ब्याजदर नबढाउने सहमतिले सेयर बजारमा सुधार
वाणिज्य बैंकहरुका प्रमुख कार्यकारीहरुले थ्रेसहोल्ड तोक्दै बैंक ब्याजदर नबढाउने सहमति गरेका कारण सेयर बजारमा सामान्य सुधार देखिएको हो । केही साता यता निरन्तर गिरावटबाट लगानीकर्तालाई निराश बनाउँदै आएको सेयर बजार साताको अन्तिम दिन भने सुधारको संकेत दिंदै बन्द भएको हो । बिहीबार सेयर बजार नाप्ने नेप्से परिसूचक सामान्य अंकले अर्थात ०.६२ अंकले बढेर १२१८.४६ अंकमा पुगेर अडिएको छ ।
बैंकहरुले निक्षेपको ब्याजदर बढाउन गरेको प्रतिस्पर्धाले कर्जाको ब्याजदर समेत बढ्ने त्रासमा बसेका लगानीकर्ताहरुलाई बैंकरहरुको यो सहमतिले केही भरोसा दिएको छ ।
बिहीबार बैंकिङ, जलविद्युत, फाइनान्स, बीमा र अन्य समूह क्रमशः ०.३४, ०.५४, ०.५४, ७.३८ र ७.२६ अंकले बढेका छन् भने व्यापार, होटल, विकास बैंक, उत्पादनमूलक र लघुवित्त समूह क्रमशः २.८७, ६४.९७, ०.९९, ०.२३ र ६.५५ अंकले बढेका छन् ।
परिसूचक बढेपनि कारोबार रकममा भने गिरावट आएको छ । दिनभरमा १६३ वटा कम्पनीको छ लाख २३ हजार दुई सय ११ कित्ता सेयर तीन हजार पाँच सय १३ पटक खरिद बिक्री हुँदा १९ करोड ६६ लाख १४ हजार एक सय ५२ रुपियाँको कारोबार भएको छ ।
कुनै पनि कम्पनीको कारोबार करोड पुग्न सकेन । नबिल बैंक प्रोमोटर, प्रोग्रेसिभ फाइनान्स प्रोमोटर र नेपाल इन्भेष्टमेन्ट बैंकको क्रमशः ९३ लाख, ८० लाख र ७७ लाख माथिको सेयर कारोबार भएको छ भने नेशनल लाइफ, प्राइम लाइफ र नेपाल बैंकको ५० लाख माथिको कारोबार भएको छ । बैंक अफ काठमाण्डूको पनि झन्डै ५० लाखको कारोबार भएको छ । एभरेष्ट बैंक, चिलिमे हाइड्रो, एनएमबि बैंक लगायतको पनि ४० लाखमाथिको कारोबार भएको छ ।
आरम्भ माइक्रोफाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ७.०५ प्रतिशतका दरले कमाएका छन् । रिडी हाइड्रो, अरुण काबेली पावर, गुडविल फाइनानस, विजय लघुवित्त, गरिमा विकास बैंक, सनराइज बैंक, सिद्धार्थ इन्स्योरेन्स, मेगा बैंक, वरियन्टल होटल्स लगायतका सेयरधनीले पनि कमाएका छन् ।
यता, नेपाल हाइड्रो, सिन्धु विकास बैंक र सोल्टी होटलका सेयरधनीले क्रमशः ९.८७, ६.९४ र ५.८१ प्रतिशतका दरले गुमाएका छन् । यसबाहेक, युनाइटेड मोदी हाइड्रो, नेशनल हाइड्रो, राधी विद्युत् कम्पनी, देवः विकास बैंक, स्वरोजगार लघुवित्त, खानीखोला हाइड्रो, उन्नति माइक्रोफाइनान्स लगायतका सेयरधनीले पनि गुमाएका छन् ।
बिहीबार वाणिज्य बैंकका प्रमुख कार्यकारीहरुको भेलाले बैंकहरुका बीचमा ब्याजदर बढाउन अस्वस्थ प्रतिष्पर्धा सुरु भएको र यसले वित्तीय प्रणालीलाई नै समस्यामा पार्ने भन्दै संघले ब्याजदरका सम्बन्धमा नयाँ सहमति गरेको हो ।
बैकर्स संघको बैठकले साधारण बचतमा सात प्रतिशत तथा मुद्दती निक्षेपमा ११ प्रतिशतभन्दा धेरै ब्याज नदिने सहमति गरेको हो । यस अघिको सहमति खारेज भएपछि बैंकहरुले साधारण बचतमा आठ प्रतिशत बढी र मुद्दती निक्षेपमा साढे बाह्र प्रतिशतसम्म ब्याजदरमा निक्षेप उठाएका थिए ।
निक्षेपको ब्याजदर नबढ्ने भएपछि कर्जाको ब्याज पनि नबढ्ने आशामा लगानीकर्ता देखिएका छन् । मौद्रिक नीति जारी गर्ने मिति नजिकिदै जाँदा समग्र सेयरबजार र ब्याजदरको विषयमा राष्ट्र बैंकको नीति के हुने भन्ने दुविधा लगानीकर्तामा कायमै देखिन्छ ।
लगानीकर्ताले मार्जिन लेन्डिङ्गको सीमा बढाउन माग गर्दे आएका छन् । साथै उनीहरुले बैंकहरुको बढ्दो ब्याजदर नियन्त्रण, अनलाइन कारोबार प्रणालीको सहजीकरण लगायतमा राष्ट्र बैंकको भुमिका खोजेका छन् । राष्ट्र बैंकले अर्को साता मौद्रिक नीति सार्वजनिक गर्ने तयारी थालेको छ ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


