा बिराटनगरबाट रानी तर्फ जादै गरेको को.२३प. ८९७० नं.-१२५ सिसि होण्डा) को स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटना हुंदा स्कुटर चालक
इटहरी उमनपा.०५बस्ने बर्ष अं.४० को गयाराम चौधरी घाईते भई उपचारको लागि कोशी अस्पताल बिराटनगर पठाईएको छ ।
०२।१८गते१३ः३०बजे सुनसरी ईटहरी उप–मनपा १७ पकली शसस्त्र बाहिनी नजिकै पुर्ब पश्चिम सडक खण्डमा इटहरी बाट झुम्कातर्फ आउदै गरेको प्रदेश १–०२–००२ ख ५२७८ नं.को ट्रकले झुम्काबाट ईटहरी तर्फ जादै गरेको बाग्मती प्रदेश ०२–००२ प ९१८९ न.-१२५ सिसिको यमाहा) मोसालाई ठक्कर दिई दुर्घटना हुंदा मोसा चालक इनरुवा नपा ३ बस्ने बर्ष ३६ को बिपिन भट्टराइको टाउको र घुडामा गहिरो चोट लागी उपचारको लागी बिराट टिचिङ अस्पताल बिराटनगर पठाइएको अवस्था गम्भिर रहेको ट्रक चालक इटहरी १७ बस्ने बर्ष ५२ को संकर
कार्की र ट्रक, मोसा इप्रका पकलीको नियन्त्रणमा राखीएको छ ।
०२।१८गते१८ः४५बजे झापा मेचीनगर न.पा. ३ बर पिपल टोल स्थित भित्री पक्की सडक खण्डमा देबकोटा चोक देखी भावनाचोक तर्फ जाँदै गरेको मे ५ प ७९९७ नं. को १२५ ऋऋ सुपर स्पेण्डर मोसा आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोसा
चालक ऐ. ३ खुम्बुटार बस्ने बर्ष ३० को धीरेन राई घाईते भई छिमेकीले उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड तर्फ लिई गएको, छ । घाईतेको बाहिरी चोट नदेखिएको मुख रगत आएको, अवस्था गम्भीर बोल्न नसक्ने, मोसा
अप्रपोष्ट भृकुटीको नियन्त्रणमा छ ।
०२।१९गते ००ं०५
बजे उदयपुर त्रियुगा न.पा. वडा नं १२ बुद्ध चोक स्थित भित्री पिच सडक खण्डमा जनप्रेमी स्कुलबाट बुद्धचोक तर्फ जाँदै गरेको स ९ प ८२५३ नं २२० सिसि बजाज कम्पनिको मो.सा आफै अनियन्त्रित भई सोही स्थान बस्ने बलदेव
चौधरीको ईट्टाको पर्खाल जस्ताको छानो भएको १ तले घरमा ठक्कर खाई दुर्घटना हुँदा मो.सा चालक उदयपुर
त्रियुगा न.पा.वडा नं १२ बस्ने वर्ष अ.२४ को हेमन्त सदा शरीरको विभिन्न भागमा चोट लागी गम्भिर घाइते भई उपचारको लागी जिल्ला अस्पताल उदयपुर पठाई उपचारको क्रममा मृत्यु भएको छ ।सोही मो.सामा पछाडी सवार ऐ. त्रियुगा न.पा.वडा नं १२ सोनापुर बस्ने वर्ष अ.१८ को राकेश सदाको अनुहार, हात, खुट्टा, र शरीरको विभिन्न भागमा चोट लागी घाईते भएकोले उपचारको लागी जिल्ला अस्पताल उदयपुर सामान्य उपचार पश्चात थप उपचारको लागी विराटनगर न्युरो अस्पताल रेफर भएको छ । अवस्था गम्भिर छ । मो.सा नियन्त्रणमा लिई
न.प्र.का. त्रियुगा उदयपुरमा ल्याई राखिएको छ ।
०२।१७गते०३ः००बजे सुनसरी दुहबी नगरपालिका वडा न.३ डाँगा चोक छेउ स्थित कोशी राजमार्गमा इटहरीबाट दुहबी तर्फ आउदै गरेको को ३६ प ६१८४ नम्बरको-१२५ सिसि त्ख्क् कम्पनी) स्कुटी अनियन्त्रीत भई दुर्घटना हुंदा, स्कुटर चालक झापा दमक नपा ८ बस्ने बर्ष अ. १९ को सौरभ नेपाल र सोही स्कुटर पछाडी सवार तत्काल नामथर वतन नखुलेको बर्ष २० कि महिला बोल्न नसक्ने गरि गम्भीर घाइते रहेकाले उपचारको लागि बिराट मेडिकल कलेज टिचिङ अस्पताल बुढीगंगामा पठाईएको छ ।
