Spread the love

दुहबी
५जना मुशल डण्डेबाट बलात्कृत भएकी एक यूवतीले न्याय पाउनु त परै जाओस उनलाई बसोबास गरेको गाउँबाटै निकालिएको समाचार आएको छ ।

मोरङ बुढीगंगा गाउँपालिका–७ बडहराका १५ वर्षीया किशोरीमाथि दुई महिनाअघि पाँच जनाको समूहले सामूहिक बलात्कार गरेका थिए । स्थानीय लक्ष्मण राई, रोशन राई, इन्द्र राई र अन्य दुई जनाको समूहले बलात्कार गरेको आरोप छ ।

सामूहिक बलात्कारपछि पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए तर बलात्कारमा संलग्न इन्द्र राई र लक्ष्मण राईलाई प्रहरीले छाडेको पीडितको भनाई छ । प्रहरीबाट छाडिएका केटाहरुको आफन्तले गाउँमा बस्न नदिएको पीडितले बताएको महिला अधिकारकर्मी शान्ति गजमेरले बताएकी छन । बुढीगंगाको बढाहरा गाउंमा बस्न बलत्कारीका आफन्तले मनोबैज्ञानिक टर्चर गरेको पीडित किशोरीकी आमाले बताएकी छन ।‘अहिले इटहरीमा कोठाभाडा गरेर बस्दै आएको छु, समस्या नै समस्या छ ।’ नाम नछापी दिने सर्तमा उनले भनिन । स्थानीय ,नेता र मै हुं भन्ने कथित अगुवाहरुले समेत बलात्कार जस्तो केसमा उल्टै खिल्ली उडाएर बलत्कारीलाई उकासेको र पीडित छोरी र परिवार जनलाई हेलाहोचो गर्न थालेको महसुस भएपछि त्यहाँ बस्न उचित नलागेर डेरा सर्नु परेको बताइन। आफ्नो पक्षमा कसैले पनि केही काम नगरेको उनको गुनासो छ ।

बलात्कृत भनेर हेप्ने गरेको र सामाजिक रुपमा अदृश्य बहिस्कार गरेपनि सरकारको कुनै निकायले वास्ता नगरे पछि दिक्दारी लागेर भौतारिनु परेको उनले बताएकी छन ।