विप्लव स्कुलिङ्गका बोल्ड बिषयवस्तु

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको बैचारिक तथा राजनीतिक स्कुलिङ्ग देशै भरी सन्चालन गरेको । यसै क्रममा नेकपाको पश्चिम कमान्डको स्कुलिङ्गलाइ सम्बोधन गर्दै स्थायी समिती सदस्य कंचनले राख्नु भएको मन्तव्य जस्ताको त्यस्तै।
प्रशिक्षक र प्रशिक्षार्थी कमरेडहरू, सबैमा हार्दिक अभिवादन,
हाम्रो पार्टीको पश्चिम कमान्डको स्कुलिङ कार्यक्रम औपचारिक रूपमा सुरु भएको म घोषणा गर्दछु ।
हामी पार्टीको स्कुलिङका लागि यहाँ उपस्थित भएका छौँ । हामीले कमरेडहरूलाई यहाँ उपस्थित गर्नुको तात्पर्य पार्टीको विचारलाई नेपाली क्रान्तिले माग गरेअनुसार, अहिलेको समाजलाई क्रान्तिकारी रूपान्तरण गर्नका लागि देश र जनताले माग गरेअनुसार, देशको परिस्थितिले माग गरेअनुसार हाम्रो बुझाइलाई माथि उठाउनका लागि हो ।
स्कुलिङको तात्पर्य के हो ? हामीले हाम्रा भनाइहरूको सुरुआत यहाँबाट गर्नुपर्छ । हामीले कमरेडहरूलाई केही पनि नजात्रे भनेर यहाँ यो प्रशिक्षण कार्यक्रममा जम्मा गरेका होइनौँ । तपाईंंहरू जुन ब्युरो समितिबाट यहाँ आउनुभएको छ, जुन जिल्ला समितिहरूबाट वा जुन एरिया समितिहरूबाट यहाँ आउनुभएको छ, निश्चित रूपमा तपाईंहरू सबै नेताहरू हुनुहुन्छ । तपाईंहरू सबै आआफ्नो स्थानमा प्रशिक्षक पनि हो । तपाईंहरूले हमेसा नेपालमा क्रान्ति आवश्यक भएको, नेपालको जनवादी क्रा’न्ति, जसलाई हामीले वैज्ञानिक समाजवादी क्रा’न्ति भनेका छौँ, त्यसको पथप्रदर्शक सिद्धान्त भनेको माक्र्सवाद–लेनिनवाद–माओवाद मानेका छौँ, त्यसलाई ग्रहण, प्रयोग र विकास गर्नुपर्ने तथ्यको प्रशिक्षण गर्दै आउनुभएको छ र त्यो क्रान्तिका लागि सामान्य कार्यदिशा एकीकृत जनक्रा’न्ति भएको विषयमा नेपाली जनतालाई प्रशिक्षित गर्दै आउनुभएको छ । त्यसैका आधारमा नेपाली जनतालाई, नेपालको सर्वहारा वर्गको पार्टीको वरिवरि सङ्गठित गर्दै र पुरानो प्रतिक्रियावादी सत्तालाई बदल्नका लागि सङ्घर्ष चलाउँदै पनि आउनुभएको छ । यति हुनु भनेको अहिलेको सापेक्षतामा कुशल प्रशिक्षक हुनु पनि हो । तपाईंहरू आफैँ कुशल प्रशिक्षक पनि हो । फेरि पनि, हामीले सिनियर कमरेडहरूको टिमलाई यहाँ उपस्थित गरेका छौँ र पार्टीको पहलकदमीमा स्कुलिङ विभागले आयोजना गरी यो स्कुलिङ कार्यक्रम सञ्चालन भइरहेको छ ।
हामीले स्कुलिङ चलाउनुको तात्पर्य मैले अघि नै भनिसकेँ, तपाईंहरू केही पनि नजात्रे भएको कारण होइन, हामीले विगतको ‘स्कुल अफ थट’ बदल्न जरुरी छ । त्यसकारणले यो आवश्यक परेको हो । हामीसँग अहिले नयाँ पार्टी छ : नेपाल कम्युनिस्ट पार्टी । हामीसँग अहिले नयाँ कार्यदिशा छ : एकीकृत जनक्रा’न्तिको कार्यदिशा । हामीसँग अहिले नयाँ नेतृत्व छ : कमरेड विप्लवको नेतृत्वमा गोलबन्द भएको क्रान्तिकारी, जुझारु टिम । यसको ‘स्कुल अफ थट’ नयाँ बनेको छ । यसलाई हामीले विप्लव ‘स्कुल अफ थट’ अथवा एकीकृत जनक्रा’न्तिको ‘स्कुल अफ थट’ भन्दा सही होला, त्यस विषयमा राम्रो जनकारी गराउनुपर्छ । यही ‘स्कुल अफ थट’ लाई व्यवस्थित तरिकाले देशमा लैजानका लागि हामीले यो स्कुलिङ कार्यक्रम गरिरहेका छौँ र देशभर नै हामीले यसलाई चलाउनु आवश्यक भएको छ ।
नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा विभित्र ‘स्कुल अफ थट’ देखापरेका छन् । नेपालमा धेरै पहिले कम्युनिस्ट ‘स्कुल अफ थट’ प्रवेश गरेको थियो । त्यसपछि यसमा विभित्र समय, समाज र वर्गसङ्घर्षको गतिअनुसार विभित्र रुझान देखापर्ने भयो । लेनिन र स्टालिनहरूको नेतृत्वमा रुसमा १९१७ भएको समाजवादी क्रान्तिले संसारभरि समाजवादको प्रचार ग¥यो । यो क्रान्तिले विश्वभर नै एक प्रकारले नयाँ प्रकारको कम्युनिस्ट ‘स्कुल अफ थट’ पैदा ग¥यो । नेपालमा पनि त्यसको प्रभाव नपर्ने कुरा थिएन । महाकवि लक्ष्मीप्रसाद देवकोटाले एक ठाउँमा भत्रुभएको थियो, ‘म लेनिनजस्तो रौँचिरा बहस गर्ने मान्छे होइन ।’ यसको तात्पर्य के हो ? लक्ष्मीप्रसाद देवकोटामा समाजवादको गहिरो प्रभाव थियो तर उहाँमा त्यतिबेलाको नेपाली समाजको राजनीतिक अवस्था, जनताको चेतना र उत्पादन सम्बन्धको कारण हुनसक्छ । लेनिनको जस्तो रौँचिरा अध्ययन गर्ने नेतृत्वदायी सामथ्र्य थिएन । ‘जयतु संस्कृतम्’ अहिलेको चेतनाबाट हेर्दा धार्मिक नाराजस्तो देखिन्छ तर त्यतिबेलाको समाजको अवस्था हे¥यो भने त्यो नारा पनि कम्युनिस्ट ‘स्कुल अफ थट’ बाट प्रभावित थियो । त्यसले चरम रूपमा केन्द्रीकृत राणाहरूको सत्ताको भण्डाफोर गरेको थियो र न्यूनतम् जनतन्त्र वा लोकतन्त्रको माग गरेको थियो ।
यही कम्युनिस्ट ‘स्कुल अफ थट’ देशमा रहेको कारण कमरेड पुष्पलालको नेतृत्वमा कम्युनिस्ट पार्टी गठन भयो । कम्युनिस्ट पार्टीको गठन गर्नु र त्यसले जनवादी सत्ता स्थापना गर्नकालागि सङ्घर्ष तय गर्नु पनि ‘स्कुल अफ थट’ ले नै काम गरेको हो । कम्युनिस्ट पार्टीको गठन भैसकेपछि नेपालको कम्युनिस्ट आन्दोलनमा विभित्र प्रकारका ‘स्कुल अफ थट’ देखापरे । पुष्पलालको ‘स्कुल अफ थट’, तुलसीलालको ‘स्कुल अफ थट’, केशरजङ्ग रायमाझीको ‘स्कुल अफ थट’ नेपाली कम्युनिस्ट आन्दोलनको पहिलो पुस्ताको ‘स्कुल अफ थट’ भए । मनमोहनहरू केशरजङ्ग रायमाझीको ‘स्कुल अफ थट’ बाट प्रभावित थिए । यो ‘स्कुल अफ थट’ लाई दोस्रो पुस्ताको ‘स्कुल अफ थट’ ले विस्थापन ग¥यो । त्यसमा मोहनविक्रमको ‘स्कुल अफ थट’, निर्मल लामाको ‘स्कुल अफ थट’ र झापा विद्रोहीहरूको ‘स्कुल अफ थट’ प्रमुख रहे । झापा वि’द्रोहको क्रा’न्तिकारी धार भारतीय कम्युनिस्ट आन्दोलनका क्रान्तिकारी नेता कमरेड चारु मजुमदारको ‘स्कुल अफ थट’ प्रभावित थियो । यो आफ्नै प्रकारको सोचविचार नभएर अर्काको अन्धानुकरण भएको कारण झापा वि’द्रोह सही भए पनि यो ‘स्कुल अफ थट’ पानीको फोकाजस्तै बिलाउन पुग्यो । त्यतिबेलाका नेताहरू बिस्तारै पञ्चायतमा प्रवेश