माओवादीका एकदर्जन नेतासहित ३१५ जना नेकपा एसमा प्रवेश
इनरुवा । नेकपा माओवादी केन्द्रका विभिन्न तहका एकदर्जन नेतासहित ३१५ जनाले सो पार्टी परिवर्तन गरि नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका छन ।
नेकपा माओवादी केन्द्रमा बुद्धीजीवी फाँटको केन्द्रीय तथा प्रदेश तहमा रहेका नेतासहितका जिल्ला तहका नेताहरुले बुधवार एक विज्ञप्ती मार्फत माओवादी केन्द्रले सामान्य विधी, निती र पद्धतीसमेत उल्घंन गर्दै विर्सजनतर्फ अग्रसर भएकाले सो पार्टी परित्याग गर्नु परेको जनाएका छन ।
विज्ञप्तीमा सागंठनिक, सैद्धान्तीक र बैचारिक विचलनसहित दक्षिणपन्थी विसजनवादतर्फ नेकपा माओवादी केन्द्र गएको ठहर गरि समाजवादको दिशातर्फ उन्मुख भई अगाडी बढन नसकेकाले पार्टी परित्यागको अवश्थामा पुगेको उल्लेख गरिएको छ ।
माओवादीले गरेको जनयुद्धबाट प्राप्त कम्युनिष्ट आन्दोलनका उपलब्धीलाई सम्मान र आत्मसात गर्दै नेकपा एकिकृत समाजवादीले लिएको समाजवादको बाटोमा अगाडी बढन सकिन्छ भन्ने ठहर गरि हामी नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
नेकपा माओवादी केन्द्रको बुद्धीजिवी फाँटका प्रदेश सचिव प्राध्यापक अर्जुन उप्रेती, प्रदेश सदस्य डा खगेन्द्र ओली, स्वास्थ्यकर्मी संघका जेपी उराँव, बुद्धी फाँटका चेवन कोइराला, विशाल ओलीलगायत ३१५ जनाले सो पार्टी परित्याग गरेको घोषणा गरेका हुन ।
माओवादी परित्याग गरि नेकपा एसमा प्रवेश गर्नेहरुलाई नेकपा एसका केन्द्रिय उपाध्यक्ष तथा प्रदेश एकका इन्चार्ज धनेन्द्र बस्नेत, पोलिटव्युरो सदस्य धर्मराज निरौला, जिल्ला अध्यक्ष गोविन्द निरौला, प्रदेश सदस्य दिवाकर रेग्मी, प्रदेश एकका नेता चिरञ्जीवी भट्टराई, इटहरी इन्चार्ज केवल फुयाललगायतले प्रदेश कार्यालयमा स्वागत गरेका थिए ।
नेकपा एसका केन्द्रिय सदस्य केशव विष्टले आज प्रवेश गर्नु भएका साथीहरुले ३१५ जनाको नामसहितको हस्ताक्षर बुझाएकाले प्रदेश वा जिल्ला तहमा केही हप्ता भित्र औपचारिक समारोहको आयोजना गरि विधिवत रुपमा पार्टीमा जिम्मेवारी दिने गरि कार्यक्रमको आयोजना गरिने बताए ।
नेकपा एसमा प्रवेशपछि प्रतिक्रिया दिदै प्राध्यापक अर्जुन उप्रेतीले माओवादी केन्द्र आठौ महाधिवेशनपछि परिवारवाद भित्र फस्न पुगेकाले हिजो सधर्षको मैदानबाट राजनितीमा आएका सयौ नेता कार्यकर्ताहरु जिम्मेवारी विहिन अवश्थामा पुगेकाले हामी ३१५ जनाले संयुक्त रुपमा माओवादी पार्टी एमाले भन्दापनि चरम अवसरवादी र व्यत्तीवादी रहेको ठहर गरि नेकपा एसका प्रवेश गरेको बताए
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


