मालपोतका तत्कालीन प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्धा
दुहबी नगरपालिका ८ स्थित सोनापुरमा रहेको राधाकृष्ण

मन्दिरको १४ कट्ठा जग्गा बिक्रिमा कर्मचारी र जनप्रतिनिधिकै मिलेमतोमा राजस्व छली गरेको भन्दै आयोगले मालपोत कार्यालय इनरुवाका तत्कालीन प्रमुख मालपोत अधिकृत सूर्यबहादुर थापा सहित ६ जनाविरुद्ध आरोप पत्र दायर गरेको
छ ।
मन्दिरको विवादास्पद जग्गा विक्रि प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ जनालाई प्रतिवादी बनाउँदै विशेष अदालतमा भ्रष्टाचार सम्बन्धी मुद्दा दायर गरेको
हो ।

मुद्दा दायर गरिएकाहरुमा मालपोतका शाखा अधिकृत मात्रिका दंगाल, नासु गोविन्द पौडेल, दुहबी नगरपालिका ८ का अध्यक्ष तारिकचन्द्र सरदार, मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष उज्याला मानन्धर र जग्गा खरिदकर्ता गोविन्दकुमार बजगाई रहेका छन् ।
मन्दिरको नाममा रहेको जग्गा दुई वर्ष अघि बजगाईलाई बिक्रि गरिएको थियो । सुरुमा सो जग्गा बजगाईको नाममा पास गरे लगत्तै मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष रहेका मानन्धरले आफै खरिद गरेका थिए ।
७ लाख ७१ हजार प्रति कठ्ठाका दरले बिक्री गर्ने निर्णय भएकोमा जग्गा बिक्री गर्दा लाग्ने पुँजीगत लाभकर ५ लाख २१ हजार ५ सय, रजिष्ट्रेसन शुल्क ३ लाख ७७ हजार १ सय ५० गरी ८ लाख ९८ हजार ४ सय ५ रुपैयाँ राजस्व छली गरेको अभियोग अख्तियार द्धारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ।
दुहबी नगरपालिका–८ का वडाध्यक्ष सरदारले राधाकृष्ण मन्दिरको नाममा रहेको जग्गा भित्री बाटोले छोएकोमा सिफारिसमा बाटोले नछोएको भनी गलत सिफारिस दिएको समेत उल्लेख छ ।
जसबाट रजिष्ट्रेसन र पुँजीगत लाभकर छल्न सहज भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाडौंले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्तीमा विशेष अदालतमा आरोप पत्र दायर गरिएकाहरुमा मालपोत कार्यालय इनरुवाका तत्कालीन प्रमुख मालपोत अधिकृत सूर्यबहादुर थापा विरुद्ध ७ लाख ५५ हजार ६ सय २० रुपैयाँ बिगो दाबी गरिएको छ ।
नासु गोविन्द कुमार पौडेलमाथि १६ लाख ७४ हजार ३ सय ९८ रुपैंया बिगो दावी गरिएको छ । बजगाईको हकमा ७ लाख ५७ हजार ५ सय ४८ र मानन्धरको हकमा अख्तियारले ८ लाख ९८ हजार ४ सय ५ रुपैंया बिगो दावी गरेको छ ।
त्यसैगरी
वडाध्यक्ष तारिकचन्द्र विरुद्ध अख्तियारले ९ लाख १९ हजार १ सय २८ रुपैयाँ बिगो दाबी गरेको छ । मालपोत अधिकृत रहेका मात्रिका दंगाल उपर ९ लाख १८ हजार ७ सय ७८ रुपैंया बिगो दाबी गरिएको छ ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


