पासबुक राखेर पैसा कारोवार गर्ने दुई सुनारे खोरमा
इटहरी
नेपाल राष्ट्र बैंकबाट बैकिङ कारोबारको अनुमति नलिई सुन पसल मार्फत पासबुक छपाई पैसा संकलन गर्ने गरेको आरोपमा इटहरी–६ स्थित कान्तिपुर गहना भण्डारका संञ्चालक शुबास श्रेष्ठ र दोर्ण श्रेष्ठ रहेका छन् । केही समय अघि त्यो सिलमा लिम्बु थरका मान्छे पनि लगानी गरेर बसेका थिए । हाल इटहरी प्रहरीले गैरकानूनी काम गर्ने भन्दै दुई जना सुन पसलेलाई मात्र पक्राउ गरेको छ ।सुन दोकानको आडमा दुबै जनाले बढी ब्याज दिने बाहानामा इटहरीका ६ जना मार्फत २० लाख ४६ हजार नगद संकलन गरेका थिए ।इटहरी–८ का मधुमाया कटुवालको ४ लाख ४६ हजार, मनिका कटुवालको ६ लाख ६० हजार, बराहक्षेत्र नगरपालिका–२ बस्ने रञ्जिता कटुबालको ७० हजार, इटहरी–५ बस्ने तारा आर्चायको १ लाख, इटहरी–८ बस्ने कमला श्रेष्ठको २ लाख र मोरङ सुन्दरहरैचा–५ बस्ने लाल चन्द बस्नेतको ५ लाख २९ हजार पैसा फिर्ता नगरेको भन्दै प्रहरीमा जाहेरी दिइएको थियो ।

प्रहरीका अनुसार ६ जनाको तिन बर्षसम्म पनि ब्याज नदिएपछि उनिहरु बिरुद्ध प्रहरी कहाँ जाहेरी परेको थियो ।
उनीहरुको पसलबाट पासबुक समेत बरामद गरेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक मानबहादुर श्रेष्ठले जानकारी दिएका छन् । पक्राउ परेका दुबैलाई सुनसरी जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरी पक्राउ गरिएको उनले बताए । ठगी मुद्धामा म्याद थप गरी थप अनुसन्धान भइरहेको बताइएको छ । इटहरी तरहरा लगायतको बजारमा सुनदोकान खोलेर अबैध कारोवार गरि धनाढय भएका प्राय सबै बिरुद्ध मुद्धा लाग्ने संभावना रहेको समाचार स्रोतले बतायो । अहिले सुनारेहरुलाई सुनको बजार मुल्य आकासिएपछि पुराना बन्दकीवालाहरु आएर आफनो समान उकास्ने अनि भने जस्तो नहुंदा मुद्धा हाल्ने र फसाउने सम्म डर भएपछि कतिपयले लकडाउनको बाहाना बनाई दोकान बन्द गरेर अर्कै काम खोजि गर्न थालेका छन ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


