ब्यक्ति हत्याको औचित्य पुष्टि गर
सम्पादकीय
मओवादीको नामबाट जन यूद्धहुंदा ताका देखि शान्ति प्रकृया सम्म आई पुग्दा आफनै सुप्रिम कमाण्डर प्रचण्डसंग रिसाएर हिंडेका नेत्रबिक्रम चन्द क.बिप्लबले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीले फेरि आफुसंग असहमत पक्षलाई मारि दिने क्रम शुरु गरेको छ ।
मोरंगको उतरतर्फ पर्ने मिक्लाजुंग गाउंपालिका १ स्थित रमिते गाउंमा रहेको एक आधारभुत स्कूलका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठलाई बिप्लब नेतृत्वको पार्टीले मारेको घटनाले मुलुक फेरि द्धन्द तिर लागेको आभास दिएको छ । खडग ओली प्रधानमन्त्री रहेको अहिलेको सरकारले दमन गर्दै आएको बिप्लबको पार्टीले अब आफनो गतिबिधी बढाउंदै लगेको देखिन्छ । सरकार संचालनको नाममा ओलीले जे जस्ता बदमासीहरु गर्दै छन बिप्लब नेतृत्वको पार्टीले त्यस्तै बदमासीको क्रम शुरु गरेपछि नेपाली जनताले थप दुख्ख पाउने संभावना छ । सरकारले आफनो उपस्थिती देखाएर जनताको जिउ धनको सुरक्षा गर्ने जिम्बेबारीबाट ओली सरकार चुकेको छ । मिक्लाजुंगमा धेरै अघिदेखि जनताले सुरक्षाको प्रत्याभुति नभएको बाटोघाटो नभएको लगायतका दुखेसाहरु पोख्दै आएका थिए । जनताको आबाश्यक्ता पनि नबुझने,सेवासुबिधा पनि नदिने,मंहगी भ्रष्टचार,कमिशनखोरी र नातागोता भर्ति गर्दै बिलासिता र ऐस आरामले राज्यको ढुकुटी सिद्ययाउन तिर लिप्त ओली सरकारले बिप्लव नेतृत्वको पार्टीलाई फिटिक्कै गनेन । हुनत आफुलाई सत्तामा पुरयाउने आफनै पार्टीका अर्का अध्यक्ष प्रचण्ड लगायत सिनियर नेताहरु माधव नेपाल,झलनाथ खनाल लगायतलाई पेलान दिदैं आन्तरिक रुपमा भए गरेका सहमती संझौताहरु तोडने ओलीले अरुलाई के गन्थे र ? उनको बेइमानी र अरुप्रति अनुदार प्रबृतीको कारण सिंगो पार्टी यतिबेला मशानघाटमा छ । परिबर्तनकारी जनताको भावना अनुसार ठूलो कष्ट गरेर ल्याएको गणतन्त्र बिरुद्ध प्रतिक्रियाबादीहरु उफ्रिन थालेका छन । जहानियाँ शासन ल्याएर जनतालाई कज्याउनेहरुले पूरानो मक्कि सकेको अनि शासन गर्नमा नैतिकता समेत गुमाई सकेको राजतन्त्र ल्याउने खोक्रो धमास दिएका आबाजहरु च्र्किन थालेका छन । यस्तो बेला बिप्लबले राजनीतिक परिवर्तनको लागि भन्दै गरेका गतिबिधीले ब्यक्ति मार्ने काम भई रहेको छ । जनताको लागि लडनेले जनता बचाउने की मार्ने? त्यो कुरा सोच्न नसक्नु जति बिप्लव पार्टीको बदमासी हो त्यति नै ओली राजको बदमासी पनि हो । ओली नेतृत्वको सरकारले बिप्लवहरुको पार्टीलाई प्रतिबन्ध नलगाई बार्ता गरेर , आफु पनि सत्ता संचालनगर्दाको कुनै घमाण्ड नगरि जनतालाई सेवासुबिधा दिएर भ्रष्टचार नगरि स्वच्छ ढंगले काम गर्दै फरक धारणा राख्नेहरुलाई इज्जत सम्मान गरेको भए द्धन्द हुने कम संभावना रहन्थ्यो । आफु बाहेक अरुको अस्तित्व नस्वीकार्ने भंजाहा खाले ओलीले गर्दा नेपाली जनताले बिभिन्न नाममा थप दुख्ख पाउने संभावना छ । बिप्लवहरुले राजनीति गर्ने हो भने ब्यक्ति मार्ने होइन बचाउने तिर लाग्नुहोस । मिक्लाजुंगका शिक्षक श्रेष्ठको के त्यस्तो अपराध थियो? की तिनलाई मृत्यु दण्डै दिनु पर्ने? उनी बाँच्दाको अबस्थामा जनतालाई के हानी पुरयाएका थिए? त्यसको औचित्य पुष्टि हुनेगरि कुरा आउनु पर्छ । सुराकी गरेको , चेतावनी दिंदा पनि नसुध्रिएको भन्ने बिज्ञप्ती मार्फत मार्नुको कारण बताए पनि त्यो बैज्ञानिक र बस्तुनिष्ठ हुन सक्दैन । निहत्ता मान्छेबाट हुन सक्ने केही कामकुराहरु गलत साबित भए भने त्यसलाई ज्यान लिने दण्ड दिनु भनेको पहिलाको राजा ,राण,पन्चे मण्डले र एकसमयका सांसदबादीले लिएको फासिबादीनीति जस्तो नै हो ? के बिप्लव नेतृत्वको नेकपा राजा ,राणा र पन्चे मण्डले जस्तै हो त? जनताले बुझन पाउनु पर्छ ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


