“दाता र सामाजिक अगुवाको योगदानको कदर गरौ।”
raju kc
इटहरी अस्पतालका जग्गादाता त्यतिबेलाका जमिन्दार थारुहरु:-हाल रहेको इटहरी उमनपा परिसरका जग्गादाता मानपुर चौधरीका छोरा स्व.धर्मनारायण(सिलट)चौधरीले करिव बि.स.२०३४ सालतिर हाल इटहरी अस्पताल रहेको १२ कठ्ठा जमिन मध्य ९ कठ्ठा निसुल्क र ३ कठ्ठा प्रती कठ्ठा तिनहजारका दरले बेचेका रहेछन।त्यतिबेलाका सामाजिक अगुवाहरु स्व.जिवनाथ घिमिरे र चेतनाथ लम्सालको पहलमा इटहरीका जनताबाट चन्दा उठाएर नौहजार तिरेको कुरा बताउछन चेतनाथ लम्साल।हाल अस्पताल भएको स्थानको अगाडीको बाटो नभएको अवस्थामा

उत्तरपट्टिको जग्गावाला स्व.लालबहादुर थापा र दक्षिण पट्टिको जग्गावाला स्व.धर्मनारायणको बिचबाट दुबैको जग्गा लिएर बाटो निर्माण गरिएको रहेछ।स्व.धर्मनारायणका दुई छोराहरु हेमनारायण र खेमनारायण हाल इटहरी-४ स्थित पुरानै घरमा छन।बि.स.२००९ सालमा इटहरी-४मा जन्मिएका हेमनारायण चौधरीले

जनता स्कुल सकेर बिराटनगरबाट बि.स.२०२९ सालमा आइ.कम.गरेकाहुन।त्यो गाउको थारुहरु मध्य सबै भन्दा शिक्षित र कृयाशिल व्यक्ति हेमनारायणले व्यापार गर्ने क्रममा बि.स.२०३३/०३४ सालतिर हालको नेबिल ब्यान्क दक्षिणपट्टि आफ्नै पुरानो जमिनमा हनुमान राइस मिल नामको ठूलो सेलर मिल र बजारमा धानचामलको ठूलो काटा पसल नि सन्चालन गरेकाथिए।पछि त्यही काटा दोकानको गोदाममा नारायण टाकिज नामको इटहरीको पहिलो सिनेमा हल सन्चालन गरे।पछि त्यही ठाउमा बि.स.२०४१ सालमा नया र आधुनिक कृष्ण टाकिज स्थापना गरि तत्कालिन कोशी अन्चलाधिस धर्मबहादुर थापाबाट उदघाटन गराएकाथिए।राजनितिमा पनि सकृय हेमनारायण बि.स.२०३९ सालमा सुनसरी जिबिसको क्षेत्रीय सदस्य भएकाथिए।बि.स.२०४६को आन्दोलन पश्चात् सुनसरी २ नम्बरको क्षेत्रीय सभापती पनि रहेकाथिए।बि.स.२०४३/०४४ सालमा धर्मा फिल्म प्रोडक्सन खोलेर हेमनारायण,स्व

.धनुषधारी र स्व.लालु चौधरी मिलेर इटहरीबाट पहिलो चलचित्र”पिरती”बनाएकाहुन।जसमा गायक उदितनारायण झालाइ यिनले हिरो बनाए,मुम्बईबाट क्यामेरा र प्राविधिक टोलि झिकाए।हेमनारायण आफै मुम्बई गएर मुम्बईको स्टुडियोमा रेकर्ड गरिएको उक्त फिल्मका सङितकार थिए रन्जित गजमेर र गायक गायिका थिए उदितनारायण र दिपा श्रीमान श्रीमती।बि.स.२०४४ सालमा कुल बाउन्न लाख खर्च गरिएको फिल्मले आसातित चल्न र व्यापार गर्न सकेन।कसरी फिल्म बनाउन सोच्नु भयो भन्ने बिसयमा हेमनारायण भन्छन त्यतिबेला उद्दब पौडेलले बनाएको”कुसुमे रुमाल”अत्याधिक चलेको थियो अनि आफू नि हलवाला भएकोले फिल्म बनाउ भन्ने सोचेर बनाइयो भन्छन।उदित नै हिरो किन भन्दा “कुसुमे रुमाल”फिल्मको गीत उदितले गाएकाथिए सबै गीत हिट भएकाथिए अनि उदितले नि फिल्म खेल्न इक्षा राखेको उदितनारायणका साथी इटहरी बस्ने चण्डीका निरौलाले बताएकोले चण्डिका मार्फत नै उदितसग कुरा गरि हिरो बनाएको रहेछन।उक्त फिल्ममा पहिलो पटक इटहरीका वसन्त गौली र सबुरलाल चौधरीले खलनायकको भुमिका निर्वाह गरेकाथिए।अत्यन्तै सरल र इमानदार रहेका हेमनारायण सबै व्यवसाय अनि राजनितिमा पछि पर्दै गएपछी आजकाल दाजुभाइ घरै बसेर दिन कटाइरहेकाछन।उनी भन्छन तत्कालिन इटहरिको स्व.लक्ष्मण चौधरी प्रधानपन्च हुदा स्व.गोबिन्द मानन्धरको घरबाट आफ्नै कार्यालय भवन स्थापना गर्न हजुरबुवाहरुले पन्चायतलाइ जग्गा दिएको हो

।हाल नगरपालिकाले हजुरबुवाहरुको मुर्ती नि एउटा कुनामा बेवारिसे तरिकाले स्थापित त गरिदिएको छ तर सो नगरपालिका रहेको जग्गा र पोखरी अनि अस्पतालमा दाताको उचित सम्बोधन गर्न नसकेकोमा दुख र खिन्नता प्रकट गर्छन।के साचै हामिले दाता र व्यक्तिहरुको सामाजिक योगदानको उचित कदर गर्न नि कन्जुस्याइँ गरेकै हो?यदि हो भने सामाजिक बिकासमा व्यक्तिले आफ्नो सम्पत्ती र योगदानलाई घटाउने नै छन।”दाता र सामाजिक अगुवाको योगदानको कदर गरौ।” तस्वीर- हेमनारायण(पति,पत्नी),उनका भाइ खेमनारायण र हाल उनिहरु बस्ने घर इटहरी-४ चौधरी टोल।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


