प्रधानमन्त्रीकी निजी चिकित्सकलाई चिकित्सा शाष्त्र अध्ययन संस्थानको डीनमा नियुक्त गरिँदै

काठमाडौं । चिकित्सा शाष्त्र अध्ययन संस्थान (आईओएम) को डीनमा प्रधानमन्त्रीका निजी चिकित्सकलाई नियुक्त गर्ने तयारी भएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको (आईओएम)को डीनमा प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक प्रा.डा.दिव्या सिंह शाहलाई नियुक्त गर्ने तयारी भएको हो ।
शिक्षण अस्पताल महाराजगञ्जमा मिर्गौला रोग विशेषज्ञ रहेकी डा. सिंहलाई प्रधानमन्त्री ओलीकै सिफारिसमा डीनमा नियुक्त गर्ने तयारी भएको स्रोतको दावि छ । बालुवाटार स्रोतका अनुसार डा. सिंहलाई डीन बनाउन प्रधानमन्त्रीले नै जोडबल गरेका हुन् ।
डीन नियुक्तिको विषयमा प्रधानमन्त्री कार्यालयबाटै सिफारिस आएको त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाले केही चिकित्सकहरुसँग कुराकानीको क्रममा भनिसकेका छन् । स्रोतका अनुसार उपकुलपति प्रा.डा बाँस्कोटाले प्रधानमन्त्री ओलीले आफ्नो निजी चिकित्सक प्रा.डा.सिंहलाई डीन बनाउन सिफारिस गरेको बताएपछि चिकित्सा क्षेत्रमा विरोध हुन थालेको छ ।
वर्तमान डीन प्रा.डा.जगदीश अग्रवालको कार्यकाल यही जेठ २२ गते सकिने भएकोले नयाँ डीन नियुक्तिको चलखेल शुरु भएको छ । नयाँ डीन चयनका लागि ३ सदस्यीय सर्च कमिटी बनाउने र सोही कमिटीको सिफारिसमा डा.सिंहलाई नियुक्त गर्ने तयारी भएको स्रोतको दावि छ ।
बाहिरबाट हेर्दा प्रतिष्पर्धा र प्रक्रिया पुरा गरेरै डीन नियुक्ति गरिएको देखिएपनि भित्री रुपमा प्रधानमन्त्रीकै जोडवलमा हुन लागेको स्रोतको भनाई छ । ‘प्रक्रिया पुरा गरेरै डा. सिंहलाई डीन बनाउने रणनीति अपनाइएको छ । सर्च कमिटिले तीन जनाको नाम सिफारिस गर्छ त्यसपछि ती मध्येबाट एक जनालाई डीन बनाइन्छ ।’ आइओमका एक सदस्य भन्छन् ।
तर, आइओएममा बरियताका आधारमा नियुक्ती गर्दा सर्च कमिटी आवश्यक पर्दैन । यता त्रिवि ऐनमा पनि कमिटीको सिफारिसमा डीन नियुक्त हुने भनी लेखिएको छैन ।
बरियताका आधारमा नियुक्त गर्ने हो भने २०६५ साल असोज २९ गते प्राध्यापकमा बढुवा भएका प्राध्यापकहरु ग्यास्ट्रो सर्जन प्रा.डा. प्रदिप बैद्य, प्रा.डा. वाइपी सिंह तथा प्रा.डा. शुसिलकुमार शिल्पकारको दावि रहन्छ ।
२०६५ कार्तिक १ गते बढुवा भएका प्रा.डा. दिपक महरा दोस्रो नम्बरमा छन् भने, २०६५ चैत १९ गते नियुक्त भएका मुटुरोग विशेषज्ञ प्रा.डा. भगवान कोइराला र प्लाष्टिक सर्जन प्रा.डा. ईश्वरचन्द्र लोहनी तेस्रो नम्बरमा छन् । २०७१ असोज २ गते बढुवा भएकाले अर्थाेपेडिक विशेषज्ञ प्रा.डा.रोहित पोखरेल र दिव्यासिंह चौथो नम्बरमा छन् ।
यता आइओएमको त्रिविको नियुक्ति प्रक्रिया हुँदा हुँदै सर्च कमिटि गठन गरेर डीन नियुक्ति गर्न लागिएको खबर बाहिरिएसँगै आइओएमका वरिष्ठ चिकित्सकहरुले विरोध जनाएका छन् ।
त्यसो त पछिल्लो समय सरकारले विभिन्न शैक्षिक तथा स्वास्थ्य प्रतिष्ठानहरुमा वरिष्ठताका आधारमा भन्दा पनि प्रतिष्पर्धाका आधारमा सर्च कमिटि गठन गरेर पदाधिकारी नियुक्ति गर्दै आइरहेको छ ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


