विप्लव नेतृत्व नेकपाका १३ नेताकार्यकर्ता पक्राउ
श्रावण २९,
प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्व नेकपाका नेता–कार्यकर्तालाई धमाधम पक्राउ गर्न थालेको छ।
प्रदेश प्रहरी कार्यालयले जनाए अनुसार केही दिनयता रुकुम पश्चिमबाट चार, जुम्लाबाट तीन, सुर्खेत, सल्यानबाट दुई–दुई, दैलेख र डोल्पाबाट एक–एक गरी १३ जनालाई पक्राउ गरिएको हो।
प्रहरीले सुर्खेतको भेरीगङ्गा नगरपालिका–९ जहरेबाट कर्णबहादुर बिसी र सहवीर महरलाई पक्राउ गरेको छ। दुवै जना सोही नेकपाका जिल्ला कमिटी सदस्य रहेको बताइएको छ।
प्रदेश प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले उनीहरुको साथबाट विभिन्न दस्तावेज, निर्माण व्यवसायीलाई आर्थिक सहयोगको लागि लेखिएका पत्र तथा रकम असुल गरेका अर्धकट्टी समेत बरामद गरिएको बताईएको छ।
रुकुम पश्चिमका जिल्ला सेक्रेटरी हीरामणि रावल सहित विप्लव नेकपाका चार जना कार्यकर्तालाई आठबीसकोट नगरपालिकाको राडी बजारबाट पक्राउ गरिएको छ। रावल सहित विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष प्रेम प्रशान्त बोहरा, जिल्ला सदस्य घमण्ड महर र कार्यकर्ता तुलबहादुर घर्ती पक्राउ परेका हुन्।
त्यस्तै, दैलेखको आठबीस नगरपालिका–६ का उदय विक, मुगुको सोरु गाउँपालिका–६ निवासी जिल्ला सेक्रेटरी रामबहादुर भाम ‘उदय’, जुम्लाको हिमा गाउँपालिका–७ निवासी जिल्ला सदस्य नन्द तिवारी र सोही गाउँ पालिकाकी सपना बुढा पक्राउ परेका छन् । जुम्लाको गोठीचौर गाउँपालिका–१ का सूर्य महतारा, सल्यान बागचौर नगरपालिका–४ का मोहन केसी र सोही नगरपालिका–२ का सेजन चन्द पक्राउ गरिएको प्रदेश प्रहरीले जनाएको छ।
पक्राउ परेका मध्ये सल्यानबाट एक जनालाई छाडिएको छ भने दैलेखका एक, सल्यानका एक, रुकुम पश्चिमका चार र डोल्पाका एक जनालाई मुद्दा दर्ता गरिएको छ। प्रदेश प्रहरी प्रवक्ता बास्तोलाले उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य सुविधा र अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता गरिएको बताईएको छ।
कुसेन्यूज bat
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


