बेरोजगारी समस्या घटाउन रोजगारदाता र बेरोजगारबीचको दूरी कम गर्नुपर्ने
काठमाडौं । मुलुकमा रहेको बेरोजगारी समस्यालाई न्यूनीकरण गर्नका लागि रोजगारदाता र बेरोजगार जनशक्ति बीचको दूरीलाई कम गर्नुपर्नेमा सरोकारवालहरुले जोड दिएका छन् ।
![]()
नेपाल घरेलु तथा साना उद्योग महासंघ (एफएनसिआई) ले विकास र कार्यान्वयन साझेदारसँगको सहकार्यमा विगत पाँच महिनादेखि सञ्चालित युवाहरुको रोजगारीमा पहुँच सम्बन्धी परियोजनाको समापन समारोहमा रोजगारदाताले दक्ष जनशक्ति नपाउने र बेरोजगार जनशक्तिले रोजगारी नपाउने समस्याको एउटै समाधान भनेको सीपको माग र आपूर्ति बीचको खाडल कम गर्नु रहेको उनीहरुको भनाई थियो ।
महासंघले विकास साझेदार अन्तराष्ट्रिय श्रम संगठन, कार्यान्वयन साझेदार नेपाल सरकार श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मनत्रालय श्रम विभाग, राजगार सूचना केन्द्र । जिल्ला श्रम कार्यालयसँगको सहकार्यमा गत फगुनदेखि सो परियोजना सञ्चालनमा ल्याएको थियो । परियोजनाको कार्यक्रम अनतरगत देशका काठमाडौ, विराटनगर, जनकपुर, पोखरा र बुटबलमा रोजगार मेला, कार्यशाला गोष्ठी, कार्यस्थलमा आधारीत तालिमहरु सञ्चालन भएका थिए ।
परियोजनाका उपलब्धीहरु, सिकाइका अनुभवहरुलाई प्रस्तुत गर्ने र छलफल गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको महासंघका कार्यबाहक अध्यक्ष उमेश प्रसाद सिहले बताउनुभयो ।
देशमा दिन प्रतिदिन बढ्दै गइरहेको बेरोजगारी समस्या र देशभित्रकै उद्योग, कलकारखाना, तथा कम्पनीहरुले दक्ष जनशक्ति पाउन नसकिरहेको अवस्थामा परियोजना सहयोगी बनेको उहाँले बताउनुभयो ।
रोजगारदाता र बेरोजगार जनशक्तिबीचको दूरीलाई कम गर्न यस्तो परियोजना ल्याइएको भन्दै उहाँले ‘समृद्घ नेपाल सुखी नेपाली’ को नारा सहित अघि बढेको वर्तमान सरकारको देशभित्रै पाँच लाख रोजगारी सिर्जना गर्ने उद्देश्यप्रति पनि यो कार्यक्रम परिलक्षित रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै श्रम विभागका महानिर्देशक रामप्रसाद भट्टराईले सबै स्थानीय तहमा रोजगार सूचना केन्द्र स्थापना गर्ने सरकारी तयारी रहेको बताउनुभयो ।
हाल प्रदेशस्तरमा रोजगार सूचना केन्द्र पुगे पनि त्यसले पर्याप्त सूचना प्रवाह गर्न नसकेको भन्दै ७५३ स्थानीय तहमा नै खोल्न लागिएको उकाँले जानकारी दिनुभयो ।
सूचना अभावका कारण उद्योगहरुले श्रमिक नपाएको र युवाहरुले रोजगार नपाएको भन्दै उहाँले उद्योगी र बेरोजगार युवाहरुबीचमा रहेको खाडल क मगर्न विभाग तयार रहेको बताउनुभयो ।
मुलुकमै रोजगारीको अवसरहरु सिर्जना गर्न अहिलेको सरकार सक्रिय रुपमा लागेको भन्दै महानिर्देशक भट्टराईले प्रधानमन्त्री रोजगार कार्यक्रम लागु भए पछि वैदेशिक रोजगारीमा जानेको संख्या घट्ने पनि दाबी गर्नुभयोे । स्वदेशी साना तथा घरेलु उद्योगहरुको प्रवद्र्धन गर्नका लागि आवश्यक सहयोग गर्न विभाग तयार रहेको समेत उहाँको भनाइ थियो ।
सो अवसरमा परियोजनाको गतिविधि तथा कार्यक्रमको बारेमा कार्यपत्र प्रस्तुत गर्दै महासंघका कार्यकारी निर्देशक चूणामणी भट्टराईले कार्यक्रमको रुपरेखा तथा उपलब्धी तथ्याङ्क प्रस्तुत गर्नुभएको थियो । दक्ष जनशक्ति उत्पादनको कार्यक्रममा पहिलो चरणमा कामदार रहेकै कम्पनीमा स्वयं कम्पनीकै रोहबरमा तालिमको व्यवस्था गरिएको र त्यसलाई आफुहरुले सहयोग गरेको उहाँले बताउनुभयो ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


