लायन्स क्लवले कपडा बाँडयो
इटहरी
लायन्स क्लव अफ इटहरी सिटीले आइतबार इटहरी बिपी चोक स्थित जेसिज भवनको सभाकक्षमा आज एक समारोहको आयोजना गरि सफारी चालकलाई ज्याकेट बितरण गरेको छ । लायन्स क्लव अफ इटहरी सिटी बर्ष २०२१।०२२की अध्यक्ष गायत्री कटवाल भण्डारीको सभापतित्व र क्लवका डिष्ट्रिक गभर्नर रेवत बहादुर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कपडा बितरण कार्यक्रममा लायन्स शुसिला ढकालले उदघोषण गर्दै इटहरी क्षेत्रमा सफारी चलाउने चालकहरुला

ई ज्याकेट ब्यबस्था मिलाउन भुमिका खेल्ने अध्यक्ष भण्डारीको सक्रियता प्रति आदार प्रकट गर्नु भयो

। प्रमुख अतिथि कार्कीले क्लवमा जागरुक इटहरीका सदस्यहरुले जस्तै देशैभरिका लायन्स पदाधिकारीहरु समाजसेवामा अहोरात्र खटि रहेको भन्दै जनसेवामा समर्पित हुने सामाजिक अभियान्ताहरुलाई अझ सक्रियता देखाउन प्रेरित गर्नु हुंदै बुढीखोला पारी सुन्दर हरैंचामा रहेको गौशला बृन्दावन क्षेत्रसंग मिलेर लायन बाटिका बनाउने यसै सालको योजना सुनाउंदै मातहत लायन्स पदाधिकारीलाई हातेमालो गर्न निर्देशन दिनु भयो । लायन सोमनाथ गौतमले स्वागत भाषण गरेपछि जोन चेयर पर्सन लोकेन्द्र ढकाल,टंककुमारी गुरुङ,नरनाथ सापकोटा लगायतले लायन्स

क्लवको सक्रियतादेखि आफुहरु गौरवान्तित हुंदै आयोजित कार्यक्रम लक्षित शुभकामना मन्तब्य दिनु भयो । समारोहमा उपस्थित समाजसेवी,बुद्धीजीवी पत्रकार लगायत ३५ जना भन्दा बढी संख्यामा सफारी चालकहरुको उपस्थिती रहेको थियो ।इटहरीमा सफारी चलाउंदै आएका प्रेम तामाङ,निरज श्रेष्ठ,आनन्द घतानी,दिलीप साह,अशोक कटवाल,हेमराज साह,शेखर कार्की,दयाराम आचार्य,फुलकुमारी साह,लिला चौधरी लगायत ३५जना लाई घामपानीमा असर नगर्ने ज्याकेट प्रदान गरिएको थियो

। लायन कौशल श्रेष्ठले धन्यबाद मन्तब्य राखेपछि सभापतित्व ग्रहण गर्नु हुने लायन गायत्री कटवाल भण्डारीले कार्यक्रम गर्नुको औचित्य बारे बोल्दै काठमाण्डौका ब्यपारी सहयोगी रोहीत जैनले लायन्स क्लव इटहरीको आग्रहमा ९६ थान ज्याकेट प्रदान गरेकोमा प्रशांसा गर्नु भएको थियो ।

- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