गरे । पछि संसद्वादी बने र अहिले त्यो महान् झन्डा उठाएको इतिहासप्रति पश्चाताप गरिरहेका छन् । अहिले उनीहरू कुनै न कुनै तरिकाले आपसमा आफूलाई साम्राज्यवादको अब्बल दर्जाको चाकरका रूपमा देखाउन निर्लज्ज तरिकाले प्रतिस्पर्धा गर्दै आएका छन् र साम्राज्यवादको आशीर्वाद प्राप्त गरेकोमा गर्व गर्छन् । झापा वि’द्रोहका नेताहरू अन्ततः रायमाझी ‘स्कुल अफ थट’ मा विसर्जित भए । तर आफ्नै स्वत्वसहितको ‘स्कुल अफ थट’ निर्मल लामा र मोहनविक्रममा विकास भएको कारण त्यसले अहिले पनि समाजमा कुनै न कुनै प्रकारले प्रभाव पारी नै रहेको छ ।
कम्युनिस्ट आन्दोलनको दोस्रो पिँढीको ‘स्कुल अफ थट’ लाई तेस्रो पिँढीको ‘स्कुल अफ थट’ ले विस्थापित ग¥यो किनकि दोस्रो पिँढीको ‘स्कुल अफ थट’ ले क्रा’न्तिकारी आ’न्दोलनको गुणात्मक विकास गर्न सकेन । तेस्रो पिँढीमा पनि विभित्र रुझानहरू देखापरे । नारायणमान बिजुक्छेको ‘स्कुल अफ थट’ एक प्रकारको रह्यो । रूपलाल विश्वकर्माको अर्को प्रकारको रह्यो । उनीहरूको सोचविचारअनुसार नेपालका प्रभावकारी सङ्घर्षहरू भए तर उनीहरूका सोचाइहरू सही र वैज्ञानिक प्रकारका रहेनन् । नेपाली समाजमा प्रचुर प्रभाव पारेको तेस्रो पिँढीको ‘स्कुल अफ थट’ भनेको प्रचण्डको हो । त्यसमा बाबुराम पनि जोडिन्छन् र यसलाई प्रचण्ड–बाबुराम ‘स्कुल अफ थट’ भन्दा सटिक हुन्छ । यो ‘स्कुल अफ थट’ ले नेपालमा एउटा सशक्त प्रभाव छाडेको छ । दुनियाँमा कतिसम्म यसले प्रभाव छाड्यो भने नेपाल भ्रमण गर्ने एकजना चिनियाँले हामीसँग भनेका थिए, ‘नेपालमा दुईजना मानिसहरू विश्वव्यापी रूपमा चर्चित छन् । त्यसमा, एकजना प्रचण्ड हुन् ।’ मलाई कौतुहल जाग्यो । दोस्रो मानिस को होला ? भत्रे । मनमनमा बाबुराम वा मनमोहन होला भत्रे सोच्दै मैले सोधी पनि हालेँ, ‘दोस्रो मानिस को हो त ?’ भनेर । उसले भन्यो ‘गौतम बुद्ध ।’ मेरो भनाइको तात्पर्य के हो भने प्रचण्ड ‘स्कुल अफ थट’ चानचुने थिएन । यो निकै प्रभावकारी थियो । सशक्त प्रकारको थियो । इतिहासको नियम नै भत्रुपर्छ ‘बूढो पात झर्ने र नयाँ पात पलाउने’ । प्रचण्ड–बाबुरामहरूको ‘स्कुल अफ थट’ पनि अन्ततः मनमोहनको बाटोमा विसर्जित भयो । एमालेमा विलीन हुन पुग्यो । फेरि पनि त्यसले समाजमा काम गरिरहेको छ । नेपालको कम्युनिस्ट आन्दोलनमा त्यसले प्रभाव पारिरहेको छ । त्यसले कम्युनिस्ट जीवनमा, कमरेडहरूको सोचविचारमा नकारात्मक प्रभावहरू छाडिरहेको छ । त्यसकारण हामीलाई स्कुलिङ चाहिएको छ र त्यो स्कुलिङ भनेको प्रचण्ड–बाबुराम ‘स्कुल अफ थट’ को विस्थापन र एकीकृत जनक्रान्तिको ‘स्कुल अफ थट’ वा विप्लव ‘स्कुल अफ थट’ को स्थापनाका लागि हो ।
