Spread the love

धरान
पीबी दियाली
सोमबार सुनसरीको धरान स्थित लाँघाली सामुदायिक वन उपभोक्ता समितिको सभाहलमा नेकपा एमाले माधव नेपाल र झलनाथ खनाल पक्षीय प्रदेश स्तरका महिला र दलितको बृहत भेला सम्पन्न भएको छ ।

No description available.


नेकपा एमालेका केन्द्रीय सचिव तथा प्रदेश न१का इन्चार्ज भिम आचार्य प्रमुख अतिथि ,केन्द्रीय सदस्य तथा प्रदेश अध्यक्ष घनेन्द्र बस्नेत बिशिष्ट अतिथि रहनु भएको भेलामा अखिल नेपाल महिला संघ १ न प्रदेश र उत्पीडित जातीय मुक्ति समाजको प्रदेश १ स्तरीय कमिटि बनेको छ ।

No description available.

अनेमसंघ प्रदेश कमिटि इन्चार्ज निरा खनाल आचार्यले सुरुमै मन्तब्य दिंदै पहिला अध्यक्ष रहेकी हालकी राष्ट्रपति बिध्यादेवी भण्डारीले अहिलेका प्रधानमन्त्री खडग ओली जस्तै रुखो ब्यबहार गरेर महिला बर्गको मन कुंडयाएको स्मरण सुनाउनु भयो ।

No description available.

पार्टी नीति नमान्ने निरंकुश हैकमवादी ओलीले जसरी कम्युनिष्टको बदनाम गरेका छन भण्डारीले अध्यक्ष हुंदा त्यस्तै गरेकी थिइन । अहिले हामी पींजडाको सुगा फुत्केर बाहिर आए जस्तै भएका छौं हामी एमालेको संस्थापन हौं ओली गुटबिरुद्ध भण्डाफोर अभियान चलाएर कम्युनिष्ट एकता कायम गराउन सक्षम हुने छौं भन्दै एक न प्रदेशका महिलाहरु एमाले पार्टीमा माधव नेपाल समुहप्रति अग्रपंक्तिमा रहेको दाबी गनु भयो ।

No description available.

मुक्ति समाजका केन्द्रीय उपाध्यक्ष डिबी शंकरले पनि दलित समुदायमाथि प्रधानमन्त्री ओलीले अन्याय गरेको बताउनु भयो । पार्टी अध्यक्ष भएपछि बिधि पद्धति मिचेर अंहकारभाबले जथाभाबी गर्ने खडग ओलीको कारण एमाले पार्टीका तमाम कम्युनिष्ट नेता कार्यकर्ताहरु मात्र नभई महिला र दलितहरु पनि दिक्दार भएको उल्लेख गर्दै अहिले प्रदेश भरिका सबै जिल्लामा बनेको समानन्तर कमिटीले एमाले अझझ बढी मजबुत हुने र ओली गुट मासिएर जाने दलित नेताहरुले बताएका छन ।

No description available.

मुक्ति समाजका केन्दीय अध्यक्ष गणेश बिक,महासचिब अनुभुतिबम नेपाली,डम्मरसिंह गदाल,नारायण परियार,सुशिला पहाडी,श्याम ल्वागुन, गोमा खाती,कृष्णकुमारी बिक,तारा रुचाल लगायत दलित नेता तथा नेत्रृहरुको उत्साहजनक उपस्थिति रहेको थियो । एमाले केन्द्रीय सदस्य जयन्ती राई,धर्म निरौला,महेश रेग्मी,यसोदा अधिकारी,साबित्री जोशी,कला सुब्बा,दुर्गा परियार समेत दर्जनौ अतिथिहरु रहेका थिए ।

No description available.

प्रदेश साँसदहरु,स्थानीय पालिकाका उपप्रमुखहरु समेत प्रदेशभरिबाट आएका थिए । अनेमसंघले १ सय २५ सदस्यीय प्रदेश कमिटि घोषणा गरेको र दलितले १सय ५ जना दलित रहेको मुक्ति समाजको प्रदेश कमिटि घोषणा गरेको छ । ओली रबैयाको बिरोधमा अब हुने आन्दोनलमा प्रदेशबाट सशक्त अभियान चलाउन नबगठित कमिटि सुझारु भएर लागि कम्युनिष्ट एकतालाई साकार पारेरै छाडने अतिथि बक्ताहरुले बताएका छन ।

No description available.