०२।१६गते२०ः०० बजे सुनसरी इटहरी उप–महानगरपालिका वडा नं.१३ काली मन्दिर अगाडी कोशी लोक मार्गमा दक्षिण बाट उत्तर तर्फ जाँदै गरेको प्र १–०२–०५८ प ३२३७ नं.को -१२५ सिसि होण्डा कम्पनी) मोसाले सोही दिशातर्फ जाँदै गरेको साईकल यात्रीलाई ठक्कर दिई दुर्घट्ना हुंदा साईकल यात्री मोरङ सुनबर्सी न पा २ बस्ने बर्ष ३५/३६ कि रेजिका राजबंशीको टाँउकोमा चोट लागेको अबस्था बोल्न नसक्ने गम्भिर रहेकी छन । मो सा चालक सुनसरी
रामधुनी न पा ५ बस्ने बर्ष २८ को बिरेन्द्र दास बायाँ कुममा चोट लागेर सामान्य घाईते छन । उक्त मो सा मा सवार सोही ठाउँ बस्ने बर्ष
२५ को मिलन राईको बायाँ हात टाउको र मुखमा चोट लागि सामान्य घाईते तिनै जनलाई बिराट मेडिकल कलेज टिचिङ अस्पताल बिराटनगर तर्फ पठाईएको छ ।
०२।१४गते धरान उप–मनपा १२ छाताचोक स्थित भानुचोकबाट जिरोप्वाइन्ट तर्फ
जाँदै गरेको प्र.१–०२–०४५ प ३०६१ नम्बर-१५० सिसि यामाहा कम्पनी)को मोसा र चतरालाइनबाट जिरोप्वान्टतर्फ जाँदै गरेको को ३१ प ३८१६ नम्बर-१२५ सिसि यामाहा कम्पनी)को स्कुटी एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा स्कुटी चालक सोही ठाउँ १४ बस्ने वर्ष ४६ को टोयानाथ दाहाल गंभिर घाईते र मोसा
चालक इटहरी उप–मनपा ४ बस्ने वर्ष २१ को विपिन थापा सामान्य घाईते भई दुबै जनालाई उपचारको लागी धरान घोपा पठाईएको छ । दुबै सवारी साधन वप्रका धरानको नियन्त्रणमा छन ।
०२।१४गते१२ः४५बजे मोरङ ग्रामथान गापा ०५ ककरमारी स्थित बिराटचोक घिनाघाट सडक खण्डमा बिराटचोकबाट बिराटनगर तर्फ
जादै गरेको प्र३–०१–०२३ च०७१८ नम्बरको कारले बाटो क्रश गर्दै गरेको जि.मोरङ ग्रामथान गापा–०६ बस्ने जयराम माझीको छोरा बर्ष अ.६ को डेनिस माझीलाई ठक्कर दिइ घाईते बनाई सोही कारमा राखि उपचारको लागी
नोबेल अस्पताल बिराटनगर पठाएको छ । निज घाईतेको टाउकोमा चोट अवस्था गम्भीर छ । कार र कार चालक बिराटनगर–०४ बस्ने बर्ष ५६ को केशब खनाल जिल्ला प्रहरी कार्यालय मोरङको नियन्त्रणमा छन ।
०२।१४ गते १५ः०० बजे सुनसरी रामधुनी नगर पालिका वडा नं. २ तित्री बन स्थित पुर्ब पश्चिम सडक खण्डमा इनरुवाबाट इटहरीतर्फ आउदै गरेको प्रदेश १–०२–००२ च ८४२१ नं.को पिकअप गाडिले पैदल यात्री सोही वडा नं.२ बस्ने मोहमत अख्तरको छोरी बर्ष ९ की फर्चिना खातुनको मृत्यु भएको छ ।
०२/१४गते२१ः३०बजे बिर्तामोड नपा ३ दृष्टी आँखा अस्पताल नजिक बिर्तामोड भद्रपुर सडक पक्की खण्डमा भद्रपुरबाट बिर्तामोडतर्फ आउँदै गरेको बा ५३ प ९०६७ नं को १०० ऋऋ त्ख्क् स्कुटी आफै अनियन्त्रित भई दुर्घटना हुंदा स्कुटी
चालक जिल्ला झापा बिर्तामोड नपा ५ बस्ने बर्ष ४० को सुरेन लिम्बु घाईते भई उपचारको लागी बिर्तासिटी अस्पताल बिर्तामोड पठाईएको छ ।
