लेटाङ्गका दलितहरुले नगर प्रमुखलाई ज्ञापन पत्र बुझाए

डम्बर सिन्चिउरी
लेटाङ्ग
दलित अान्दोलन को ईतिहाँस लाई नै चुनौति दिँदै जातिय कलंक को रुपमा रहेको छुवाछुत जस्तो अमानविय व्यावहार को चरम पराकाष्ठ को उदाहरण बनेको रुकुम पश्चिम चौरजहारी नगरपालिका ८ नोतीमा गत ०७७ जेष्ठ १० गते भएको घटना को दोषीहरुलाई कडा भन्दा कडा कार्वाही को माग गर्दै मोरङ्ग लेटाङ्ग का दलितहरुले नगर प्रमुख शंकर राई लाई अाज एक ज्ञापन पत्र पेस गरेका छन् ।

नगर प्रमुख मार्फत प्रधानमन्त्री समक्ष पुग्ने अपेक्ष का साथ पेस गरिएको उक्त ज्ञापन पत्र स्थानिय २० जना दलित अगुवा को समुहले नगर प्रमुख कै कार्य कक्षमा पुगेर प्रमुख लाई पेश गरेको थियो भने अन्य ले बाहिरबाट कर्कल ध्वनि लगाएर साथ दिईरहेका थिए । दुई पेज लामो ज्ञापन पत्र स्थानिय दलित अगुवा एवं शिक्षक बिष्णु वि.क. ले पुर्ण वाचन पश्चात् नगर प्रमुखलाई हस्तान्त्रण गरेको समुहका अगुवा गोपाल नेपाली ले वताए ।
उक्त ज्ञापन पत्र दलित उत्थान समन्वय समित को व्वस्थापनमा प्रदान गरिएको थियो ।
ज्ञापन पत्र मा पश्चिम रुकुम को चौरजहारी मा कथित दलित युवा नवराज वि क सहित ४ जना युवाहरुको विभत्सहत्या गरिएको अत्यन्तै अमानविय घटनाले अाफुहरुको गम्भीर ध्यानाकर्षण भएको र घटनाले अाफुहरुलाई स्तब्ध समेत बनाएको उल्लेख गरिएको छ । यसै गरी कथित दलित समुदायका युवा र गैर दलित युवती विच विवाह हुन नदिन लाई गरिएको योजना बद्ध हमलाको लेटाङ्ग वासी सम्पुर्ण दलित अधिकार कर्मीहरु घोर निन्दा र भर्तसना गर्ने पनि उल्लेख गरिएको छ ।
यसै गरी ज्ञापन पत्रमा चौरजहारी ४ की सुष्मा मल्लले नै अनुरोध गरे पछि उनलाई लिन पुगेको २१ वर्षिय नवराज वि क र १८ जना उनका साथिलाई चौरजहारी ८ का वडाध्यक्ष को अगुवाईमा सिंगो गाउँ नै उल्टिएर उनिहरु माथि लखेटी लखेटी कुट्पिट् पछि हत्या गरिएको समेत उल्लेख गरिएकोछ । सो घटनामा १९ जना मध्ये ५ जना को सव भेरी नदिमा विभिन्न अवस्थामा फेला परेको छ भने सँगै वेपत्ता भएका मध्ये गोविन्द शाही भने अहिले सम्म वेपत्ता छन् । अन्य सबै सामन्य देखि सख्त घाईते भएका पत्रमा उल्लेख गरिएको छ । यसरी हत्या गरीएका चारै जना प्रति भाव पुर्ण श्रद्धान्जली अर्पण गर्दै वेपत्ता युवाहरुको खोजी र घाईते हरुको शिघ्राती शिघ्र उपचार को लागि नेपाल सरकार समक्ष हामी लेटाङ्ग नगरवासी दलितहरु जोडदार माग गर्दछौं समेत पत्रमा उल्लेख गरिएको छ ।
लकडाउन को पुर्ण पालना गर्दै नगर प्रमुखलाई पेश गरिएको ज्ञापन पत्रमा यस घटनालाई तोडमोड गर्ने ,ढाकछोप गर्ने,यो वा त्यो वहानाम दोषिलाई उन्मुक्ती दिने जस्ता काम सरकार बाट भएको पाईएमा लेटाङ्ग सहित देशभरका उत्पिडनमा परेका दलित समुदाय कडा भन्दा कडा आनदोलनमा उत्रने समेत जानकारी गराउन चाहेको उल्लेख गरिएको छ । यसै गरी यस घटनालाई लिएर सरकारको पिडित मैत्री व्यावहार एवं दलित समुदाय माथि हुने सबै खाले विभेद , अपमान र दमन को अन्त्य को लागि अझ प्रभावकारी पहल कदमी को अपेक्षा सहित गरिएको पनि ज्ञापन पत्रमा उल्लेख छ ।
उक्त अवसरमा ज्ञापन पत्र बुझ्दै नगर परमुख शंकर राई ले अाम दलित समुदाय प्रति को पीडा लाई समेटेर ज्ञापन पत्र दिन अाउने सम्पुर्ण दलित अगुवाहरुलाई धन्य वाद दिनु का साथै सो पीडा अाफुले पनि महसुस् गर्दै पत्रलाई जतिसक्दो चाँडो माध्यम द्वारा सम्बन्धित निकाय सामु पुर्याउन कटिवद्ध भएर लाग्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


