मुस्लिम समुदायमा बकर इद पर्बको रमाइलो

इटहरी
बिश्वब्यपी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणमा परेर अस्तब्यस्त रहेपनि मुस्लिमहरुको महान पर्ब बकर इद मनाएका छन ।

इटहरी आसपासको क्षेत्रमा रहेका इस्लाम धर्मलम्बीहरुको घरघरमा बकर इदको पहिलो दिन आज धुमधाम छ । एक महिना अघि रम्जान पर्बको एकमहिने ब्रतसकेपछि मनाएको चाड लगत्तै आएको बकर इद ३ दिन सम्म रहने कुरा इटहरी उपमहानगरपालिका वडान १४ नेपाली कांग्रेस पार्टी उपसभापति मोहमद आबिद मियाले बताएका छन ।

३दिन कुर्बानी –खसीबोका काटेर मिठामिठा परिकार बनाई नातागोता,इष्टमित्र दाजुभाई,छरछिमेक,साथिभाई बोलाएर एकआपसमा खुशि साटने र परिकारहरु खाने गर्दछन । यो हिन्दुहरुको दशै जस्तै हो । सबै घरपरिबारमा खुसियाली छाएको हुन्छ नयाँ नयाँ कपडाहरु लगाइन्छ र नरनाताबीच एक आपसमा भलाकुसारी हुने गरेको १४ न वडामा गठित नेपाल तरुण दलका सभापति नौसाद मियाले बताएका छन । आज पहिलो दिन १४वडाका स्थानीय नेता रजाक मियाको घरछेउको मदार्शमा भेला भएका स्थानीय इस्लामिक महानुभाबहरुले खशि,बोका,राँगा काटेर रमाइलो गरेको दृष्य देखियो । मुस्लिम दाजुभाईहरुको पर्ब बकर इदमा खुसि साटन इटहरीका यूवा ब्यबसायि तथा नेपाली कांग्रेस इटहरी उपमहानगर सदस्य सनोज पौडेल त्यसै गरि नाई संघका नगर सभापति शिबनारायण ठाकुर,समाजसेवी,बुद्धीजीबीहरु भेला भएर मुस्लिम यूवा नौसादको घरमा रमाइलो गरेका छन । संस्कार ,संस्कृतीको जगेर्ना गर्ने क्रममा खराब कुराहरुलाई त्याग्दै जनहितमा लाभकारी हुन सक्ने क्रियाकलापहरु यस्ता पर्बहरु उपयोगि हुने स्थानीय मुस्लिम अगुवा अयूव हुसेनले बताए । हुसेनका अनुसार यो पर्बमा गरिवलाई धनिले केही आर्थिक सहायता दिने चलन रहेको छ ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


