नेकपाको दवाबले अदालत र निर्वाचन आयोग अनिर्णयको बन्दी भयोे ः नेता महर
बझाङ ३ फागुन ।
नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले नेकपाका दुबै समुहले अदालत र निर्वाचन आयोगलाई धम्क्याइरहेको आरोप लगाएका छन् । आधिकारिक रुपमा बिभाजन भइ नसकेका दुबै समुहको दवाबकै कारण न्यायिक प्रक्रियामा पनि ढिलाई भइरहेको नेता महरको आशंका छ । नेपाली कांग्रेसको देशव्यापी प्रदर्शन तथा बझाङका तरुण नेता अमृतबहादुर सिंह ’लखन’ को हत्याको विरोधमा बझाङको पाथिभरामा आयोजित बिरोध सभामा नेता महरले अदालतले निर्णय प्रक्रियामा गरेको ढिलाईका कारण राजनीतिक संकट प्रतिदिन गहिरिदै गएको बताए । “सर्वोच्च अदालतलाई राजनीतिक दवाबमा राख्ने काम भएको छ” नेबिसंघका पूर्व अध्यक्ष समेत रहेका महरले भने– “अदालतले निर्णय दिन गरिरहेको ढिलाईले मुलुकमा धु्रबिकरणसँगै संकट थपिदै गएको छ ।” महरले मुलुकलाई थप संकटबाट जोगाउने जिम्मेवारी अदालतलाई रहेको बताए । “अदालतले जति दिन फैसला गर्न समय लिन्छ त्यति नै समस्या बढ्दै जाने देखिन्छ ” महरले भने अदालतको निर्णयमा कुनै पनि खाले दवाव देखिनु हुँदैन ।” सरकारबाटै लोकतान्त्रिक मूल्य मान्यता र संविधानमाथि गम्भीर चुनौती देखिएको जिकिर गर्दै नेता महरले सरकार संबिधानभन्दा माथि जान खोजेको आरोप लगाए । साथै उनले कम्युनिष्ट सरकारबाट असंवैधानिक रुपमा गरिएको प्रतिनिधि सभा विघटन संविधानमाथि गरिदैँ आएको उल्लंघनको निरन्तरता मात्र भएको बताए । कांग्रेस कार्यकर्ता हत्याको बिरोधमा नेता महरले सरकार आफै अपराधीको नायके जस्तै देखिएको आरोप लगाए । “सत्तारुढ दलकै जिम्मेवार मान्छेको संलग्नतामा कांगेस कार्यकर्ताको हत्या भएको छ” महरले प्रश्न गरे– “कानुनी राज्यमाथिको यो भन्दा ठुलो चुनौती के हुनसक्ला ?” “निर्मला पन्तका हत्यारा सरकारले नै जोगायो, अहिले भारगरथी भट्टको अनुसन्धानमा ढिलाई गरिरहेको छ” महरले भने– “अब सरकारसँग आश गर्ने ठाउँ बाँकी छैन ।” नेता महरले नेपालका कम्युनिष्टहरुले हिड्दैँ पाइला मेट्दैँको प्रवृति देखाएको जिकिर गरे । “जुन मतदाताले नेकपालाई पत्याएर दुई तिहाइसहित सत्तामा पठाए तिनैमाथि गम्भीर अन्याय गर्ने ? कम्युनिष्टप्रति रोस प्रकट गर्दै उनले भने, “अहिले नेकपाका कुनै पनि नेतालाई जनतामा जाने कुनै नैतिक बल बांकी छैन ।” उनले कहिले सत्ता र कहिले प्रतिपक्षमा बसेर मुलुकलाई भड्खालोमा पु¥याउने नेपालमा कम्युनिष्ट शक्तिको विशेषता नै देखिएको टिप्पणी गरे । कम्युनिष्ट शक्ति देशका लागि जहिले दुर्भाग्य भएको आरोप लगाउदै नेता महरले अहिलेको अवस्थाले त्यसैलाई पुष्टि गरेको दाबी गरे ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


