लक डाउन फेरी बढयोः सिडियोबाट निषेधाज्ञा
इटहरी
कोरोना भाइरसको संक्रमण बढदै गएर मानिस त्राहीमाम हुन थालेपछि स्थानीय सरकारहरुले जताततै लकडाउन गरिदिएको छ ।

इटहरी उपमहानगरपालिकाले आजै बिज्ञप्ती निकालेर थप एक हप्ता लक डाउन निरन्तर दिने आदेश गरेको छ । बेलबारी नगरपालिका,सुन्दरहरैंचा नगरपालिकाले पनि त्यस्तै बिज्ञप्ती निकालेर बन्दाबन्दीलाई निरन्तर गरिएको छ ।

सुनसरी जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ । मोरंग प्रशासनले पनि त्यसै गरेको छ । पिसिआर रिपोर्टमा पोजेटिभ देखिइनेहरुको संख्या जति मात्रमा दिनहुं बढदै छ त्यतिनै मात्रामा सरकारले जनतालाई घरभित्रै बस्न भनेको छ ।

तर घरभित्र मात्र बसेर आधारभुत आबाश्यक्ता पुरा हुने ब्यबस्था नमिलाएपछि प्राय जनताले लकडाउनको पालना गरेका छैनन ।
सुनसरी जिल्ला प्रशासन कार्यालय सुनसरीले ७ दिनलाई पुन जिल्लाका सबै क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लालाई भदौ १४ गते सम्म निषेधित क्षेत्र कायम राख्ने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलका अनुसार स्थानीय तहहरूमा स्वाब संकलनको दायरा बढाउँदै जाँदा संक्रमितको संख्यासमेत थपिँदै गएकाले सुनसरी जिल्लामा लागू गरिएको निषेधित क्षेत्र थप कायम राख्ने निर्णय भएको हो । यसअघि साउन २१ बाट गरीएको निषेधित क्षेत्र पुन थप भएको हो । प्रशासनले सवारी संचालनका लागि कुनैपनि पास जारी नहुने समेत स्पष्ट पारेको छ । सरकारी तथा सार्वजनिक संस्थाका कर्मचारी तथा अत्यावश्यक सेवाका कर्मचारीले भने आफुले प्रयोग गर्ने सवारी साधन सहित कार्यालय समय अघि र पछी आउजाउ गर्न पाउने छन् । औद्योगिक क्षेत्रले भने स्वास्थ्य सावधानी अपनाउनु पर्ने बताइएको छ । निर्णय उल्लंघन गर्ने र अटेर गरी सवारी चलाउने तथा हिंडडुल गर्नेलाई पक्राउ गरी कार्वाही गरिने समेत सुनसरी प्रशासनले जनाएको छ ।
इटहरी उपमहानगरका जनस्वास्थ्य नीरिक्षक धनश्याम सिग्देलका अनुसार जम्मा स्वाव संकलन २९५७ ,हाल सम्म जम्मा पोजेटिभ संख्या ७८ ( पुरुष ६२,महिला १६ ,स्वाव संकलन,गरिएकामध्ये पोजेटिभ ६५ (५३ पुरुष,१२महिला)अन्यन्त्र परीक्षण गराएका पोजेटिभ १३ (९ पुरुष,४ महिला)वडा गत विवरण
वडा नम्वर १ पाँच जना वडा
वडा नम्वर २ पाँच जना
वडा नम्वर ३ शून्य
वडा नम्वर ४ ६जना
वडा नम्वर ५ सात जना
वडा नम्वर ६ दश जना
वडा नम्वर ७ दुई जना
वडा नम्वर ८ दुई जना
वडा नम्वर ९ आठ जना
वडा नम्वर १० शून्य
नम्वर ११ एक जना
वडा नम्वर १२ दुई जना
वडा नम्वर १३ शून्य
वडा नम्वर १४ दुई जना
वडा नम्वर १५ शून्य
वडा नम्वर १६ एक जना
वडा नम्वर १७ एक जना
वडा नम्वर १८ एक जना
वडा नम्वर १९ दुई जना
वडा नम्वर २० नौ जना
ईलाका प्रहरी कार्यालय इटहरी ८ जना
अन्य ६ जना – थुनुवा ४,सप्तरी १,कृषि विकास वैक १
हस्पिटल आइसोलेसनमा १८
होमआइसोलेसनमा ३५
निको भएका २५
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


