Spread the love

काठमाडौ
हरेक बर्ष कलकारखाना बिशेषमा धुमधामसंग मनाइने विश्वकर्मा पूजाको दिन सरकारले सार्वजनिक विदा दिनु पर्ने माग राख्दै एकिकृत राष्ट्रिय विश्वकर्मा समाजले गृहमन्त्री बालकृष्ण खाणलाई ज्ञापन पत्र बुझाएको छ ।
समस्त विश्वकर्मा तथा शिल्पी समुदायहरुको समेत सांस्कृतिक पर्व विश्वकर्मा पुजाको दिन सार्वजनिक विदा दिन माग गरे पनि सरकारले खासै मत्लव राखेको छैन ।


पूर्ब डिएसपी तथा समाजका अध्यक्ष गोपालप्रसाद विश्वकर्माका अनुसार विश्वकर्मा पुजाको दिन विदा दिंदा समग्र समुदायकै सम्मान हुने दाबीका साथ गृहमन्त्री खाणलाई ज्ञापन पत्र बुझाइएको थियो । भेटका अबसरमा

समाजले प्रत्येक स्थानीय तहमा विश्वकर्मा जातिको सीप, पेशा, व्यवसाय, कलाको संरक्षण, सम्बर्धन हुने कार्यक्रमहरु समेत वार्षिक योजनामा राख्नुपर्ने, विश्वकर्माले गर्ने पेशालाई आधुनिकीकरण र व्यवसायिक बनाउन राज्यबाट विशेष कार्यक्रमहरु ल्याउनुपर्ने, वीरताको निसानी नेपाली खुकुरीको आविष्कारकको रुपमा विश्वकर्मा जातिको परिचानको रुपमा सूचीकृत गर्नुपर्ने तथा राज्य राजनीतिक दलका संरचनाहरुमा ५ प्रयितशतभन्दा माथि रहेका यो समुदायको समानुपातिक समावेशिता रहने सुनिश्चित गर्नुपर्ने माग सहित गरेको छ ।