भेरी रोइरहेको साँझ (कविता)

दियेश रत्न शाक्य-
एउटा कालो साँझ
भेरी शोकमग्न छ
आधादर्जन
छिमेकी होनहार युवाहरूको
चोटग्रस्त निष्प्राण शरीर
नचाहँदा नचाहँदै
पानीमाथि बोक्दै
यसलाई नियाल्दै
निरन्तर अश्रुमग्न छ
उ प्रश्न गरिरहेछ
किन थपिरहेछ भेरीको पानीमाथि
यति धेरै आँसुका पानीहरु
मान्छेलाई मान्छेभन्दा बढी
किन बर्ण /भाषा/ रंग/धर्म प्यारो लाग्छ
किन मान्छेले मान्छेलाई गर्ने प्रेममा
यहाँ छेकबार हुन्छ ?
किन मानव मानव कै विरुद्ध दानव
भएर उत्रने गर्छ?
भेरीलाई चिच्याएर भन्न मन लाग्छ
हुत्याउनु नै थियो भने भेरीमा
मान्छेलाई होइन
समयसापेक्ष मरिसकेको
मनुस्मृतिका हरफहरूलाई
हुत्याउनु पर्थ्यो
धर्मको नाउँमा कानुनभन्दा माथि भएर
मनभित्र गजधम्म बसेका
संस्कारहरु हुत्याउनु पर्थ्यो
धर्म त्यो हो
जसले पुण्य संचय गर्छ
धर्म त्यो होइन
जसले पुण्य मोचन गर्छ
सर्लक्क नुहाएर
यो चेतनाको पानीले
कुद्नु पर्थ्यो विश्व प्रवाहसँगै
यदि छन् भने भेरीसंगै द्रवित हुने
मनहरु
र वास्तविक समवेदनाको लागि
समाउनुपर्थ्यो गन्तव्य
जति सुकै कठिन यात्रा
तय गरेर पनि
हो एउटा लामो कालखण्ड
हामीले यही सुनेर बितायौं
-संविधान उक्लियो
-अधिकार बाँडियो
-अग्रगमनले बाटो लियो
-परिवर्तनले सिखर छोयो
तर क्रमशः
जब-जब रुकुमहरू दुःख्न थाल्छ
भेरीहरू रुन थाल्छ
ती साराका सारा दाबी
एकातिर हुत्याँइ दिएर
सडकमा ओर्लनु पर्ने हुन्छ
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


