नोबेल अस्पतालमा लेजर प्रबिधिबाट पथरीयाको शल्यक्रिया सुरु
- 50 Views
बिराटनगर । बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालले लेजर प्रबिधिबाट मृगौलाको पथरीया निकाल्न थालेको छ । बिनाचिरफार शरीरमा घाउ नबनाई लेजर प्रबिधिमार्फत मृगौलाको पथरीया निकाल्न थालिएको हो ।
ईजरायलबाट करिव दुई करोडको लागतमा लेजर मेसिनसहितका उपकरण ल्याएर बिना चिरफार मृगौलाको पथरीया निकाल्न थालिएको नोबेल अस्पतालले जनाएको छ । चिकित्सकहरुका अनुसार यो प्रबिधि मार्फत मुत्रनलीबाट दुरबिन छिराएर मृगौलासम्म पुर्याई लेजर प्रबिधिमार्फत पथरीया फुटाएर निकाल्ने गरिन्छ । नोबेलका यूरोलोजिष्ट डा.रामसागर शाह र डा.जीत श्रेष्ठ नेतृत्वको चिकित्सकहरुको टोलीले लेजर प्रबिधिमार्फत शल्यक्रिया थालेको हो ।
यसअघि शरीरमा प्वाल पारी मृगौलाको पथरीया फुटाएर निकाल्ने गरिन्थ्यो । शरीरमा प्वाल बनाउँदा बिरामीको अस्पताल बसाई लामो हुँने र घाउ निको हुँन समय लाग्ने गरेको भएपनि प्वाल नबनाई लेजर प्रबिधिमार्फत ढुंगा निकाल्दा बिरामीलाई धेरै सहज हुँने नोबेलका यूरोलोष्टि डा.रामसागर शाह बताउँछन् । उनी भन्छन्–‘प्वाल पारेर पथरीया निकाल्दा घाउ निको हुँन करिब १५ दिन लाग्छ । तर, लेजर प्रबिधिबाट पथरीया निकाल्दा घाउ नै नहुँने हुँदा बिरामी भोलिपल्टै डिस्चार्ज हुन्छन्, पर्सीपल्टदेखि नर्मल अवस्थामा फर्कन सक्छन् ।’
यता, नोबेलमा प्रोस्टेटको पनि लेजर प्रबिधिबाट शल्यक्रिया थालिएको छ । चिरफार नगरी लेजर प्रबिधिबाट प्रोस्टेटको पनि शल्यक्रिया गर्न थालिएको नोबेलका यूरोजोजिष्ट डा.जीत श्रेष्ठले जानकारी दिए । नोबेलले लेजर प्रबिधिबाट शल्यक्रिया थालेपछि पूर्वी नेपालका बिरामीहरुलाई उपचारमा सहजता मिलेको छ ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


