पत्रकारका लागि स्वास्थ्य सामाग्री उपलब्ध होस् ः देउवा प्रेस युनियन सुनसरीको डिजिटल पात्रो उद्धघाटन
इटहरी
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पत्रकारका लागि सुरक्षा र स्वास्थ्य सामाग्री उपलब्ध हुनुपर्ने बताएका छन् ।
नेपाल प्रेस युनियनको २९ औँ स्थापना दिवसको अवसर पारेर देउवाले वर्तमान केपी ओली नेतृत्वको सरकारले पत्रकारहरुका लागि स्वास्थ्य तथा सुरक्षा सामाग्री उपलब्ध गराउँन नसकेको जिकिर गर्दै पत्रकारहरुलाई स्वास्थ्य सामाग्री उपलब्ध गराउनुपर्नेमा जोड दिएका हुन् ।
साथै सोही कार्यक्रमको अवसर पारेर देउवाले प्रेस युनियन सुनसरीले निर्माण गरेको डिजिटल पात्रो समेत उद्धाटन गरे । प्रेस युनियन सुनसरीले निर्माण गरेको डिजिटल पात्रो ‘युनियन पात्रो’ को शुभारम्भ गरेका हुन् ।
पात्रोको उद्धाटन गर्दै देउवाले भने, ‘सुनसरीका साथीहरुलाई बधाई दिन चाहन्छु, अहिलेको प्रविधिको युगमा डिजिटल पात्रो निर्माण हुनु सराहनीय छ ।’
अहिले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना कहरका कारण सञ्चार क्षेत्र र त्यसमा कार्यरत पत्रकारहरू संकटमा परेको बताउँदै उनले भने, ‘मैले कोरोनाको महामारीको सुरुदेखि नै पत्रकारको हकमा बोल्दै आएको छु, मैले पत्रकारहरुका लागि सुरक्षा, स्वास्थ्य सामाग्री व्यवस्था होस् भनेर आवाज उठाउँदै आएको छु ।’ उनले सरकारले अहिले पत्रकारको हकहितका लागि काम गर्न नसकिरहेको तर्क गरे ।
नेपाल प्रेस युनियनको २९ औं स्थापना दिवस मनाउन मंगलबार जुम एपमा आयोजना गरिएको भर्चुल कार्यक्रममा देउवाले पत्रकारहरू समेत कोरोनाबाट संक्रमति हुन थालेकाले सजगता अपनाउँन अपिल गरे ।
कार्यक्रममा युनियनका केन्द्रीय सभापति बद्री सिग्देलले युनियनले प्रेस स्वतन्त्रताको पक्षमा काम गर्दै आएको बताउँदै श्रमजीवि पत्रकारको हकहितमा काम गर्दै जाने बताए । कार्यक्रममा युनियन सुनसरी अध्यक्ष पवन अधिकारीले लकडाउनको समयमा प्रेस युनियन जिल्ला कार्यसमितिले यहाँका क्रियाशिल २२० जना पत्रकारहरुको कोरोना बीमा गरेको बताउँदै निःशुल्क रुपमा स्वास्थ्य सामाग्री पनि वितरण गरेको उदृत गरे । उनले भने, ‘बिषम् परिस्थितिमा मैले नेतृत्व सम्हाले पनि पत्रकारको हकहितका लागि काम गर्दै आएको छु, हामीले अहिले डिजिटल क्यालेन्डर पनि तयार गरेका छौँ ।’ उनका अनुसार युनियनको पात्रो प्ले स्टोरमा गएर सर्च गरेर डाउनलोड गर्न सकिनेछ । पात्रोमा दैनिक राशीफल, न्यूज अपडेट गरिने र सबै जिल्लाका नेतृत्व तहमा बसेकाहरुको नामावली र नम्बर पनि उपलब्ध भएको उनले बताए ।
कार्यक्रममा कांग्रेसका प्रबक्ता विश्वप्रकाश शर्मा, नेविसंघका सभापति राजीब ढुंगाना, पत्रकार महासंघका अध्यक्ष गोबिन्द आचार्य, ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्य, प्रेस युनियका बरिष्ठ उपाध्यक्ष दीपक आचार्य, महासचिव अजयबाबु सिवाकोटी, पूर्व अध्यक्ष तथा पूर्व सूचना आयुक्त किरण पोखरेल, युनिय युरोप शाखाका अध्यक्ष विपिन निरौला लगायतले बोलेका थिए । उनीहरुले प्रेस युनियन सुनसरीले डिजिटल पात्रोको शुभारम्भ गरेर सराहनीय काम गरेको बताएका थिए ।
कार्यक्रममा विभिन्न शाखाका २ सय ५० भन्दा बढी सक्रिय सञ्चारकर्मीको सहभागीता रहेको थियो ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


