Spread the love
Naresh Ghatan3

प्रसंग छुवाछुतको

विश्वकर्मा जातीको ऐतिहासिक महत्व र महिमा अरुकुनै जातजातीसँग अतुलनीय छ । अहिलेको विकसित समाजले सहिलाई सही र गलतलाई गतल भन्न सक्नु पर्दछ । अहिलेको विकसित आधुनिक मेसिन र इन्जीनहरुको आविस्कारक आदिमकालमा तिनै विश्वकर्माहरुले नै गरेको कुरा घाम जतिकै छर्लड्ड छ । यदि विश्वकर्मा जाती यो देशमा थिएनन् भने कल्पना गर्नुहोस् आदिमकालको पुरानो समाज कसरी चल्थ्यो होला ? खेति गर्ने, हलोको फाली, करुवा, कुटो कोदालो, बन्चरो, खुकुरी, हसीया, हतौडाँ, ढिकी कुट्ने दाँत, जाँतो पिस्ने मानी, भात पकाउने भाडो, डाडु, पन्यु, आरी, आदी इत्यादी यिनै विश्वकर्मा जातीले बनाएर समाज चलेको थियो । यदि यो आविस्कार नभएको भए उत्पादनको साम्रागीहरुको अभावमा खेती पाती कसरी चल्थ्यो होला ? सामाजिक सद्भाव भड्काउन खोजेको होइन । सत्य तथ्य विषयको उजागर मात्र गरेको हु । यदि त्यस बखत पुजा गर्ने र मन्त्र पढ्ने ब्राम्ह्ण नभएको भए पनि समाज बाँच्न सक्थ्यो तर विश्वकर्मा नभएको भए कसरी चल्थ्यो ? कल्पना गर्नुहोस् त ? त्यसै कारण यो जातीको महिमा र महत्व ऐतिहासिक कालदेखि अदितिय छ । यो जाती भनेको सिपकला र सृजनाका खानी हुन् । गौतम बुद्ध, सीता, भृकुटी जसरी असल ज्ञान र आदर्शका धनी हुन भने विश्वकर्मा सिप, कला र सृजनाका खानी हुन् र हाल गोर्खाली खुकुरीको नामले विश्व चिनिन्छ भने यो विश्वकर्माको सृजना हो । जसरी गौतम बुद्ध, सीता, भृकुटी राष्ट्रीय विभुती हुन भनेर विश्वमा चिनाइन्छ भने माथी उल्लेखित कुराहरुबाट विश्वकर्मालाई किन महत्व दर्शाइदैन ? यो राज्यबाट, विद्वानवर्गहरुबाट, पुरातत्व विज्ञहरुबाट किन यति धेरै कन्जुस्यायी भयो ? अझै भन्ने हो भने नेपालले कलात्मक वस्तु सिप र सृजनाले विश्व चिनाउने यिनै जाती हुन् ।
क्षेत्री लाई बहादुर भनियो, विश्वकर्मा कै खुकुरी, खोडा तरबारले । पृथ्वी नारायण शाहले युद्ध जिते विश्वकर्माकै हतियारले, अहिले सबै सेना, प्रहरीसँग खुकुरी छ यीनैको निर्माण हो । आदिमकालमा रथ बनाउने र नदिनाला तार्ने सवारी साधन तयार गर्ने आविस्कारक विश्वकर्मा कै योगदान छ । हालका आधुनिक हरियार, मिल, मेसिनरीको आविस्कारक पौराणिक कालमा विश्वकर्मा नै हुन् । भगवानका पालादेखि हालसम्म हामिले पुजा गरेका भगवानहरु पनि कतिपय अपुजनिय र पुजनिय छन् भन्ने छ । त्यसताका उदण्ड व्यावहार गर्ने, दुःख दिने, काटमार गर्ने सबैको भलो नचिताउने, सबैसँग समान व्यावहार नगर्ने आदि अपुजनियमा पर्छन् । पुजनिय भन्नाले सबैका लागी काम गर्ने त्यस भित्र विश्वकर्माले विश्वको काम गरे, सबैको लागी ज्यावलहरुको आविस्कार गरे र हाल सम्म उनको आविस्कारले नै संसार परिवर्तन र विकसित भयो । त्यस कारण विश्वकर्मा बाबा पुजनिय स्थानमा छन् तर सबैको महिमा गाइन्छ घरघरमा भगवानको पुजा गरिन्छ । विश्वकर्मा बाबाको एक वर्षमा एक पटक असोज १ गते मात्र पुजिन्छ । यहाँ गर्ने भन्ने हनुमान पगरी गुथ्ने ढेडु भने जस्तो यहाँ भएको छ । अब धार्मिक विद्वानहरुले पनि धर्मलाई व्यापारीकरण र आफ्नो स्वार्थ अनुकुल व्याख्या नगरिकन यथार्थ कुराको उजागर गर्ने समय आइसकेको छ ।

अब आउछ तिनै विश्वकर्मालाई अछुत र दलित भन्ने विषय कहाँबाट आयो ? यो कसले बनायो ? यो कुन ग्रन्थ र उपनिषद् वा वेदमा छ ? यदि छैन भने किन उसलाई अछुत र दलित भनियो ? यहाँ भगवान भन्दा मान्छे ठूलो भएको नियम बनाइएको छ किनभने विश्वकर्माले पनि भगवानको नाममा पुजापाठ लगाउछन् । नैवेद, प्रसाद, फलफुल, रोटी, दुधदहि चडाउछन् । भगवानले ग्रहण गरे भन्ने विश्वास र आस्था छ तर भगवानले ग्रहण गरेको प्रसाद पुरेतलाई किन चल्दैन ? यसबारे विद्वान धर्मगुरु, पुरोहित, पण्डितहरुले चित्त बुझ्दो जबाफ दिन सक्नु पर्दछ । होइन भने विकसित र समतामुलक समाज निर्माणमा सहयोग गर्नु पर्दछ । अन्यथा यसले सबैलाई अफ्ठ्यारो पार्ने पक्का छ ।
निष्कर्ष
यसको निष्कर्ष के भने अब राज्यले, केन्द्रिय सरकारले, बुद्धिजिविवर्गले, इतिहासविदहरुले, पुरातत्व विज्ञहरुले, धार्मिक गुरुहरुले, पुरोहित पण्डितहरुले, विश्वलाई चिनाउने सिपकला र सृजनाका धनि विश्वकर्मा जस्तो गौरवपूर्ण जातीपनि नेपालमा छन् भन्ने यिनीहरुको गौरवपूर्ण योगदानको महत्व उजागर गर्न आवश्यक छ ।
अस्तु