के हामीले कम्युनिस्ट आ’न्दोलनमा प्रचण्ड–बाबुराम ‘स्कुल अफ थट’ ले कसरी काम गरेको भत्रे थाहा पाउन सक्छौँ ? वा कसरी थाहा पाउँछौँ ? के तपाईंहरूले यसका बारेमा केही सोच्नुभएको छ ? म तपाईंहरूलाई एउटा सामान्य प्रश्न सोध्छु– तपाईंहरूले यो स्कुलिङ कार्यक्रममा आउँदा माक्र्स, एङ्गेल्स, लेनिन, स्टालिन, माओ, चारु, एभाकियन, अजित, गोन्जालो वा कुनै समकालीन कम्युनिस्टहरूका विचारहरू भएको समाजवादबारे बहस गरेको कुनै पुस्तक झोलामा हालेर ल्याउनुभएको छ ? मैलै दस सेकेन्ड रोकेर हेर्दा पनि कसैको सकारात्मक आवाज सुनिएन र कसैको हात पनि उठेन । यही हो प्रचण्ड ‘स्कुल अफ थट’ को प्रभाव भनेको । किनभने प्रचण्ड–बाबुराम ‘स्कुल अफ थट’ ले पछिल्लो चरणमा कार्यकर्ताहरूलाई चन्दा सङ्कलन गर्ने, रुपैयाँ पैसा जम्मा गर्ने, पद र प्रतिष्ठाका लागि झगडा गर्ने, बार्गेनिङ गर्ने, सिद्धान्त र नीतिबारे पूरै बेवास्ता गर्ने बनायो । सिद्धान्तले खान दिन्छ ? खानका लागि रुपैयाँ चाहिन्छ भत्रे बनायो ? जनता–सन्ता के मतलब, पहिले आफ्नो दुनो सोझो हुनुपर्छ भत्रे बनायो । हुन पनि किन नहोस्, त्यहाँ क्रा’न्तिको मुद्दा समाप्त भयो । देशको परिवर्तन, सामाजको आमूल रूपान्तरण समाप्त भयो । उनीहरू अहिले जनतालाई झुक्याउनका लागि विकास र निर्माणको रित्तो बाजा बजाउँदै हिँडेका छन् । नगराले बाजा, (ठाडो ढोलजस्तो देखिने पन्चे बाजा, अहिले लोप भैसकेको छ), हान्दा आवाज आउँछ, चर्को आवाज आउँछ तर भित्र केही हुँदैन, त्यस्तै प्रचण्ड–बाबुरामहरू, केपीहरूको मुखमा जनताको आवश्यकताको नगराले हान्दा आवाज आउँछ, विकास र निर्माणको तर भित्र पूरै खाली छ, ढोलको पेटजस्तै खाली छ । अझ उनीहरू त्यसलाई सैद्धान्तिकीकरण गर्न खोज्छन् । अहिले उनीहरू त्यही खाली आवाज लिएर हिँडिरहेका छन् । अनि त्यहाँ भएका कार्यकर्ताहरूले के गर्ने ? आर्थिक विकास त गर्ने तर देशका लागि आर्थिक विकास हुन देश स्वाधीन हुनुप¥यो, प्राकृतिक स्रोतहरू राज्यको हातमा हुनुप¥यो, राष्ट्रिय पुँजीको विकास गर्न राज्यले राष्ट्रिय पुँजीपतिहरूको संरक्षण गर्नुप¥यो, देशका सम्पूर्ण जनतालाई उत्पादनमा सहभागी बनाउनुप¥यो, बजेटको योजनाबद्ध खर्च र देखिने क्षेत्रमा लगानी हुनुप¥यो । त्यो कुनै पनि सम्भव हुने भएन । त्यसो भएपछि आर्थिक उत्रति केमा जाने भयो ? आफ्नो व्यक्तिगत आर्थिक उत्रतिमा जाने भयो । त्यो कसरी हुन्छ ? त्यो भ्रष्टाचारबाट, तस्करीबाट, चोरीडकैतीबाट, मान्छेको बेचबिखनबाट हुने भयो । तपाईंहरूले सुत्रुभएको छ नि, जति श्रममन्त्री हुन्छन् उनीहरूले युवकयुवती बिक्री गर्न करोडाँैको कमिसन खाने गर्छन् । त्यसो भएपछि यो त के भयो ? हिजो काङ्ग्रेस, एमालेहरूले जे गरेका थिए त्यही भयो । त्योभन्दा केही फरक भएन । यो ‘स्कुल अफ थट’ ले उनीहरू त रसातलमा डुबे तर हाम्रो पार्टीलाई पनि छाडेन ।
