प्रचण्डले ओलीलाई बालुवाटार बैठकमै सत्ता छाड्न भनेपछि…

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टीभित्रको शक्तिसंघर्ष निर्णायक मोडमा पुगेको छ । पार्टी स्थायी कमिटि बैठक अगावै आफ्नो पल्लाभारी बनाउने एकपछि अर्को प्रयासमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले सक्रियता देखाइरहेका छन् । उनले बैठक अगावै पटक पटक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सचिवालय सदस्यहरुसँग भेटघाट गरिरहेका छन् ।
आज उनले बालुवाटारमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष बामदेव गौतम र महासचिव विष्णु पौडेललाई बोलाएर छलफल गरे । विश्वस्त स्रोतका अनुसार ओलीले पार्टी निर्णय अनुसार अगाडि बढ्ने र त्यसका लागि बामदेव गौतमलाई प्रधानमन्त्री बनाउनका लागि प्रक्रिया थाल्ने सम्मको विषय राखे । गौतमलाई उपप्रधानमन्त्रीसहित रोजेको मन्त्रालय समेत दिने भनेका थिए ।
बैठकमा अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विषयमा सहमति खोज्न ओलीले समर्थनका लागि राजनीतिक लेनदेनका कुराहरु गरेको स्रोतले बतायो । महासचिव विष्णु पौडेलले मध्यमार्गी बाटो खोजेर मिलेर जाने माहोल तयार गर्न खोजेका थिए । कुारकानीका क्रममा यसपटक अर्का अध्यक्ष प्रचण्ड फेरि कडा रुपमा प्रस्तुत भए । उनले ओलीलाई काम गर्न नसकेको भन्दै सत्ता छाड्न भने ।
विश्वस्त स्रोतका अनुसार प्रचण्डले ओलीलाई ‘अब तपाईंले छाडिदिनुहोस्’ भनेका थिए । सरकारको कामकारबाहीको गम्भीर समिक्षा समेत गरेका थिए । प्रचण्डले सिधै प्रधानमन्त्रीबाट हट्न ओलीलाई भनेपछि अन्य नेताहरु चुप बसेको बुझिएको छ ।
यसअघि सरकारले ल्याएको दुई अध्यादेशहरुको समिक्षाका क्रममा पनि प्रचण्डले ओलीलाई सत्ता छाड्न भनेका थिए । सचिवालयमा उनले ओलीलाई सत्ता छाड्न भनेपनि पछि सफल भएन । यसपटक भने सचिवालयका चार सदस्यको कोर मिटिङमा प्रचण्डले ओलीलाई सत्ता छाड्न भनेका छन् ।
स्थायी कमिटिको पूर्वसन्ध्यामा ओलीलाई प्रचण्डले सिधै सत्ता छाड्न भनेपछि बालुवाटार गम्भीर भएको छ । यसले भोलिबाट शुरु हुने स्थायी कमिटि बैठकमा एमसीसी देखाउने एजेन्डा भएपनि ओली सरकारको भविष्यको निर्णयमा केन्द्रित हुने देखिएको छ । नेताहरु त्यसै अनुसारको तयारीमा देखिएका छन् । यसपटक स्थायी कमिटि बैठकमा ओली एकातर्फ र सचिवालयका हेभिवेट प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम अर्कातर्फ देखिएर ओलीविरुद्ध प्रस्तुत हुने माहोल बनेको छ ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


