Spread the love

शरिरले काम गर्न छाडेपछि बेवारिसे बनेका ७२ बर्षिय हरी बहादुर शुद्धकार र उनकी ४० बर्षीय श्रीमतीलाई आज मानवसेवा आश्रम काठमाडौं शाखाले उद्धार गरेको छ ।

चन्द्रागिरी नगरपालिकाकाको अनुरोधमा आज दुई बृद्धलाई उद्धार गरी मानवसेवा आश्रम बुढानिलकण्ठ उपसेवा केन्द्रमा राखिएको छ । निजको चन्द्रगिरी नगरपालिकाले स्थानिय स्वयंसेवकहरुको सहयोगमा कोभिड जाँच समेत गराइएको थियो ।

हरी बहादुर शुद्धकार गएको पुष महिना सम्म उद्योगमा मेकानिक काम गर्दथे । प्यारालाइसि भएपछि उनी विगत ८ महिना देखी काममा जान सकेका थिएनन् । कोठा भाडा तिर्ने पैसा समेत नभएपछि उनी श्रीमती सहित सडकजीवन विताउन बाध्य भएका थिए ।

जाँड रक्सि र कुनै अम्मल नपिउने शुद्धकारको स्वभाभ राम्रो भएकै कारण नैकाप शिवमन्दिर नजिकै रहेको एक परिवारले घरको पिँडीमा बास दिदै आएका थिए ।

सदै पिढीँको बास सम्भव नहुने भएपछि शुद्धकार बुबा र आमालाई आज मानवसेवा आश्रमले उद्धार गरी संरक्षणमा लिएको छ । बुबाको स्थाई घर भक्तपुर रहेको र कोहीपनि परिवारको आफन्तहरु समेत नभएको बुझिएको छ ।

उद्धार कार्यमा आफै शरीक भई मानवीय सेवाको कार्यमा उत्साहवद्र्धन गर्नुहुने चन्द्रागिरी नगरपालिकाको नगरप्रमुखज्युप्रति विशेष आभार ।

मानवसेवा आश्रम काठमाडौं शाखा काठमाडौं महानगरपालिकाको सहकार्य र जनमन संकलन अभियानबाट सञ्चालन हुँदै आइरहेको छ ।