भीम पौडेलको कालोपत्रेमा झार पलायोः भ्रष्टहरुले लेटाङ लुटे
डम्बर सिन्चिउरी लेटाङ्ग
सडकमा निर्माण सम्पन्न भएको करिव १५ दिन न बित्दै झार पलाउन थाले पछि स्थानीय उपभोक्ता आक्रोसित बनेका छन् । मोरङ्गको लेटाङ्ग ९ जाँते स्थित बुडौली चौक हुँदै उत्तर दक्षिण गणेश मन्दिर देखि डाक चौक सम्म जानेबाटो कालोपत्रे गर्दा निक्कै ठूलो भ्रष्टचार भएको छ ।
०७७ मंसिर मसान्तमा निर्माण सम्पन्न उक्त कालो पत्रे सडकमा १५ दिन पनि नवित्दै विशेष गरी बुडौली चौक दक्षिणका अधिकांस स्थानमा झार पलाए पछि भने उपभोक्ताहरु आक्रोसित भएका हुन् ।
झण्डै २ हजार ५ सय मिटर लम्बाई सडक मापदण्ड विपरीत बनाईएको कारण १५ दिन पनि नबित्दै झार पलाएको हुन सक्ने स्थानीय सडक उपभोक्ता गणेश गजमेरले बताएका छन् ।
प्रदेश , नगर र स्थानीय उपभोक्ता समेतको गरी झण्डै १ करोड ५० लाखको लागतमा निर्माण सम्पन्न भएको उक्त सडकको अधिकांस भागमा यस्तो झार पलाएको छ । विशेष गरी बुडौली चौक उत्तर भन्दा पनि दक्षिणी भेगमा यस्तो झार बढि पलाएको उपभोक्ता गजमेर बताउँछन् । यो क्षेत्रमा निर्माण कम्पनिले कालो पत्रे गर्दा नै अति हेलचेक्राईं गरेको हुन सक्ने अर्का स्थानीय तेन्जिङ्ग शेर्पाले बताए । शेर्पाका अनुसार कालोपत्रे गर्दा कम्तिमा दुई ईंन्च मोटाईको हुनु पर्नेमा यहाँ भने मि.लि. ईन्च पनि मोटाई नभएकाले नै सडकमा झार पलाएको हो । त्यसैले आगामि दिनमा यसको पुनःनिर्माण राम्रो सँग नगरे आफुहरुले कडा आन्दोलन गर्न सक्ने चेतावनी समेत दिएका छन् ।
यसै विषयमा निर्माण समितिलाई जिज्ञासा राख्दा समिति अध्यक्ष बिष्णुलाल पौडेल भन्छन् “ यो कालो पत्रे निर्माण गर्दा नै अलिक हेलचेक्राई देखिएको जस्तो लागेकोले अब चाँडैनै हामीले पुनःनिर्माण गर्न पहल गर्ने छौं । हुन त रकम अभावका कारण पनि यस्तो भएको हुन सक्ने हो ,तर अब जे भए नि अवस्य हामी यसलाई पुनः निर्माण गर्ने छौं ।“
इटहरी उद्योग बाणिज्य संघका अध्यक्ष अनि समाजमा निक्कै दान दातब्य गर्नेमा कहलिएका निर्माण व्यबसायी भिम पौडेलको पि.डि.एफ. कम्पनीले उक्त बाटो कालो पत्रे गरेको समितिका सदस्यहरुले बताएका छन् ।
नगर प्रमुख शंकर राई स्वयम लागेर अनुगमन गरि हतार हतार रकम निकाशा गरेपछि भ्रष्टचारको सबैतिर मिलेमतो ठहर भएको उपभोक्ताहरु ब्ताउंछन ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


