मिजार समुदायको क्रिया संस्कार तिन दिन बनाउन सुझाव

बकलौरी / राज्य र संस्कारको माध्यमबाट छुवाछुत, भेदभाव, शोषण, दमन खेपिरहेको मिजार समुदायको साझा संगठन मिजार समुदाय महासंघ १ नं. प्रदेश समितिले सह–कोषाध्यक्ष राजु रोक्काका मामा ससुरा गोपाल मंग्रातीको निधन भएको छैठौ दिन घरैमा पुगेर श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ ।
सुनसरीको रामधुनी नगरपालिका ६, इचोलका मंग्रातीको असार २ गते निधन भएको थियो । २०१३ कार्तिक २० गते धनकुटामा जन्मिएका मंग्रातीको लामो समयदेखि सो ठाउमा बसोबास रहदै आएको थियो । ६४ बर्षको उमेरमा निधन भएका मंग्रातीको घरैमा पुगेर असार ७ गते श्रद्धाञ्जली कार्यक्रम गरिएको थियो ।
उक्त कार्यक्रममा नेपाल साहित्यिक पत्रकार सङघ १ नं. प्रदेश समितिका अध्यक्ष लम्जेल सङघर्षशील, मिजार समुदाय महासंघका महासचिव नविन रम्तेल, सचिव योगेशकुमार सुयल,सह–कोषध्यक्ष राजु रोक्का, सदस्यहरु टीका लम्जेल, धनबहादुर मंग्राती, कृष्ण मंग्राती लगायतको सहभागिता रहेको थियो ।
उनको परिवारले ७ दिनमा नै क्रिया संस्कार सक्ने जनाएको छ । सो परिवारको निर्णयले १३ दिनसम्मको लामो र कष्टकर क्रिया संस्कारलाई परिमार्जन गर्न पाठ सिकाउने श्रद्धाञ्जली कार्यक्रममा सहभागीहरुले बताएका छन् । श्रद्धाञ्जली कार्यक्रममा बोल्दै मिजार समुदाय महासंघका महासचिव नविन रम्तेलले सो परिवारको क्रिया संस्कार सबै मिजारहरुले अनुसरण गर्नु पर्ने बताए । उनले मिजार समुदायले क्रिया संस्कारलाई ३ दिन मात्र बनाउनु पर्ने सुझाव दिएका छन् ।
अन्धविश्वासमा जकड्एिको नेपाली समाजलाई बदल्न सो मंग्राती परिवारको क्रिया संस्कारले नया र सकारात्मक सन्देश दिने बताइएको छ । अहिले आएर मिजार समुदायकै कतिपय बुझने मानिसहरु पनि क्रिया संस्कार रुपान्तरण गर्नुको सट्टा १३ दिनसम्म नै कठोर भएर गरिरहेका छन् ।
मानिसको मृत्युपछि दाहसंस्कार नै अन्तिम हो । पछिसम्म मानिसको योगदान र सम्झनालाई ताजा राख्न बार्षिक स्मृति कार्यक्रम आम जनसमुदाय माझ सिर्जनशील बनाएर गदै जानु सन्ततिको महानता हुनेछ । प्रियजनको मृत्युको पिडामा परेका परिवारजनलाई समाजले समवेदना प्रकट गर्नु मानव सभ्यताको उत्कृष्ठ कार्य हो ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


