बृहतको १३औं ‘रिमा’ तालिम पुरा, थप एजेन्ट उत्पादन
बृहत प्रोपर्टी सोलुसन्स् – बिपिएस_ ले आयोजना गरेको १३औं ब्याचको रियल इस्टेट मार्केटिङ एजेन्ट -रिमा_ तालिम सम्पन्न भएको छ । ‘बिपिएस’ रियल इस्टेट क्षेत्रमा नेपालको प्रतिष्ठित व्यावसायिक समूह ‘बृहत ग्रूप’ अन्तर्गतको कम्पनी हो ।

१९ देखि २१ जुलाई २०१८ सम्म काठमाडौंमा आयोजित १३औं ब्याचको रिमा तालिममा रियल इस्टेट एजेन्ट र व्यवसायिक प्रतिष्ठान समेतका ११ जनाको सहभागिता थियो । यस १३ औं रिमा ब्याचमा रियल इस्टेट कै क्षेत्रमा कार्य गर्दै आउनु भएका व्यक्तित्वहरुको उपस्थिति रह्यो । समयानुकुल आफ्नो ज्ञान र क्षमता अभिबृद्धि गर्ने उद्वेश्यले उहाँहरुले यो तालिममा भाग लिनु भएको थियो । तालिममा रियल इस्टेट करिअर बारे आधारभुत जानकारीका साथै घर निर्माण, इन्जिनियरिङ तथा आर्किटेक्चर, भवन संहिता, रियल इस्टेट कानुन र यसको अभ्यास, आवास कर्जा तथा बिमा, प्रोपर्टी इभ्यालुएशन, रियल इस्टेट मार्केटिङ तथा सेल्स टुल्स एण्ड टेक्निक लगायतका विषयहरु समेटेको थियो ।
तालिमका प्रशिक्षकहरुमा नेपालका अग्रणी रियल इस्टेट विज्ञ ओम राजभण्डारीका साथै पुर्णिमा राजभण्डारी, उनम मान प्रधान, निश्चल मान सिंह प्रधान, सुशील कुमार चापागाईं, सविता जोशी, निभा श्रेष्ठ रहेका थिए ।
यो तालिमले सहभागीहरुका लागि रियल इस्टेट क्षेत्रमा करिअर बनाउनका लागि नयाँ आयाम सृजना गर्ने कम्पनीको विश्वास छ । तालिममा सहभागिहरुले रिमा तालिम रियल इस्टेटबारे आधारभूत ज्ञान लिनका साथै यस क्षेत्रमा करियर अघि बढाउनका लागि पनि अत्यन्त सहयोगी र उपलब्धिमुलक भएको र यस क्षेत्रलाई अझ मर्यादित र पारदर्शी रुपमा अघि बढाउने बताए ।
दक्ष रिमा उत्पादन मार्फत घर–जग्गा कारोबारलाई मर्यादित बनाउने उद्धेश्यले कम्पनीले ९ वर्ष अघि देखी यस्तो तालिमको आयोजना गर्दै आएको छ । यस तालिमबाट हालसम्म १७३ जना रिमा ग्राजुयेट भैसकेका छन् । बृहत ग्रूप नेपालमा व्यवसायिक रिमा तालिम संचालन गर्ने पहिलो र हाल सम्मको एक मात्र कम्पनी हो ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


