नेपाल कम्युनिष्ट पार्टी एककृत समाजवादीले नेता छान्यो
इटहरी
नेपाल कम्युनिष्ट पार्टी एककृत समाजवादी इटहरीले भाद्र २० गते दुर्गापाटी प्यालेसमा एक भब्य समारोहकाबीच उपमहानगर कमिटी घोषणा गरेको छ ।


माधव नेपाल नेतृत्वको नेतृत्वमा खोलिएको नेपाल कम्युनिष्ट पार्टी एककृत समाजवादी भर्खरै निर्बाचन आयोगबाट मान्यता पाएपछि देशै भरी संगठन निर्माण हुने क्रम जारी रहेको कुरा घोषणा सभाका प्रमुख अतिथि घनेन्द्र बस्नेतले बताउनु भयो । पार्टी केन्द्रिय सदस्य तथा प्रदेश न १का इन्चार्ज समेत रहनु भएका बस्नेतले एमालेमा ओली प्रबृतीको कारण कम्युनिष्ट आन्दोलन दुर्गति तिर जान लागेकोले बेलैमा बिद्रोह गरेर लोकतन्त्रको रक्षा गरेको हुनाले सबै जनसमुदायले आफनो पार्टीबारे राम्रो धारणा बनाएको दाबी गर्नु भयो ।
खडगप्रसाद ओली प्रधान मन्त्री भएकोबेला उनले हुकुमी पाराले शासन गर्न दुईदुई पल्ट संसद बिघटन गराएर प्रतिगमन शुरु गरेपछि त्यसको बिरुद्ध पाँचदलीय गठबन्दन मार्फत आन्दोलन गर्न बैशाख ५ गते ठमनथ लम्सालको संयोजकत्वमा बनेको इटहरी उपमहानगर स्तरीय पार्टी संगठनलाई नै कायम राखेर अहिले गणेश बुढाथोकीको नेतृत्वमा १सय ३५ सदस्यीय उपमहानगर स्तरीय कमिटी निर्माण भई घोषणा गरिएको सदस्य रुद्र बस्नेतले बताउनु भएको छ । पार्टीमा उपमहानगर सचिव बसन्त श्रेष्ठले संचालन र ठमनाथ लम्सालको सभापतित्वमा सम्पन्न घोषणा सभामा केन्द्रिय सदस्य महफुज आलम र महेश रेग्मीको पनि उपस्थिति रहेको थियो । पार्टीमा प्रदेश सल्लाहाकार एबं इटहरीमा पहिलो कम्युनिष्ट नेता रमेश बिष्ट,केशव तिम्सिना,गोबिन्द निरौला, केशबकुमार बिष्ट ,यू
वासंघ नेपालका केन्द्रिय सदस्य गौरी परियारको पनि उपस्थिती रहेको थियो । पार्टीको जिल्ला कमिटीमा रहनु हुने रुद्र बस्नेत,कमला दुलाल,नारायण ढुंगाना,रघुगिरी,प्रतिक फुयल,लिलाहरी काफले,सुस्मा तिम्सिना,रामचन्द्र मण्डेट,डा.दिवाकर रेग्मी,नवराज नेपाल,बादल तिम्सिना,राजन ढकाल,उमेश शर्मा लगातका अतिथीहरुको उत्साहजनक उपस्थिती थियो । प्रदेश ससद राजेन्द्र राईले केपी ओली दक्षिणपन्थी अबसरबादीको नाई भएको आरोप लगाउनु भयो । प्रमुख अतिथीको आसनबाट संबोधन गर्दै कमरेड घनेन्द्र बस्नेतले गठबन्धन संस्कृतिको बिकास हुंदै गएको राजनीतिक परिवेशमा अबसरवादीहरु क्रमश अस्ताउंदै जाने ग्यारेण्टी गर्नु भयो। १० बुंदेको झुण्डहरु ओलीका दास जस्तै भएकोले एमाले पार्टीमा मालिक र नोकरहरुबीच संदै झगडा भईरन्छ भन्नु भएको छ । नव गठित कमिटीका अध्यक्ष गणेश बुढाथोकीका अनुसार केही दिनमा पार्टी कार्यालय खोल्ने र सचिवालय गठन गरेर ब्यापक रुपले संगठन बिस्तार गर्न जनताको घर आँगनमा पुग्ने बताउंनु भएको छ ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