म भन्दै थिएँ, तपाईंको झोलामा कुनै किताब छ जसले दर्शनशास्त्रका बारेमा, राजनीतिक अर्थशास्त्रका बारेमा, वैज्ञानिक समाजवादका बारेमा वा अहिलेको प्रतिगामी राज्य व्यवस्थाका बारेमा नै लेखिएको किन नहोस् । छैन । किनकि प्रचण्ड–बाबुरामको ‘स्कुल अफ थट’ ले हामीलाई पनि के बनायो भने पढ्ने कामजति नेताहरूको नै हो । हाम्रो काम त पैसा उठाउने, पार्टीलाई दिने हो किनकि हामीलाई पार्टी चलाउन, कार्यकर्ताका समस्या समाधान गर्न र क्रा’न्ति गर्न पैसा चहिन्छ, रुपैयाँ चाहिन्छ भत्रे बुझिएको छ । यो सही पनि हो । गर्नु पनि परेको छ । तर मैले भनेको के हो भने यहाँ ‘स्कुल अफ थट’ को कुरा छ । यहाँ समाज बनाउन मैले पनि सोच्नुपर्छ भत्रे छैन । सबै नेताहरूले गर्छन् भत्रे छ । यो ‘स्कुल अफ थट’ भनेको प्रचण्ड–बाबुरामहरूको हो ।
हामीले प्रचण्ड–बाबुरामहरूको ‘स्कुल अफ थट’ लाई खारेज गर्नुपरेको छ । त्यसलाई क्रा’न्तिकारी ‘स्कुल अफ थट’ ले विस्थापित गर्नुपरेको छ । त्यसलाई एकीकृत जनक्रान्तिको ‘स्कुल अफ थट’ ले विस्थापित गर्नुपरेको छ । कमरेडहरू, त्यसका लागि यो स्कुलिङको आवश्यकता प¥यो । किन आवश्यक छ पुरानो ‘स्कुल अफ थट’ को परिवर्तन ? हरेक नयाँ समाजलाई आफ्नो आवश्यकताअनुसारको ‘स्कुल अफ थट’ चाहिन्छ र विकास गर्नुपर्छ । प्रचण्ड–बाबुरामहरू एमालेहरूजस्तै रायमाझीको ‘स्कुल अफ थट’ मा किन पुगे ? किनकि सामाजको पश्चगमनका लागि उनीहरूलाई त्यही चाहिएको छ । क्रा’न्तिको विसर्जन र क्रा’न्तिकारी पार्टीको अवसानका लागि उनीहरूलाई त्यही चाहिएको छ । हामीलाई नयाँ चाहिएको छ । समाजको परिवर्तन गर्ने देशमा स्वाधीन, समृद्धि र सभ्य समाज निर्माण गर्ने वातावरण चाहिएको छ ।
हरेक आवश्यकताले आफ्नोअनुसारको स्कुलिङको माग गर्छ । यो सन्दर्भमा मलाई एउटा घटनाको सम्झना हुन्छ । जतिबेला प्रचण्ड अध्यक्ष हुँदा म स्कुलिङ विभागको इन्चार्ज थिएँ र कृष्णदास श्रेष्ठ यही विभागका अध्यक्ष हुनुहुन्थ्यो । अहिलेका उपराष्ट्रपति त्यतिबलेका जनमुक्ति सेनाका सैन्य कमान्डर पासाङले ब्यारेकमा भएको सेनालाई स्कुलिङ गर्ने भनेर सातवटै डिभिजनमा सेड्युल तयार गरे । सातौँ डिभिजनको स्कुलिङ कृष्णदास र म भएर सञ्चालन ग¥यौँ । त्यहाँको विषय मुख्य रूपमा प्रतिक्रान्तिलाई कसरी रोक्ने, जनमुक्ति सेनाको दायित्व के हुने भत्रे नै थियो । स्कुलिङ विभागले एउटा बुलेटिन पनि निकाल्यो । प्रचण्डले त्यो प्रशिक्षणको रिपोर्ट पाउने नै भए । तर प्रचण्डलाई त्यो मन परेको रहेनछ । काठमाडौँ पुगेपछि प्रचण्डले भने, ‘देशको परिस्थिति र समाज एकातिर हुने, स्कुलिङ अर्कोतिर हुने भयो भने मेल खाँदैन ।’ पछि सबै कार्यक्रमहरू रद्द गरिए । यो पहिलो संविधानसभाको चुनाब हुनुभन्दा पहिलेको कुरा थियो । यसले के पुष्टि गर्छ ? प्रचण्डका लागि जनमुक्ति सेनालाई विसर्जन गर्ने स्कुलिङ आवश्यक थियो । हाम्रा लागि प्रतिक्रा’न्ति रोक्ने । टक्कर परिहाल्यो । अथवा हरेकलाई आफ्नो अनुसारको स्कुलिङ चाहिन्छ ।
