मकालुमा पहिरो झरेपछि अरुण नदी थुनीयाे

संखुवासभा । दिनहुँजसोको बर्षाका कारण संखुवासभाको मकालु गाउँपालिका– २ र ५ मा पर्ने बोयामफेदीमा पहिरो झर्दा अरुण नदीको केही भाग थुनिएको छ ।केही दिन अघिदेखिको अविरल वर्षाका कारण गए राति गएको पहिरोले आंशिक रूपमा अरुण नदी थुनिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिएका छन् ।
उनका अनुसार गए राति गएको पहिरोले स्थानीय ललितबहादुर राई र उनको छोरा जयप्रकाश राईको सात जनाको परिवार विस्थापित भएको छ ।विस्थापित परिवारलाई घरबाट केही टाढाको समथर भू–भागमा प्रहरी र गाउँलेले उद्धार गरेका छन् । ललितबहादुरको घरमुनिबाट करिब ६ सय मिटर लामो पहिरो झर्दा अरुण नदी थुनिंन गई पानी जमेर करिब तीन सय मिटरको ड्याम बनेको छ ।
ललितबहादुरका साथै २ नम्बर वडा सदस्य हीरालाल राई र बिर्खबहादुर राईको गोठ समेत उच्च जोखिममा परेको छ । पहिरोका कारण स्थानीयहरू त्रसित बनेका छन् । आंशिक अझै पनि पहिरो झरिरहेको प्रहरीले जनाएको छ । घटनाको सम्पूर्ण विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक मल्लको भनाइ छ ।
अरुण थुनिएपछि बहुचर्चित नौ सय मेगावाटको अरुण तेस्रो आयोजनाको ड्याम साइड फ्याक्सिन्दा र पुखुवा आसपास क्षेत्रहरू समेत जोखिममा परेका छन् । त्यसका साथै अरुण नदीसँगै हेलुवाबेंसी, चेवाबेंसी, मनकामनालगायतका क्षेत्रका नदी आसपासका स्थानीयहरूमा जोखिम बढेका छन् । त्यसैले स्थानीय प्रशासनले सतर्क र सचेत रहन समेत आग्रह गरेका छन् । उक्त क्षेत्रमा गत वर्ष पनि ठूलो पहिरोले धेरै ठूलो क्षति गरेको थियो ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