००.२५बजे मोरङ बिराटनगर मनपा –०३ प्रदेश प्रमुख निवास अगाडी स्थित भित्री पक्कि सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको प्र१–०४–००३ प ३८८६ नं.-१२५ सिसि,हिरो) को स्कुटी आफै अनियन्त्रित भई दुर्घटना हुदा स्कुटी
चालक संकेत नम्बर ऋ–०००६१९९३ प्रचौ.श्रीचौर औखलढुङा दरबन्दीभई बिराट नर्सिङहोम बिराटनगरमा कार्यरत प्र.ह भुबन कार्की घाईते भई उपचारको लागी विराट नर्सिङ होम अस्पताल बिराटनगर तर्फ पठाएको छ ।
०२।१४गते २२.५५बजे सुनसरी बर्जु गापा वडा न.१ स्थित हुलाकी राकमार्गमा बिराटनगर बाट चिमडीतर्फ जाँदै गरेको को १२ प
५७९८ न. -१२५ सिसिको होण्डा)को मोसाले सोही दिशाबाट जाँदै गरेको साइकल यात्री ऐ.ऐ. बस्ने बर्ष ६० को जगलु चौधरीलाई ठक्कर दिंदा टाउकोमा चोट लागेको अवस्था बोल्न सक्ने तत्कालको सामान्य रहेको छ । मोसा र साईकल
प्रचौ शुक्रबारेको नियन्त्रणमा छ । मोसा चालक बर्जु गापा–६ चिमडी बस्ने बर्ष ५५ को शत्रुजन दासको टाउकोमा चोट अवस्था बोल्न नसक्ने गम्भीर घाइते छन ।
०२।११गते २२ः१०बजे सुनसरी दुहबी नगरपालिका वडा न.४ मलहटि स्थित भित्रि सड्क खण्डमा बुढिगंगा बाट दुहबी तर्फ आउदै गरेको को २९ प ८५४६ न.को मोसामा बर्षासंगै अएको हावाहुरीले जस्ताको पाता उडाई ल्याई मोसामा ठोकिन गई मोसा अनियन्त्रित भई दुर्घटना हुंदा मोसा चालक जिल्ला सुनसरी दुहबी नपा ४ बस्ने बर्ष २८ को मोहमद जाहिदको मृत्यु भएको छ ।
. ०२।१२गते१८ः३३बजे बिराटनगर मनपा १० कोशी बिध्या मन्दिर अगाडी भित्री पक्कि सडकमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको बा१८च ४४ नं.को कारको ढोका खोल्दा सोही दिशाबाट आउदै गरेको साईकलयात्री बिराटनगर मनपा
१२ बस्ने बर्ष ४५ को दिपक बोहोरा उक्त कारको ढोकामा ठक्कर खाई लड्दा बिपरित दिशाबाट आउँदै गरेको प्र१–०२– ०५७प २०५७ नं.-३५० सिसि,बुलेट) को मोसा समेत ठक्कर दिंदा निज साईकल यात्रीको बायाँ हात भाचिएको,
छातिको करङको हाड भाचिएको, तत्कालको अबस्था गम्भिर उपचारको लागि न्युरो अस्पताल बिराटनगरमा उपचार भई रहेको छ ।
कार चालक जि. मोरङ बिराटनगर मनपा वडा नं.१० बस्ने बर्ष ५४ को चुरा चन्द्र श्रेष्ठ, मोसा चालक बिराटनगर मनपा १३ बस्ने बर्ष २० को पुरुषतोम सिंह र तिनवटै सवारी साधन वप्रका बिराटनगरको नियन्त्रणमा रहेको छ ।
०२।१२गते २१ः३० बजे बिराटनगर मनपा वडा नं.१० प्रतिभा चोक स्थित भित्री पक्की सडकमा तत्काल नं.नखुलेको सिटी सफारीले पैदल यात्रि सप्तरी राजगढ गा.पा. वडा नं.०४ घर भई हाल जिल्ला मोरङ विराटनगर मनपा–१० बस्ने सुरेन्द्र
मंण्डलको छोरा बर्ष १६ को सुजित मंण्डललाई ठक्कर दुर्घटना हुंदा निजको बाहिरी चोट नदेखिएको तत्कालको अवस्था गम्भिर रहेकोले उपचारको लागि कोशी अस्पताल विराटनगरमा ल्याई उपचार भईरहेको छ । ठक्कर दिने सिटी सफारीको
खोजी कार्य भईरहेको छ ।