शान्तिनगरमा कुकुर आंतकः इटहरी अस्पतालले हेरेन
इटहरी
प्रकाश ब्याकुल
इटहरी उपमहानगरपालिकाको वडा नं २ तरहरा पूर्ब शान्तिनगरको भुल्के चौक,देबीथान लगायतका टोलबासीलाई २।४ दिन देखि कुकुरले आतंकित पार्न थालेको छ । कुकुर बहुला हो या सज्जन कसैले वास्ता गरेका छैनन ।

घरमा पालेको नभई बाटोमा जथाभाबी हिंडने सामुदायिक भुस्याहा कुकुरले बाल बच्चा टोकेर हैरान पारेको स्थानीय सफारी चालक शंकर पोखरेलले बताएका छन । कुकुरले टोकेर खोच्याउंदै इटहरी अस्पताल आएकी १२ बर्षिय दीक्षा श्रेष्ठलाई त्यहाँको अस्पतालका कर्मचारीले उपचार गर्न मानेनन। यो ठूलो घाउ छ । रगत आएपछि बिराटनगर जानु हामी सक्दैनौ भनेपछि छोरीलाई बिराटनगर लगेको आमा दीपा श्रेष्ठले बताइन । उनले बताए अनुसार गाउंमा कुकुरले ७ जनालाई टोकी सक्यो । वडा कार्यालयलाई जानकारी दिदा कुकुर मार्न हुंदैन आफै जोगिएर हिडनु भनेको बताइन ।भुल्के चोककी ७ बर्षिय आरोध्या गिरीलाई पनि खुटटामा रगत आउने गरि टोकेपछि इटहरीको सरकारी अस्पताल आइन तर उपचार नपाएर बिराटनगर लगेको कुरा आमा बिनिता गिरीले बताइन । रेबिज रोगको इन्जेक्शन पनि नभएको र के कस्तो कुकुर हो ? पत्ता लगाएर गाउंमा सचेतता पूर्बक नियन्त्रणमा लिई कुकुरलाई चेक गर्नु पर्ने तर्फ स्थानीय शंकर पोखरेल लागि परेका छन ।गाउंमा डुल्ने एउटै कुकुरले टोलमा रातेको भाई भनेर बोलाइने अर्को एउटा बालक लगायत नेवार माइलाको छोरालाई समेत ७ जनालाई टोकेको छ । उपमहागरले सो कुकुर लगायत अन्य छाडा कुकुर मार्नु पर्ने स्थानीयको माग छ । स्कूल जान नपाएर घर वरपर जथाभाबी खेल्ने सानो उमेरका बच्चाहरु कुकुरको टोकाइमा पर्ने गरेका छन ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