अब एकीकृत जनक्रा’न्तिको ‘स्कुल अफ थट’ के हो त ? त्यसकाबारे बिस्तृत रूपमा, सम्भव भएसम्मको विस्तृत रूपमा भनौँ, प्रशिक्षक कमरेडहरूले राख्नु हुनेछ । तपाईंहरूलाई प्रशिक्षित गर्नुहुनेछ तर यो प्रशिक्षण कार्यक्रमको उद्घाटन मन्तव्यका क्रममा केही भत्र चाहन्छु । यो प्रशिक्षणको उद्देश्य हामीले हाम्रा सोचाइहरूलाई बदल्ने बनाउनु हो । हामीसँग क्रान्तिकारी सोच छ, विचार छ, लगनशीलता छ, बिश्वदृष्टिकोण पनि छ, तर त्यहा केही न केही अपुग छ । अपुग भएकै त कारण नेपालको क्रा’न्ति सम्पत्र हुन सकेन । फेरि पनि उही कुरा आउँछ, के प्रचण्ड र बाबुरामहरूले माक्र्सवाद नबुझेको कारण या नजानेको कारण आन्दोलन पराजित भएको हो ? सम्भवतः नेपालको कम्युनिस्ट आन्दोलनमा धेरै किताबहरू पढ्ने, लेख्ने, विकासका बारेमा धेरै सोच्ने मानिसहरू पनि प्रचण्ड–बाबुरामहरू नै होलान् । म त भन्छु , सम्भवतः उनीहरूको घोडा चढेर साम्राज्यवादले हट्–हट् गर्दा काङ्ग्रेस–एमालेका नेताहरू खुसी हँुदाहुन्, तर आफ्नो लक्ष्य र उद्देश्य बाटोमै बिलाउँदा दुःखी भएर दिनमा एकपटक आफ्नो हविगतप्रति पश्चाताप गर्ने पनि प्रचण्ड–बाबुरामहरू नै होलान् । उनीहरू के गर्दै होलान् ? यो विगतको इतिहासलाई हेरेर अहिले अनुमान गर्ने कुरा भयो । सुत्रुभयो ? प्रचण्डले एउटा अन्तरवार्तामै भने, ‘विप्लवहरूले क्रान्ति गरे भने त्यसलाई म पनि पछ्याउनेछु’ । यसबाट स्पष्ट हुन्छ– त्यहाँ गहिरो पीडा छ । भीषण बाध्यता छन् । तर के गर्ने ? ‘स्कुल अफ थट’ त खराब भयो नि । हामीले प्रचण्ड–बाबुरामको ‘स्कुल अफ थट’ बदल्नुप¥यो ।
त्यो ‘स्कुल अफ थट’ बदलेर हामीले एकीकृत जनक्रा’न्तिको ‘स्कुल अफ थट’ स्थापित गर्नुप¥यो । यो दर्शनलाई जनतामा लैजानुप¥यो । माओले भत्रुभएको थियो, ‘दर्शनलाई पुस्तकालयबाट झिकेर जनताको हातमा पु¥याऊ ।’ आज हामीले त्यही गर्नुपर्ने भएको छ । हाम्रो दर्शनलाई, हाम्रो राजनीतिलाई, हाम्रो अर्थशास्त्रलाई, जो अहिलेको माक्र्सवादी–लेनिनवादी–माओवादी हो, जो प्रचण्ड ‘स्कुल अफ थट’ बाट सम्बन्धविच्छेद गरेको हो, जसले नेपालको क्रा’न्ति सम्पत्र गर्ने, देशलाई स्वाधीन, स्वतन्त्र, समृद्ध र नितान्त नयाँ, उत्रत र विकसित सभ्य समाजमा रूपान्तरण गर्नेछ त्यसमा लैजानुप¥यो । त्यसका लागि यो प्रशिक्षण आवश्यक प¥यो ।
हामीले देख्यौँ समाजवादी समाजको अभ्यास गरेका जनताले सही र खराबको बीचको विभेद किन छुट्ट्याउन सकेनन् ? सन् १९१७ देखि ५३ सम्म करिब ४४ बर्ष समाजवादको अभ्यास गरेका रुसी जनताले स्टालिन र ख्रुस्चेभका बीच किन फरक देख्न सकेनन् ? चीनमा १९४९ देखि ७६ सम्म करिब २६ वर्षसम्म समाजवादमा रहेका चिनियाँ जनताले समाजवाद र पुँजीवादका बीचको विभेद किन छुट्ट्याउन सकेनन् ? क्रान्तिकारी आन्दोलनको विकासले विजयको नजिक पुगेको समयमा प्रचण्ड–बाबुरामहरूले किन साम्राज्यवाद, विस्तारवादका अगाडि घुँडा टेक्न पुगे ? आन्दोलनको समयमा केही पनि नभएको जनताले सत्ताको नजिक पुगेर किन पराजित हुन्छ ? किन कम्युनिस्ट पार्टीले शून्यबाट सुरु गरेर सत्ता प्राप्त गर्छ र सत्ता प्राप्त गरिसकेपछि पराजित हुन्छ ? माओले भत्रुभएको थियो, ‘कोदोको ढिँडोबाट बनेको गोली अमेरिकी आणविक बमभन्दा शक्तिशाली हुन्छ ।’ चीनमा माओले भनेजस्तै नेपालमा भँैसीको मासुबाट बनेको सस्तो मःमःका डल्लाबाट बनेको तागतले प्रतिक्रियावादी सत्ताका गगनभेदी तोपगोलाहरू नष्ट गरेको थियो । तर त्यो आ’न्दोलन, त्यो यु’द्ध, जनताको त्यो तागत जब सत्ताको नजिक पुग्ने अवस्था आयो त्यही बेला किन बच्चाहरूले खेलाउने बुलबुलको फोकाजस्तो फिस्स फुट्ने भयो ? यी र यस्ता अहम् प्रश्नहरू छन् । यसको जबाफ हामीले खोज्नु छ ।
यी विषयहरूमा एकीकृत जनक्रा’न्तिको कार्यदिशाले महत्वपूर्ण सम्बोधन गरेको छ । यो नै नेपालमा जनवादी अथवा वैज्ञानिक समाजवादी क्रान्ति पूरा गर्ने र प्रतिक्रान्ति रोक्नका लागि पर्याप्त छ र यसले मात्रै साम्यवादमा पु¥याउँछ भनेको होइन । तर न्यूनतम् रूपमा हामीले द्वन्द्वात्मक भौतिकवादी दर्शन, माक्र्सवादी अर्थशास्त्र र वैज्ञानिक समाजवादका क्षेत्रमा केही त गरेका छौँ । त्यसले नेपालमा क्रा’न्ति सम्पत्र गर्ने, नेपाली जनतालाई गोलबन्द गर्ने र महान् उद्देश्यका लागि आमरूपमा मानिसलाई एकताबद्ध गर्ने काम त निश्चित रूपले गर्छ । यो तथ्य त स्थापित भैसक्यो नि त । हामीले भन्यौँ, वितपरीतहरूको एकत्वलाई यान्त्रिक रूपमा प्रयोग गर्ने मोहनविक्रम ‘स्कुल अफ थट’ र मोहनविक्रमको प्रयोगभन्दा विपरीत देखिने गरी प्रयोग गर्ने प्रचण्ड–बाबुराम ‘स्कुल अफ थट’ सारमा एउटै हो । त्यसको विपरीत यसलाई वैज्ञानिक तरिकाले वस्तुको व्युत्पत्ति, त्यसको गति र विनासको सम्पूर्णतामा बुझ्नुपर्छ भत्रे हाम्रो खोज अलि नयाँ होइन त ? यो द्व’न्द्वात्मक भौतिकवादी दर्शनको कुरा भयो । माक्र्सवादी अर्थशास्त्रमा हामीले भन्यौँ, ‘समाजवादमा जनता र नेताहरूको आर्थिक नियम फरक हुनुपर्छ । यसमा जनताको अर्थतन्त्र समाजवादी र नेताको अर्थतन्त्र साम्यवादी नियमअनुसार हुनुपर्छ किनभने माओले भनेजस्तै हरेक समाजमा दुई प्रकारका मानिस हुन्छन् ः एउटा अग्रगामी हुन्छ र अर्को पश्चगामी हुन्छ । उसको सोचाइ, विचार, व्यवहार सबै त्यसको चरित्रले निर्धारण गर्छ । पश्चगामीमाथि अग्रगामीको प्रभुत्व हुनुपर्छ । अब समाजवादमा सबै जनता साम्यवादका लागि तयार भैसकेको हँुदैन र विश्वको कुनै कुनामा पुँजीवाद रहुन्जेलसम्म त्यो सम्भव पनि हुँदैन । अथवा विश्वमा पुँजीवादी एउटा मात्र देश रहँदासम्म साम्यवादको घोषणा भयो भने त्यो असफल हुने अवस्था आउन सक्छ । त्यो परिस्थितिले समाजवादी कालमा नेता हुने मानिसहरू निश्चित रूपमा अग्रगामी सोचाइ र चेतना भएकै हुन्छन् । जब जनता समाजवादमा हुन्छ त्यतिबेला नेताहरू साम्यवादी नीतिमा हुनुपर्छ । जब जनता समाजवादी अर्थव्यवस्था, ‘क्षमताअनुसारको काम र कामअनुसारको दाम’ भत्रे नीतिमा हुन्छन् नेताहरू ‘क्षमताअनुसारको काम र आवश्यकताअनुसारको दाम’ को नीतिमा हुनुपर्छ । के यो समाजवादी अर्थशास्त्र