विकासनै भएन भन्ने मानसिकता तोड्न आग्रह सङ्घीयता कार्यान्वयनमा सबैको भूमिका महत्त्वपूर्ण रहन्छ ः मन्त्री कार्की
विराटनगर, २७ पौष । प्रदेश नं १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले सङ्घीयताको कार्यान्वयनमा सबैको भूमिका महत्त्वपूर्ण रहने बताउनुभएको छ । मंगलवार संवाद समूह प्रदेश १ ले आयोजना गरेको सङ्घीयताको चार वर्ष र नागरिकका अपेक्षा विषयक छलफलमा उहाँले सङ्घीयता कार्यान्वयनमा सबै उत्तिकै महत्त्वपूर्ण भूमिकामा रहने बताउनुभएको हो ।
‘सरकारले राम्रो काम गर्ने हो । प्रतिपक्षीले नराम्रो भयो भने देखाइदिने हो । उहाँले भन्नुभयो नागरिक सजक बन्नुपर्ने हो ।’ आफूहरू सङ्घीयता पछि सरकार र प्रतिपक्षी दुवैको भूमिकाको अनुभव बटुलेकाले अहिले सरकारमा आएकोले राम्रा काम गर्ने बताउनुभयो ।
व्यक्ति आफ्नै सर्वैसर्वा ठान्ने प्रवृत्ति समाजमा व्याप्त रहेको उहाँको भनाई छ । ‘नेता उस्तै, अनि ताली दिनेको कमी छैन । उहाँले भन्नुभयो, सबै सचेत भएर लाग्नुप¥यो ।’ संघियता आएपछि विकास नै भएन भन्ने मानसिकता भने तोड्न उहाँको आग्रह छ । आर्थिक तथा सामाजिक क्षेत्रमा भइरहेको प्रगतिलाई पनि सङ्घीयताको उपलब्धिका रूपमा लिन सकिने मन्त्री कार्कीको भनाई छ ।
अहिलेको सरकार एक वर्षसम्म निर्धक्क चल्ने बताउँदै उहाँले अस्थिरताले पनि काममा बाधक बनाएको बताउनुभएको छ । कानूनी अभाव र साना काममा पनि केन्द्रकै मुख ताक्नु पर्दा पनि समस्या हुने गरेको उहाँको भनाई छ ।

अहिले हिजोको भन्दा ठुलो प्रतिपक्षी रहेको उल्लेख गर्दै उहाँले प्रदेश नामकरणका सन्दर्भमा सहकार्य आवश्यक रहेको सङ्केत गर्नुभएको छ । हामीले थोरै व्यवस्थित गर्न सक्यौँ भने, नामकरण पनि गर्न सक्छौँ, उहाँले भन्नुभयो राजधानीको संरचनालाई पनि हामीले एकरूपता दिन सक्छौँ ।’
कार्यक्रममा सहभागी वक्ताहरूले संघियता आएपछि आफ्नो अधिकार स्थापित गर्नुपर्ने कुरामा जोड दिएका छन् । सङ्घीयता पछि वित्तीय तथा आर्थिक, प्रशासनिक क्षेत्रमा सुधार, पूर्वाधारको क्षेत्रमा लगानी बढिरहेको, सासकीय पद्धतिको स्वरुप बद्लिएको बताएका छन् ।
सहभागीहरूले प्रदेश संरचना आएपछि अधिक खर्चको भार बढिरहेको पनि बताएका छन् । कार्यक्रममा प्राध्यापक कृष्ण पोखरेल, पूर्व राज्य मन्त्री जसमाया गजमेर, विभिन्न पालिकाका प्रमुख उपप्रमुख, लगायत सरोकारवाला निकायका प्रतिनीधिले सहभागिता जनाएका थिए ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


