बुढीगंगा र आरती स्ट्रीप्सको ध्यान आकर्षण,पिसिआर परीक्षणमा भएको अनियमितता नभएको कुरो गरे

दुहवी ।
बुढीगंगा गाउँपालिकाले कोरोना परीक्षणकालागी वडा अध्यक्षको मिलेमतोमा प्रतिव्यक्ति ५५०० रुपैयाँ असुल्दै गरेको भन्ने समाचार जनमानसमा भ्रमामक र कपोकल्पित समाचार फैलाएको प्रति बुढीगंगा गाउँपालिका र आरती स्ट्रीप्स प्रा.लि. ले प्रेस विज्ञप्तीमा मार्फत खेद प्रकट गरेका छन् । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना परीक्षणमा भएको अनियमितताबारे सत्य तथ्य बुझ्न मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलालाई निर्देशन भए अनुसार प्रदेश जनस्वास्थ्य प्रयोगशाला निर्देशक जयवेन्द्र यादवले कोरोना परीक्षणमा कसैसँग पनि शुल्क नलिएको मन्त्री घिमिरेसमक्ष स्पष्ट पारेका छन् ।
बुढीगंगा गाउँपालिकाको प्रकाशित प्रेस विज्ञप्तीमा बुढीगंगा गाउँपालिकाले पिसिआर परिक्षणमा अनियमितता गरेको विषयमा गाउँपालिका अध्यक्ष, वडा नं.१ का वडा अध्यक्ष समेतको नाम संगग्न गरी मिती २०७७ भदौं ६ गते शनिबार विभिन्न अनलाइन सँञ्चार माध्यममा प्रकाशित समाचार प्रति कार्यालयको गम्भिर ध्यानाकर्षन भएको विज्ञप्तीमा उल्लेख गरीएको छ ।

त्यसैगरी स्वस्तीक जुट मिलमा कार्यरत २ जना कर्मचारीहरुमा कोरोना भाइरस पोजिटिभ देखिएको र अरती स्ट्रीप्स २ जना कोरोना पोजिटिभ आएको हुँदा संक्रमणलाई समुदायमा फैलन नदिन गाउँपालिका स्तरीयको बैठकबाट निर्णय भए अनुसार आरती स्ट्रीप्स लाई सिल गरी थप परीक्षण गर्ने निर्णय भए अनुसार उद्योगबाट पिपिइ, भिटिएम सोडियम हाइपोक्लोराइड लगाएको सामाग्री उद्योगले नै व्यवस्थापन गरी गाउँपालिकाको स्वास्थ्य शाखाको समन्वयमा स्वाब संकलन गरी सरकारी प्रयोगशालाबाट ३०० जनाको निशुल्क परिक्षण गाराइएका र बाँकी कामदारको हकमा उद्योगलेनै काठमाण्डौंको प्रयोगशालाबाट शुल्क तिरेर परिक्षण गराएको विज्ञप्तीमा उल्लेख गरीएको छ । भने मजदुरहरुको पिसिआर परिक्षण बापत प्रतिव्यक्ति ५५००। को दरले वडा नं.का वडा अध्यक्ष मार्फत गाउँपालिका अध्यक्ष र वडाअध्यक्षको मिलेमतोमा रकम असुली भएको भन्ने आधारहिन समाचारबाट गाउँपालिका मर्माहित भएको विज्ञप्तीमा उल्लेख गरीएको छ ।
कोरोना भाइरसले सिर्जित गरेको हालको भयावह अवस्थामा आफ्नो स्वास्थ्य समेतको प्रवाह नगरी गाउँपालिका भित्र जनता र उद्योग प्रतिष्ठानको हितमा अहोरात्र खटिने जनप्रतिनिधी तथा राष्ट्रसेवक कर्मचारीहरुको मनोवल गिर्ने तथा मानमर्दन हुने र जनमानसमा भ्रम सृजना गर्ने यस्ता खालका समाचार सप्रेषण गरी चरित्र हत्या गर्ने अनलाईन सँञ्चार माध्यमहरु प्रति खेद प्रकट गर्दै कोही कसैलाईलाई फाईदा नहुने र सञ्चार जगत प्रतिको जनताको विश्वसनीयता समेतमा ठेस पुग्ने, कुनै पनि समाचार प्रकाशन गर्दा वास्तविकता बुझि सोहि आधारमा समाचार प्रकाशन गर्न समेत सम्पुर्ण सरोकारवालालाई जानकारी गराईदै विज्ञप्तीमा उल्लेख गरीएको छ ।

त्यसैगरी आरती स्ट्रीप्स प्रा.लि. को प्रेस विज्ञप्तीमा उद्योगमा कोरोना पोजिटिभ देखिसंगै संक्रमण फैलिन नदिन लगभग ३०० कामदारको उद्योगबाट पिपिइ र भिटिएम सोडियम हाइप्रोग्लोराइड लगायत आवश्यक सामाग्री उपलब्ध गराई गाउँपालिका मार्फत निशुल्क परिक्षण भएको र बाँकीको हकमा उद्योगले काठमाण्डौंको प्रयोगशालाबाट शुल्क तिरेर गराएको विज्ञप्तीमा उल्लेख गरीएको छ ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