अथवा माक्र्सवादी अर्थशास्त्रमा हाम्रो पार्टीले नयाँ गरेको होइन ? यो अर्थनीति अहिले नेपालमा वा भारतमा प्रयोग गर्ने हो भने यहाँका ९० प्रतिशत समस्या, एक प्रकारले, स्वतः समाधान हुन्छन् । भारतमा नोटबन्दी गर्नु पर्दैन । नेपालका कुनै पनि हाकिम र कर्मचारीहरूले भ्रष्टाचारको मुद्दा खेप्ने र बदनाम हुनु पर्दैन । एमालेका भ्रष्टहरूले जस्तै कुनै पनि नेताहरूले प्लास्टिकको थैलोमा रुपैयाँ बेरेर घरको छतमा भएको पानी ट्याङ्कीभित्र लुकाउनु पर्दैन । जनताले क्षमताअनुसारको काम पाउने र कामअनुसारको व्यक्तिगत कमाइ गर्न पाउने तर नेताहरूले क्षमताअनुसारको काम गर्नुपर्ने तर व्यक्तिगत सम्पत्ति राख्न नपाउने नीति, नियम, कानुन संविधान भयो भने जनताले राम्रो नेता र नराम्रो नेताबारे छुट्ट्याउन गाह्रो हुन्छ ? हुँदैन । देश चलाउने नेताहरू भनेको पार्टीका नेताको मात्र कुरा होइन, राज्यका तीन अङ्गहरू, कार्यपालिका, व्यवस्थापिका, न्यायपालिकासँग सम्बन्धित नीतिनिर्माताहरू देशका नेताहरू हुन् जसमा कार्यपालिकामा सचिवभन्दा माथिका कर्मचारीहरू, संस्थानका हाकिमहरू, बैङ्क तथा प्रतिष्ठानका प्रमुखहरू, सेना, प्रहरीका वरिष्ठ अधिकृतभन्दा माथिका पदाधिकारीहरू, व्यवस्थापिकामा काङ्ग्रेस प्रतिनिधि (जसलाई अहिले सभासद्/सांसद भनिन्छ) मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति आदि, न्यायपलिकामा सर्वोच्च अदालतदेखि प्रादेशिक अदालतका न्यायमूर्तिहरू सबै नीतिनिर्माताहरू पर्छन् । मानिलिऊँ, उनीहरूले देशको नीति निर्माण गर्ने, देशको उत्रति गर्ने विश्वलाई कसरी सभ्य समाजमा बदल्न सकिन्छ भनेर खोजअनुसन्धान गर्ने तर व्यक्तिगत सम्पत्तिको पछि लाग्न नपाउने हो भने देशको स्थिति के हुन्छ ? के यो हामीले नयाँ गरेको होइन ? त्यस्तै वैज्ञानिक समाजवादका बारेमा हामीले भन्यौँ, ‘दुनियाँलाई बुझ्ने र बदल्ने कुरा मात्र प्रमुख होइन, बदलेकोलाई रक्षा गर्नु पनि प्रमुख हो ।’ माक्र्सले भत्रुभएको थियो, ‘दुनियाँलाई बुझ्ने काम त बुर्जुवाहरूले पनि गरेका छन् । तर बदल्नु प्रमुख हो ।’ हामीले देख्यौँ, ‘दुनियाँ रुसमा बदलियो, चीनमा बदलियो तर रक्षा भएन । अब नारा दिनुपर्ने भयो, दुनियाँ बुझ्ने र बदल्ने काम भयो तर बदलेर मात्र भएन, त्यसको रक्षा पनि गर्नुप¥यो । के यो कुरा नयाँ होइन ?
कमरेडहरू, हामीले धेरै नयाँ कुरा गरेका छौँ । यी त सामान्य हाम्रा सोचाइहरूलाई नयाँ दिशामा सोझ्याएका कुराहरू मात्र भए । हाम्रो एकीकृत जनक्रान्तिको ‘स्कुल अफ थट’ का रूपमा यसलाई विकास गर्न अझै हामीले धेरै मेहनत गर्नुपर्छ । त्यसैले त हामीलाई यो प्रशिक्षण चाहियो, स्कुलिङ चाहियो ।
हामीलाई के विश्वास छ भने यो स्कुलिङ हाम्रा उद्देश्य पूरा गर्न अथवा त्यो दिशामा कमरेडहरूलाई उन्मुख गर्न सफल हुनेछ र पार्टीलाई नयाँ गति दिनेछ ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


