मोरङको कानेपोखरीमा सवारी दुर्घटना हुदाँ ३ को मृत्यु, २ को पहिचान खुलेन
विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका–७ मा बिहीबारराति भएको दुर्घटना हुदाँ तीन जनाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीका अनुसार झापाको दमकबाट इटहरीतर्फ आउँदै गरेको बा १४ च ९६४३ नम्बरको स्कोरपिओले ठक्कर दिँदा पैदल यात्री एक महिला र मोटरसाइकलमा सवार दुई पुरुषको मृत्यु भएको हो ।




डीएसपी दिलिप गिरीका अनुसार सुरुमा पैदल यात्री महिलालाई ठक्कर दिएपछि अनियन्त्रित बनेको स्कोरपिओले विपरित दिशाबाट आउँदै गरेको मोटरसाइकललाई पनि ठक्कर दिँदा दुर्घटना भएको अनुसन्धनााको क्रममा खुलेको छ ।
दुर्घटनामा परेर महिलाको घटनास्थलमै मृत्यु भएको छ । अन्दाजी ४०÷४५ वर्षीया उमेर भएकी महिलाको हालसम्म पहिचान खुल्न नसकेको मोरङ प्रहरीले जनाएको छ ।
पैदल यात्री महिलालाई ठक्कर दिए लगत्तै स्कोरपिओले मे १० प २७५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको डीएसपी गिरीले बताए । ठक्करबाट मोटरसाइकल चालक पाँचथरको फिदिम नगरपालिका–२ का अन्दाजी ३८ वर्षीय गजेन्द्रबहादुर गुरुङ र पछाडि सवार अन्दाजी ३५ वर्षीय पहिचान नखुलेका अर्का पुरुषको मृत्यु भएको छ । पहिचान नखुलेका पुरुषको घटनास्थलमै र गुरुङको उपचारका क्रममा नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचारका क्रममा राति १० बजे मृत्यु प्रहरीले जनाएको छ ।
स्कोरपिओका धनी समेत रहेका चालक सुनसरीको इटहरी उपमहानगरपालिका–४ का ४५ वर्षीय महेन्द्रबहादुर थापालाई कानेपोखरीकै रमाइलोबाट राति १० बजे नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीले जनाएको छ ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


